बाआमा मख्ख पार्ने मज्जाको उपाय


-हेमराज अर्याल 
छोराछोरी जन्मिँदा निकै खुशी हुने बाबुआमा छोराछोरी हुर्किएपछि उनीहरुले गर्ने व्यवहारबाट प्रायः निराश हुन्छन् । कारण हो, बुढेसकालमा छोराछोरीबाट गरिएको अपेक्षा देख्न नपाउनु । अझ छोराबाट आसभरोसा गर्ने बाबुआमा धेरै हुन्छन् ।छोरालाई हुकाईबढाई र लेखपढ गराइसकेपछि उसले बुढेसकालमा आफूलाई केही गर्छ भन्ने आशाको त्यान्द्रोले बाआमा बाँच्ने भएकाले उनीहरुको यो आशा कहिल्यै निराशामा नबदलियोस् भन्ने कुरामा निकै ध्यान दिनुपर्छ ।छोरोलाई पढ्न पठाएको छ, उसले कमाउँछ र मलाई केही गर्छ भन्ने आश हुन्छ उनीहरुमा । त्यही भोलिको सुनौलो दिन सम्झेर बुढाबुढीले घामपानी केही नभनी सकीनसकी काम गरिरहेकै  हुन्छन् । उनीहरुको दुःखकष्ट छोराबुहारी दुबैले बुझ्नु जरुरी छ । जान्यो भने बुढाबुढीलाई खुशी पार्न निकै सजिलो छ । बा–आमा र श्रीमतीलाई सधैं ‘ब्यालेन्स’मा राख्नुपर्छ । त्यसो भएमा घर राम्रोसँग चल्छ, होइन भने भत्किन्छ ।
घरमा बुहारी भित्रिएपछि सबैका बाआमालाई खुशीसँगै डर पनि पैदा हुन्छ । अझ राखनधरन र ऐंचोपैंचो सम्हालेर बस्ने आमालाई त बुहारीको खटनमा बस्नुपर्ने हो कि भन्ने पीर पर्छ । साँच्चै बुहारीको ‘अन्डरमा’ बस्दैछु भन्ने लाग्यो भने बुढाबुढीलाई सबैभन्दा बढी नमजा हुन्छ । बिहे गरेपछि बाआमा भन्दा श्रीमती नजिक हुनु स्वभाविक हो । तर बाआमाबाट पनि धेरै टाढा कहिल्यै हुनु हुँदैन, दुवैलाई ब्यालेन्समा राख्न जान्नुपर्छ ।बुढा भैसकेका बाआमाको मनमा आशंका हुने काम नगर्ने हो भने उनीहरुले कहिल्यै अपहेलित भएको महसुस गर्दैनन् । खान दिएर मात्रै हुँदैन, सम्मान गर्न जान्नुपर्छ । बुढा बाआमालाई सबैभन्दा बढी मान चाहिने भएकाले छोराबुहारीले त्यसै अनुसार ख्याल गर्नुपर्छ ।

