कोरियामा इपिएस प्रणालीबाट आएका २ सय नेपाली पक्राउ परेका छन्। भिसा भएका उनीहरुलाई काम गरिररहेको कारखानाबाट नै अध्यागमनका कर्मचारीले गत शनिबारदेखि धमाधम पक्राउ गरिरहेको छ।ख्याडजु, वइजन्बु, आन्सान, इन्छन, थेगु, सुवन रसिउलबाट यस्ता नेपाली पक्राउ परेका हुन। यसरी समातिएकाहरु पहिले पनि कोरिया आएर काम गरेका तथा समातिएर नेपाल फर्केका तथा पछि फेरि इपिएस प्रणालीद्वारा यहाँ आएकाहरु बढी छन्।
राति होस् या बिहान, जनुसुकै बेलामा पनि कोरियन अध्यागमन कर्मचारीले विना कुनै सूचना काम गरिरहरेको कारखानाबाट पक्राउ गर्ने गरेको उनीहरुले बताएका छन्। यसरी समातिएकालाई छानविनपछि मात्र नेपाल पठाउने जानकारी पनि दिइएको छ।

राई : आजको दिनसम्म २ सय जना समातिसकेको आधिकारिक सूचना प्राप्त भएको छ।
उनीहरु सबै प्रक्रिया पुराएर आएका थिए तर किन समातिए त ?
राई : किनभने उनीहरुले नाम परिवर्तन गरी आइ, पासपोट र जन्ममिति परिवर्तन गरेको प्रमाण फेला पारेको र फोटोको आधारमा समातिएका हुन।
यस्तो कसरी पत्ता लाग्यो ?
यसमा नेपाली समूह र कोरियन दलालको ठूलो हात रहेको छ। किनभने यो सम्झौता दुई देशको सरकारबीच रहेको र कुनै पनि दलालले रकम उठाउन नपाएका कारणले उजुरी पर्न गएको जानकारीमा आएको छ। यस घटनालाई नेपाल सरकारले छिटोभन्दा छिटो समाधान गर्नुपर्ने हुन्छ। यदि सरकार मौन रहेको खण्डमा पीडित पक्षलगायत् कोरियामा भएका सम्पूर्ण नेपाली सङ्घ/संस्था बुद्धिजीवी पत्रकार, नेपाली समुदायले गम्भीररुपमा सोच्नुपर्ने
अवस्था सिर्जना हुनेछ।
किन यो कुरा अहिले आयो त जब कि कोरियन सरकारले नै अन्तिम नामावली पठाएको थियो। त्यो बेलामा किन जाँचबुझ गरेन त ?
राई : १. हाम्रो नेपाल सरकारको कमजोरी नै प्रमुख कारण हो किनभने एक व्यक्तिले इच्छाअनुसार नाम, जन्ममिति र नागरिकता पटकपटक फेर बदल गर्न सक्नु र गाविसदेखि परराष्ट्र मन्त्रालयसम्मका कर्मचारी पनि यस कुरामा संलग्न रहेको पुष्टि हुन्छ।
२. सम्बन्धित व्यक्ति पनि गैरकानुनी काम गरेको हुनाले पनि त्यस व्यक्ति सजायको भागिदार हुनुपर्ने हुन्छ तर उनीहरुको
रहर होइन त्यो उनीहरुको बाध्यता हो। किनभने कोरियन सरकारले सजिलै भिसा नदिने हुनाले पनि उनीहरुले इपिएस प्रणाली
अपनाएका हुन।
राईका अनुसार यसरी नाम परिवर्तन गरी वा एक पटक कोरियाबाट समातिएर गएका नेपालीहरु फेरि इपिएस प्रणालीबाटै किन नहोस्, कोरिया नआउनु राम्रो हुनेछ।
मञ्जु थापा, सिउल, दक्षिण कोरिया

Kathmandu Time