'वाकावाका'लाई पछि पार्दै 'बेबी' अगाडि



विश्वकप फुटबलको आधिकारिक गीत साकिराको वाकावाकालाई पछि पार्दै किशोर गायक जस्टिन बिबरको बेबी युट्युबमा यो वर्ष सबैभन्दा बढी हेरिएको गीत बनेको छ। गत फेब्रुअरी १२, २०१० मा रिलिज भएयता यो गीत ४० करोडभन्दा बढी पटक हेरिएको छ। प्रति दिन १३ लाख भन्दा बढी पटक यो गीत हेरिएको छ।
आइतबार राति युट्युबले यो वर्षको सबैभन्दा बढी हेरिएको म्युजिक भिडियो बिबरको बेबी गीत भएको घोषणा गरेको हो।
शीर्ष १० स्थानमा अरु तीन वटा गीत पनि परेका छन्।
शीर्ष १० सूचि यस प्रकार छ-
१) जस्टिन बिबर- बेबी
२) शाकिरा- वाकावाका
३) एमिनेम- लभ द वे यु लाइ
४) एमिनेम- नट अफ्रेड
५) रिहाना- रुड ब्वाई
६) जस्टिन बिबर- नेभर से नेभर
७) जस्टिन बिबर- नेभर लेट यु गो
८) लेडी गागा- अलेज्यान्द्रो
९) जस्टिन बिबर- समबडी टु लभ रिमिक्स
१०) लेडी गागा- टेलिफोन