रोबोटले अंग्रेजी पढाउन थाले





दक्षिण कोरियामा रोबोटले अंग्रेजी पढाउन सुरु गरेका छन् । ३० रोबोटले दक्ष्ािण कोरियाली बालबालिकालाई अंग्रेजी पढाउन सुरु गरेको शिक्षा अधिकारीले मंगलबार बताएका छन् । रोबोट निर्माण उद्योग प्रवर्द्धन गर्न यो प्रोजेक्ट ल्याइएको हो । 
इङ्की नाम गरेको अन्डा आकारको रोबोटले सोमबारदेखि दक्ष्ािण कोरियाली सहर डेगुका बालबालिकालाई पढाउन सुरु गर्‍यो । यो रोबोट कोरिया इन्स्िटच्युट अफ टेक्नोलोजी -किस्ट)ले निर्माण गरेको हो ।

यसैगरी अन्य २९ रोबोट एक मिटर अग्ला छन् । टिभी स्त्रिmन अनुहार भएका रोबोट विद्यार्थीलाई अंग्रेजी सिकाउँदै कक्ष्ााकोठामा घुमिरहन्छन् । रोबोटले विद्यार्थीलाई पुस्तक पढेरसमेत सुनाउँछ ।  पढाउने क्रममा विद्यार्थीलाई मनोरञ्जन दिन रोबोट संगीतको तालमा टाउको र हात हल्लाएर नाच्छ पनि ।
अंग्रेजी पढाउने रोबोटलाई फिलिपिन्सका अंग्रेजी पढाउने शिक्षकले रिमोर्ट कन्ट्रोलमार्फत नियन्त्रण गरिरहेका छन् । रोबोट शिक्ष्ाकलाई नियन्त्रण गर्ने फिलिपिनो शिक्ष्ाकले कन्ट्रोल सिस्टममार्फत विद्यार्थीलाई हेर्न र देख्न सक्छन् । रोबोटको अनुहारका रूपमा रहेको टिभी स्त्रिmनमा ककेसियन महिलाको तस्बिर देखिन्छ ।
'क्यामराले फिलिपिनो शिक्ष्ाकको अनुहारको भावभंगीमा पहिचान गर्छ र त्यो रोबोटको अनुहारमा प्रतिविम्बित गर्छ,' किस्टका वरिष्ठ वैज्ञानिक सागोङ सियोङ-डे भन्छन् ।
'शिक्ष्ाित, अनुभवी फिलिपिनो अंग्रेजी शिक्ष्ाक दक्ष्ािण कोरियालीसहित अन्य छिमेकी राष्ट्रको   तुलनामा अत्यन्त महँगा हुन्छन्,' उनले भने ।
रोबोटले विद्यार्थीले अंग्रेजी सिकाउनका साथै गीत गाउन सिकाउँछ । रोबोटले अक्ष्ार चिनाउन सिकाउने खेल पनि विद्यार्थीसँग खेल्छ ।
'रोबोट चिटिक्कको सुन्दर र रमाइलो भएकाले केटाकेटीले यसलाई मनपराएका छन्,' शिक्षा अधिकारी किम मि योङले भनिन् । अंग्रेजी सिकाउने रोबोटप्रति वयस्कले पनि रुचि देखाएको योङले बताएकी छिन् । विदेशी शिक्षक जान नमानेका दुर्गम स्थानमा समेत रोबोट शिक्ष्ाक पठाइएका छन् ।
अंग्रेजी पढाउने रोबोट परीक्ष्ाण अझै भइरहेको पनि योङले बताएकी छिन् । वैज्ञानिकले रोबोटलाई थप सुधार गरेर चलाउन सजिलो र सस्तो बनाएमा फुलटाइम जागिर दिने सुरमा छन्
शिक्ष्ाा अधिकारी । 'कक्ष्ााकोठामा रोबोट हँुदा विद्यार्थी थप क्रियाशील हुन्छन् ।  विशेषगरी मानव शिक्ष्ाकसँग लजाउने विद्यार्थी खुलेर रोबोट शिक्ष्ाकसँग बोल्छन्, नबुझेको प्रश्न सोध्छन्,' योङ भन्छिन् ।
आफ्नो उद्देश्य मानव शिक्ष्ाकलाई विस्थापित गर्नु नभएको उनले बताएकी छिन् । आफ्नो उद्देश्य विद्यार्थीलाई रमाइलो वातावरणमा सिकाउनु रहेको पनि उनले बताइन् ।
यो रोबोट शिक्ष्ाक पाइलट प्रोजेक्टलाई दक्ष्ािण कोरियाली सरकारले प्रायोजन गरेको हो । वैज्ञानिकले २००९ देखि अंग्रेजी, गणित, विज्ञानसहित अन्य विभिन्न विषय पढाउने रोबोट शिक्षक कार्यक्रम विद्यालयमा सञ्चालन
गरिरहेका छन् ।
अहिले शिक्ष्ाक रोबोटको ब्याकअपमा मानव शिक्षक रहेका छन् । मानव शिक्षकसँग सम्वाद गर्न डराउने मानिसका लागि रोबोट शिक्षक एकदमै उपयोगी र प्रभावकारी हुनेछ ।
'रोबोट शिक्ष्ाकले स्वास्थ्य बिमा, बिरामी बिदा तथा अन्य सुविधाका लागि माग पनि गर्दैनन् । यसैगरी धेरै तलब लोभमा तीन महिनामै पढाउन छाडेर जापान पनि जाँदैनन् । रोबोट शिक्ष्ाकलाई त वेलावेलामा मर्मत र सुधार मात्र गर्नुपर्छ,' वैज्ञानिक डे भन्छन् ।


Naya Patrika