यस्तो छ केजरीवालको रामकहानी


अशोक कुमार
राजनेता र अफिसरहरुले झोले ब्रिगेड भन्ने गरेका एनजीओ सर्कल अर्थात स्वयंमसेवी संस्थामा लागेका अरविन्द केजरीवाललाई मानिसहरुले वर्षौंदेखि चिनेका हुन् । उनको पहिचान कहिले अरुणा रायउको जुनियर साथीको रुपमा त कहिले अलग पहिचान बनाउन जुटेको आरटीआई कार्यकर्ता त कहिले म्यागासेस पुरस्कारबाट सम्मानित स्वयंमसेवीका रुपमा हुँदै आएको थियो ।
तर, भारतको घर-घरमा केजरीवालको तस्वीर टीभी स्क्रीनमा प्राइम टाइम र अखबारहरुमा पहिलो पन्नामा २०११ मा आयो । केजरीवाल सँधै भ्रष्टाचारविरुद्ध अभियान चलाउने सामाजिक कार्यकर्ता अन्ना हजारेको छेउमा बसेको देखिन्थ्यो । उनका कानमा केही भनिरहेको, उनको वाक्य सम्हाल्दै गरेको र कुरा बिगि्रएपछि अन्नालाई पत्रकारहरुको बीचबाट उठाएर लैजाँदै गरेका हुन्थे ।
अधिकांश समय कमिज लगाउने केजरीवाल २ वर्षपहिलेसम्म नेता जस्तो लाग्दैनथे । तर, आज उनी खाँटी नेता भएका छन्, जसले सत्ताधारी कांग्रेस र विपक्षी भारतीय जनता पार्टी, दुबैको सत्ताको यात्रालाई मुश्किल बनाइदिएका छन् ।
भारतीय जनता पार्टी र कांग्रेस जसलाई नेता नै मानिरहेका थिएनन्, उनीहरु आज कजेरीवालको पार्टी आम आद्मी पार्टी -आप) बाट सिक्ने कुरा गरिरहेका छन् । दिल्ली विधानसभामा नराम्रो हार ब्यहोरेपछि कांग्रेस उपाध्यक्ष राहुल गान्धीले आपबाट सिक्ने बताएका छन् । भाजपाले पनि आपको जीत आश्यर्चजनक भएको बताएको छ ।

चाणक्य र उनका नीति


-कमल रिजाल
चाणक्य नीति एक अति लोकप्रिय नीति हो । केही समय अघि यसको अर्को नेपाली अनुवाद पनि प्रकाशमा आएको छ । ओमप्रकाश अधिकारीको यस अनुवादलाई दुर्गा साहित्य भण्डार वाराणसीले प्रकाशमा ल्याएको हो । यसअघि पनि यसका केही अनुवाद प्रकाशमा आएका छन् । सम्भवतः सर्वाधिक लोकप्रिय नीति भएर नै होला विद्वान्हरूले यसलाई बढी नै रुचाएका छन् । विभिन्न समयमा विभिन्न विद्वान्ले अनुवाद गरी प्रकाशित गराउँदै आएका छन् तर सबै अनुवाद कि गद्यमा भएका छन् कि पद्यमा भएका छन् । एकैसाथ गद्य र पद्य दुवैमा अनुवाद भएको भए जस्तो खासै लाग्दैन तर ओमप्रकाश अधिकारीले भने गद्य र पद्य दुवैमा गरेर नौलो स्वाद चखाएका छन् । छन्दको प्रयोगमा पनि उनी स्वतन्त्र देखिएका छन् । उनले समछन्दी अनुवादको नियमलाई तोडेर आफ्नै रुचिको छन्द प्रयोग गरेका छन् । 
चाणक्य नीति राजनीतिका कुशल खेलाडी आचार्य चाणक्यको अमर कृति हो । चाणक्यद्वारा प्रतिपादित नीतिपरक ग्रन्थ भएकाले यसलाई चाणक्य नीति भनिएको हो । संस्कृत साहित्यका प्रकाण्ड विद्वान् आचार्य चाणक्य अर्थशास्त्र र समाजशास्त्रको पनि त्यत्तिकै पारखी मानिन्छन् । सबैलाई थाहा भएकै कुरा हो उनको अर्थशास्त्र अहिले पनि कौटिल्यको अर्थशास्त्रको नामले विश्वविख्यात छ । त्यति मात्र होइन, उनी कूटनीतिक क्षेत्रका पनि त्यस्तै अद्वितीय प्रतिभा हुन् । कूटनीतिक विशारद भएकैले उनलाई कौटिल्य भन्ने गरिएको पनि पाएको छ । हुनत कतिपयले कुटल गोत्रीय ब्राह्मण भएकाले कौटिल्य भनिएको हो पनि भनेका छन् तर यथार्थ जे भए पनि उनी कूटनीतिक विशारद भने पक्कै हुन् । चाणक्य पनि उनको वास्तविक नाम चाहिँ होइन । उनको बाबुको नाम चणक थियो । चणकका छोरा भएकाले नै चाणक्य भनिएको हो । उनको वास्तविक नाम त विष्णुगुप्त थियो । 

संविधानसभा निर्वाचन कति सम्भव ?

