ललितपुरको प्रसादी एकेडेमी चौथोपल्ट पहिलो स्थानमा परेको छ भने उत्कृष्ट १० को सूचीमा नयाँ दुई विद्यालयले नाम दर्ता गराएका छन्, यसपटक। प्रसादीले २०६४ देखि ०६७ सम्म चार वर्षका ११ र १२ कक्षा गरी आठवटा नतिजाको औसत ९७ दशमलव ८६ प्रतिशत अंक प्राप्त गरेको छ। विगत वर्षहरूमा कम विद्यार्थी संख्याका कारण उत्कृष्ट छनोटको मापदण्डभित्रै नपरेको सेन्टमेरजिले एकैपटक दोस्रो स्थान कब्जा गरेको छ। उसको औसत ९६ दशमलव ५ प्रतिशत उत्तीर्ण दर रह्यो। यस्तै, ग्लोबल कलेज अफ म्यानेजमेन्टले पनि मापदण्डभित्र परेको पहिलो वर्षमै १०औँ स्थान ओगटेको छ। उसले भने विगत चार वर्षमा ८७ दशमलव ६१ प्रतिशत विद्यार्थी उत्तीर्ण गरायो। यही अंक यसपालि उत्कृष्ट १० मा पर्ने न्यूनतम अंक बन्यो। गत वर्ष यो सीमा ८३ दशमलव ६२ प्रतिशत थियो। यसले विद्यालयहरूबीच चर्कंदो प्रतिस्पर्धालाई विम्बित गर्छ।
गएको वर्ष उच्च माविहरूका लागि देशव्यापी रूपमा खराब नतिजाको वर्ष थियो। तर, उत्कृष्ट उच्च माविको सूचीमा चढ्न भने अंकको दायरा बढेको पाइयो। कम्तीमा ७५ दशमलव ९६ प्रतिशत औसत उत्तीर्ण गराउन सक्ने विद्यालय मात्र यस वर्ष २५ राम्रा विद्यालयको सूचीमा परेका छन्। नयाँ विद्यालयको प्रविष्टिले गत वर्षको उत्कृष्ट सूचीबाट केहीले हट्नुपरेको छ। पोहोर सातौँ स्थानमा रहेको विराटनगरको मेरल्ियान्ड यसपालि ९२ दशमलव १८ प्रतिशत ल्याएर चौथोमा उक्लियो भने युनाइटेड एकेडेमीले ९१ दशमलव ३० अंकका साथ पुरानै पाँचौँ स्थान सुरक्षित गर्यो। विराटनगरकै कलेज अफ बिजनेस एन्ड सोसल स्टडिजले पनि ८९ दशमलव ७६ प्रतिशतका साथ गत वर्षकै आठौँ नम्बर सुरक्षित गर्यो। गत वर्ष छैटौँ स्थानमा परेको लिटिल एन्जल्स यसपटक ८८ दशमलव ५३ अंक ल्याएर नवौँमा पुग्यो। काठमाडौँ मोडलले पोहोरभन्दा नतिजा बढाए पनि ९६ दशमलव २४ अंकका साथ एक स्थान तल झर्नुपर्यो। गत वर्ष तेस्रो भएको पोखराको सगरमाथाले ९० दशमलव ७४ अंकका साथ सातौँ स्थानमै चित्त बुझाउनुपर्यो। पोहोरको चौथो नेसनल स्कुल अफ साइन्स -निस्ट)ले ९० दशमलव ७६ प्रतिशत औसत नतिजा ल्याएर छैटौँ स्थान पाएको छ।
