Showing posts with label Health. Show all posts
Showing posts with label Health. Show all posts

मेवा खानुका फाइदाहरु

हुन त हर फलफूलले तपाईको स्वास्थ्यलाई फाइदा पुर्या।उछ। तर जो हर सीजनमा सस्तो मूल्यमा पाइन्छ, यो चाहिं अत्यन्त लाभदायक छ। यदि कुरा मेवाको मात्र गर्ने हो भने। यो फल खाँदा पेट सम्बन्धी समस्या निर्मूल नै हुन्छ भन्दा पनि हुन्छ। साथै कपाल र स्किनलाई पनि सुन्दर बनाउछ।  
यो फलको फाइदा: 
– जो मानिसलाई किडनीको समस्या छ, रोज मेवा खानु जरुरी छ।  
– दाँत सम्बन्धी समस्या पनि मेवा खाएमा समाप्त हुन्छ। दाँत हल्लिने, दाँतबाट रगत आउने र यस्तो समस्यामा राहत हुन्छ।  
– मेवा खाँदा आँखाको ज्योति पनि राम्रो हुन्छ। 
– यदि पेटमा कीरा छ भने पनि काँचो मेवाको जूसले फाईदा गर्दछ। यो दिनमा दुई पटक पिउदा किरो खत्म हुन थाल्छ।  
– खाली पेटमा मेवा खाँदा बोसोको समस्याबाट मुक्ति पाइन्छ।  
– सिरे नुन, जीराको धुलो कागतीसंग खाएमा कब्जियत हुदैन।  
– महिलाहरूका लागि मेवाको रस अति लाभकारी हुन्छ। यसबाट उनीहरूको बाँझोपन हट्छ। तर गर्भावस्थाकोे समयमा मेवा हानिकारक हुन्छ। 
– मेवाको पातले पनि रामबाण कै तरह काम गर्दछ, यो क्यान्सरका लागि पनि सहायकसिद्ध मानिन्छ।  
– मेवा तौल कम गर्नमा पनि काम लाग्छ।

महँगो छ मिर्गौलाको उपचार


मिर्गौला हाम्रो शरीरको पाँच प्रमुख अङ्गमध्येको एक अङ्ग हो । यसको आकार करिब १२:६:३ -लम्बाइ हृ चौडाइ हृ मोटाइ) से.मी. हुन्छ भने तौल १२५-१५० ग्रामसम्मको हुन्छ । दाहिने मिर्गौलाको ठीक माथि कलेजो भएको हुनाले देब्रेभन्दा दाहिने मिर्गौला अलि तल हुन्छ । मुटुले एकपटक 'पम्प' गरेको कुल रगतको करिब २० प्रतिशत मिर्गौलाले लिन्छ । एउटा स्वस्थ मुटुले एक मिनेटमा करिब ७२ पटक पम्प गर्छ । त्यसैले मिर्गौला एउटा यस्तो अङ्ग हो जसको रोग लागिसकेपछि मात्र उपचार गराउने हो भने जीवनभर औषधि खानुको विकल्प छैन ।
नसर्ने रोगमध्ये मिर्गौलाको रोगले विश्वव्यापीरूपमा आˆनो बिरामीको सङ्ख्या बढाउँदै लगेको छ । नेपालमा पनि मिर्गौलासम्बन्धी समस्या गएको दशकदेखि नै प्रमुख समस्या बनेर उदाइरहेको छ । प्रत्येक वर्ष दुई हजार सात सय जना मिर्गौला रोगी नेपालमा थपिइरहेका छन्, जसमध्ये दुई हजार जनालाई हेमोडायलाइसिस -मिर्गौलाले काम गर्न छाडेको बेलामा मेसिनको प्रयोगद्वारा रगत छान्ने विधि) गर्नैपर्ने हुन्छ तर नेपालमा भएको सबै सुविधा प्रयोग गर्दा पनि एक हजारभन्दा बढीलाई उपचार पुर्‍याउन सकिँदैन । नेपालमा वाषिर्क तीन हजारको मृत्यु मिर्गौला 'फेल' भएर हुन्छ ।

मुटुलाई गोलभेडा

 गोलभेडा नियमित सेवन गर्नाले रक्तचाप र कोलेस्ट्रोल नियन्त्रित हुन्छ । दिनहँु गोलभेडा खानाले मुटुको रोगबाट जोगिन सकिन्छ । 
युनिभर्सिटी अफ एडिलेटका वैज्ञानिक नेतृत्वको एउटा अन्तर्राष्ट्रिय दलले दाबी गरेअनुसार गोलभेडामा पाइने रातो तत्त्व 'लाइकोपेन' मा एसिअक्सिडेन्टजस्तो गुण हुन्छ, जुन स्वास्थ्यका लागि उपयोगी हुन्छ ।
'म्याच्युराइटस्' जर्नलमा प्रकाशित उक्त अध्ययनमा कोलेस्ट्रोल र रक्तचापमा लाइकोपेनको प्रभाव विश्लेषण गरेर यो निष्कर्ष निकालिएको हो । यसका लागि पछिल्ला ५५ वर्षमा भएका १४ अध्ययनको सामूहिक परिणामको तुलनात्मक आँकलन पनि गरियो ।

घुराइ बानी होइन, रोग

सुत्दा घुर्ने बानी छ ? घुर्दाघुर्दै सास रोकिनाले आत्तिएर ब्युँझने गर्नुभएको छ l राति बारम्बार निद्रा खलबलिन्छ ? निद्रामा बर्बराउनुहुन्छ ?उत्तर सकारात्मक छ भने एकपटक चिकित्सककहाँ गइहाल्नुस् । बढी घुर्नु आफैंमा एउटा रोग हो । 'घुर्दा सास बन्दसमेत हुन्छ,तर सास दस सेकेन्डभन्दा बढी रोकिनु असामान्य हो,'पल्मोनरी क्रिटिकल केयर एन्ड स्लिप मेडिसिन कन्सलटेन्ट डा. रमेश चोखानी भन्छन्, 'एक घन्टामा पाँचपटकभन्दा बढी समयसम्म सास रोकिने समस्या छ भने चिकित्सकीय सल्लाह आवश्यक छ ।' उनका अनुसार घुर्दा सास रोकिने समस्या देखिएकाहरूलाई मुटुको रोग, पक्षाघातको सम्भावना धेरै हुन्छ ।  अमेरिकन एकेडमी अफ ओटोल्यारेंगोलजी -हेड एन्ड नेक सर्जरी) को तथ्यपत्रअनुसार ४५ प्रतिशत सामान्य वयस्क व्यक्ति कहिलेकाहीँ घुर्ने गरेका छन् । २५ प्रतिशतलाई घुर्ने बानी हुन्छ । पुरुष र बढी तौल भएकाहरूमा यो समस्या उमेर सँगसँगै बढ्दै जान्छ ।