-श्रीहरि अर्याल
नेपालमा फेरि एकपटक संविधानसभाको निर्वाचनमार्फत मुलुकका लागि संविधान बनाउने विषयमा व्यापक चर्चा-परिचर्चा भइरहेको छ । यसैबीच संविधानसभाका लागि दोस्रो निर्वाचन जसरी भए पनि गराएरै छाड्ने र त्यसलाई जसरी भए पनि असफल गराउनेका बीच द्वन्द्व बढिरहेको छ । यस विषयमा जनताहरूमा मात्र होइन, निणर्ायक तहमा प्रभावशाली देखिएका पार्टीका कार्यकर्ताहरूबीच पनि गम्भीर मतभेद देखिएको छ ।

पछिल्लो जनआन्दोलनको भावना अनुकूल हुनेगरी कसरी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिन्छ भन्ने विषयमा व्यापक रूपमा चिन्तन-मनन गर्नुको साटो लोकतन्त्र स्थापना भएको सात वर्ष व्यतित भैसक्दा पनि मुलुक अन्योल, अस्थिरता, अराजकता र दण्डहीनताका कारण तहसनहस भइरहेको छ ।

जनता आफ्नो प्रतिनिधिमार्फत आफ्नालागि आफ्नै रायसुझाव बमोजिम लोकतान्त्रिक संविधानको निर्माण भएको हेर्न चाहन्छन् भनेर नै पहिलो संविधानसभाको निर्वाचन भएको हो । अहिले पनि जनताको चाहना भनेको मुलुकमा लोकतान्त्तिक गणतन्त्रको संस्थागत विकास होस्, त्यसलका लागि संविधान छिटो बनोस्, मुलुकको मूल कानुनका रूपमा निर्माण हुने संविधानको अधीनमा रहेर देशको शासन व्यवस्था चलोस्, दलहरूले संविधानको परिधिभित्र बाँधिएर आफ्ना क्रियाकलाप सञ्चालन गरुन्, आवधिक निर्वाचनबाट शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरणको प्रक्रिया निरन्तर चलिरहोस् भन्ने नै हो ।

नेपाली क्रिकेट एक कदमअधि


                                                                                           श्रीलोचन राजोपाध्याय/दीपेन्द्र गुरुङ

नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय स्तरमा पाइला चालेको लगभग १६ वर्ष नाघिसकेको छ । यसबीच नेपालले थुप्रै सफलताको स्वाद चाखेको छ भने असफलताको पीडा कम्ता भोगेको छैन । तथापि, पछिल्लो दुई वर्षको प्रदर्शनलाई आधार मान्ने हो भने नेपाली क्रिकेट एक खुड्किलो माथि उक्लेको मान्नै पर्ने हुन्छ । यसको ताजा उदाहरण हो भर्खरै काठमाडौंमा सम्पन्न एसिसी टी-२० क्रिकेट । 
नेपाल फाइनलमा पराजित भयो, बलियो प्रतिद्वन्द्वी अफगानिस्तानसित । तर, फाइनलसम्मको यात्रा तय गर्दा नेपालले समर्थकलाई बलियोसित प्रभावित पारिसकेको थियो । सामान्यतया ब्याटिङमा कमजोर, त्यसमा पनि २० ओभरको प्रतियोगितामा ठूला सटहरू लगाउन नसक्ने नेपालले यसपटक टोलीमा आएको सुधारको धेरै प्रमाण पेस गरेको छ । 
कुनै समय थियो, नेपाली क्रिकेट केवल बलिङमा निर्भर हुने गथ्र्यो । ब्याट्सम्यानहरू पूरा ओभर बिरलै क्रिजमा टिक्न सक्थे । तर, पछिल्लो दुई वर्षको प्रदर्शनलाई आधार मान्ने हो भने नेपाली क्रिकेट टोली बिस्तारै बलिङबाट ब्याटिङकेन्दि्रत बन्दै गएको देखिन्छ । यस प्रतियोगितामा पनि नेपालका बलरको तुलनामा ब्याट्सम्यानहरू बढी चम्के र त्रिवि मैदानमा उपस्थित दर्शकको उर्लंदो भिडलाई चौका र छक्काको वषर्ा गरेर मनोरञ्जन दिलाए । फाइनलसम्मको यात्रामा नेपालको प्रदर्शनले सन्तुष्ट भइसकेका दर्शकले फाइनलमा अफगानिस्तानसित पराजित हुँदा पनि खासै अफसोस मानेनन् । 

