कोरिया जाने लाई १० % छुट

ईपीएस प्रणालीमार्फत दक्षिण कोरिया जान भाषा परीक्षाको आवेदन फारम भर्न बुटवल आउनेहरुलाई बुटवलका होटेल व्यवसायीहरुले खाना तथा आवासमा १० प्रतिशत छुट दिने भएका छन् । बुटवलमा पहिलोपटक आवेदन फारम वितरणको अगुवाई गरेको  नेपाल कोरिया विकास परिषद् रुपन्देहीको अनुरोधमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बुटवलले पत्रकार सम्मेलनमार्फत छुट दिने निर्णय गरेको हो । यही बैसाख १९ देखि २२ गतेसम्म कोरिया भाषा परीक्षाको आवेदन फारम बुटवल रामनगरस्थित बुटवल मण्डपबाट वितरण हुंदैछ । देशका विभिन्न भागबाट आउनेहरुलाई थोरै भएपनि राहत पुगोस् भनेर परिषदको आग्रहमा प्रचलित दर रेटमा १० प्रतिशत छुट दिने निर्णय गरेको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बुटवलका अध्यक्ष प्रेमलाल पाण्डेले बताउनु भयो । छुट नदिने र उल्टै प्रचलित दर भन्दा बढी रकम लिने व्यवसायीलाई आवश्यक कारवाही समेत गरिने संघले जनाएको छ ।
आवाज बिहिनको आवाज