रेग्मीको यात्रा त्यहाँदेखि यहाँसम्म

-घनश्याम खड्का
धेरै नबोल्ने र मिडियामा आउन नचाहने रेग्मीको
स्वभाव पुरानै हो । ४० वर्षे लामो न्यायिक यात्रामा हालसम्म विवादमा नआएका रेग्मी सरकारप्रमुख बन्ने कुराले उनी एकाएक मुलुककै न्यायिक इतिहासमा सबैभन्दा बढी आलोचित र विवादित न्यायमूर्तिमा अनुवाद भए । पछिल्लो समय जेठा छोरा इन्जिनियर पुष्कर रेग्मीको सल्लाह र सहयोगमा योजनाहरू बनाउन थालेका उनलाई देश चलाउने कुरामा नजिकबाट सघाउने काममा उनकै गृहजिल्ला पाल्पामा जन्मे/हुर्केका पूर्वमुख्य सचिव माधव घिमिरेको मुख्य भूमिका भएको जानकारहरू बताउँछन् । रेग्मीका कान्छो छोरा पुजन र एउटै छोरी पूजाचाहिँ अमेरिकामा बसोबास गर्छन् । अचेल बालुवाटारको प्रधानन्यायाधीश निवासमा बसोबास गर्नुअघि बानेश्वर हाइटको निजी निवासमा बस्दै आएका रेग्मीको पुख्र्यौली घरचाहिँ पाल्पाको पोखराथोक-६ धोवादीमा हो । उनी त्यहाँ २००६ वैशाख १८ गते ढुण्डीराज रेग्मीको जेठो छोराका रूपमा जन्मेका थिए । गाउँकै 'नेपाल राष्ट्रिय जनता प्राथमिक विद्यालय' मा कखरा सिकेका रेग्मीले माध्यमिकस्तरको पढाइ बनारसबाट पूरा गरेका थिए । उनले २०२३ मा उत्तर प्रदेशबाट २०२३ सालमा आईएस्सी गरेका थिए । 

त्यसपछि पाल्पा र्फकेर बीएड गरेलगत्तै उनले जिल्लाकै विष्णु माविमा पढाउने काम गरे । पढाउँदापढाउँदै अचानक काठमाडौंमा कानुनमा स्नातक गर्न आएका रेग्मी २२ वर्षकै उमेरमा अधिकृत भइसकेका थिए २०२८ सालमा । त्यसपछि निरन्तर फड्को मार्दै आएका रेग्मी २०३० सालमा जिल्ला न्यायाधीश भई बागलुङ खटाइएका थिए । त्यसको एक वर्षमै उनी राजपत्रांकित प्रथम श्रेणीमा बढुवा भए र उपरजिस्ट्रारको जिम्मेवारी सम्हाले । प्रशासकीय जिम्मेवारीबाट रेग्मीले २०४१ पुनरावेदन अदालतमा नियुक्ति पाए । उनी २०४८ मा पुनरावेदनका मुख्य न्यायाधीशमा नियुक्ति पाए । त्यसको ११ वर्षपछि २०५९ माघ १५ मा रेग्मी सर्वोच्च अदालतका न्यायाधीश भएका थिए ।

एसएलसीः 'गोल्डेन गेट'


                                                                    -खग राज बराल 
शिक्षालयले आफ्ना शिक्षार्थीको परीक्षा लिने पुरानो र विश्वव्यापी प्रचलन हो । शिक्षालयको यो नियमित प्रक्रिया हो । कुनै तहको अन्त्यमा राज्यद्वारा लिइने परीक्षा शिक्षालयद्वारा लिइने परीक्षाभन्दा फरक किसिमको हुन्छ । राज्यद्वारा लिइने परीक्षा सार्वजनिक परीक्षा हो । सार्वजनिक परीक्षा लिने प्रचलन विश्वका प्रायः सबै मुलुकले लिने गर्छन् । सार्वजनिक परीक्षा निर्माणात्मक नभई निर्णयात्मक र औपचारिक हुने गर्छ । सार्वजनिक परीक्षा सञ्चालन तथा नियन्त्रण शिक्षार्थीको पठनपाठनमा प्रत्यक्ष संलग्न हुने शिक्षालयभन्दा बाहिरको आधिकारिक निकायबाट लिने गरिन्छ । तोकिएको पाठ्यक्रम तथा पाठ्यांशमा आधारित भई परीक्षा सञ्चालन हुने गर्छ । सार्वजनिक परीक्षा कानुनमा आधारित भई राज्यको आधिकारिक निकायद्वारा स्वीकृत पाठ्यक्रम र पाठ्यांशका आधारमा लिइने हुँदा शिक्षालयको प्रकार, अवस्थिति, शिक्षकको उपलब्धता, भौतिक तथा शैक्षिक सुविधाको उपलब्धता, शिक्षालय सञ्चालनका दिन, सुगम तथा दुर्गम, सुविधायुक्त र सुविधाविहीन आदिजस्ता विषयका आधारमा परीक्षा सञ्चालन गरिँदैन ।
सार्वजनिक परीक्षा देशभर एकै पद्धति र एकै आधारमा सञ्चालन गरिन्छ । स्वीकृत पाठ्यक्रम तथा पाठ्यांशबाहेक अन्य पक्षमा निरपेक्ष रहेर परीक्षा सञ्चालन, परीक्षण र नतिजा प्रकाशन गरिन्छ । सम्बन्धित तहका लागि पाठ्यक्रमले तोकेका मुख्य विषय र अन्य ऐच्छिक वा सहायक विषयको परीक्षा सञ्चालन गरिन्छ । तोकिए अनुसार लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षा सञ्चालन गरिन्छ । सार्वजनिक परीक्षा सञ्चालनमा शिक्षालय सञ्चालन, सुपरीवेक्षण तथा अनुगमन गर्ने निकाय, पाठ्यक्रम र पाठ्यपुस्तक विकास तथा वितरण गर्ने निकाय, शिक्षक विकास तथा शिक्षक नियुक्ति गर्ने निकायको सहभागिता हुँदैन । प्रश्नपत्र आफ्ना शिक्षार्थीको पठनपाठनमा प्रत्यक्ष संलग्न शिक्षकबाट निर्माण तथा परिमार्जन, परीक्षण र सम्परीक्षण गरिँदैन । सार्वजनिक परीक्षा प्रायः वर्षकोएकपटक सञ्चालन गरिन्छ, यसको नतिजामा शिक्षार्थीको श्रेणी वा प्राप्ताङ्क वा दुवै उल्लेख गरिन्छ । सबै मुलुकमा सार्वजनिक परीक्षाको नतिजालाई शिक्षार्थी र शिक्षालयको तुलना व्यक्तिगत, संस्थागत, जिल्लागत, क्षेत्रगत र राष्ट्रिय रूपमा गर्ने गरिन्छ ।