गत वर्षका २५ राम्रा विद्यालयको सूचीबाट यसपालि छवटा बाहिरिएका छन्। निजी क्षेत्रका विद्यालयको चर्को प्रतिस्पर्धाका बीच पोखराको अमरसिंह उच्च माविले सामुदायिक विद्यालयका तर्फबाट पहिलोपल्ट राम्रा उच्च माविहरूको सूचीमा नाम दर्ता गराएको छ। अघिल्ला वर्षमा उत्कृष्टताको सूचीमा दरिंदै आएका उपत्यकाबाहिरका रूपन्देही र चितवनको अवस्था यसपटक भने कमजोर देखियो। यद्यपि, अर्किड साइन्स उच्च माविले राम्रा उच्च माविको लहरमा चितवनको उपस्थिति जनायो भने रूपन्देही शून्यमा झर्यो। उता, धनुषाबाट पहिलोपल्ट मोडल उच्च माविले यस सूचीमा प्रवेश पाएको छ।
छनोट विधि
छनोटका क्रममा उच्च माध्यमिक शिक्षा परिषद्ले शैक्षिक सत्रको अन्त्यमा लिने कक्षा ११ र १२ को परीक्षाको नतिजालाई प्रमुख आधार मानिएको छ । ०६७ सालको ११ र १२ कक्षाको परीक्षामा सहभागी भएका विद्यालयको संख्याले ती दुवै कक्षाका विद्यार्थी संख्यालाई भाग गरी औसत विद्यार्थी संख्या निकालिएको छ । औसत विद्यार्थी संख्या १ सय १९ कायम भएकाले त्यसैलाई न्यूनतम मापदण्ड मानिएको छ । त्यसैले ०६४ देखि ०६७ सम्मका अन्तिम परीक्षामा १ सय १९ भन्दा बढी विद्यार्थी सहभागी गराएका विद्यालयमध्येबाट उत्कृष्ट विद्यालय छानिएका छन् ।
थोरै विद्यार्थी पढाएर शतप्रतिशत नतिजा हासिल गर्ने विद्यालय पनि नभएका होइनन् । तर, औसत विद्यार्थी नपढाउने त्यस्ता विद्यालय छनोट सूचीमै परेनन् । केही भने न्यूनतम मापदण्डभित्र परेर पनि उतारचढावपूर्ण नतिजाका कारण समग्र मूल्यांकनमा कमजोर देखिए । त्यसैले मुलुकभरबाट राम्रा विद्यालयमा छानिएका यी यस्ता विद्यालय हुन्, जसको उत्तीर्ण दरमा धेरै उतारचढाव देखिँदैन । उत्तीर्ण दरको स्थिरताले नै धेरै हदसम्म विद्यालयको स्तर निर्धारण गर्छ । उत्कृष्टताको क्रम पनि औसत उत्तीर्ण प्रतिशतकै आधारमा निर्धारण गरिएको छ ।
१. सदावहार सर्वोत्कृष्ट
प्रसादी एकेडेमी उच्च मावि, मानभवन, ललितपुर
चार वर्षदेखि निरन्तर सर्वोत्कृष्ट स्थानमा रहेको प्रसादीले आफूप्रतिको आकर्षणको बढी फाइदा उठाउन अटाई-नअटाई विद्यार्थी खाँदेको छैन। न त प्लस टुबाहेक अन्य शैक्षिक कार्यक्रम नै राखेको छ। 'जति सक्छौ त्यति मात्रै भर्ना लेऊ, गुणस्तरमा सम्झौता नगर' भन्ने नीतिबाट निर्देशित प्रसादीले भौतिक पूर्वाधार, शिक्षकको उपलब्धता र व्यवस्थापकीय सीमालाई ख्यालै नगरी विद्यार्थी हुल्ने परम्पराको विरोधीका रूपमा आफूलाई उभ्याएको छ। विद्यालय व्यवस्थापन प्रमुख विक्रम राई भन्छन्, "एकपल्ट राम्रो नतिजा आयो भनेर विद्यार्थी र शुल्क ह्वात्तै बढाएनौँ। सादगीपूर्ण तरकिाले जति सक्छौँ, त्यति गर्छौं।"
प्रसादीले पाठ्यक्रमकेन्दि्रत शैक्षिक गतिविधिबाहेक अतिरत्तिm क्रियाकलापका नाममा धेरै समय खर्चंदैन। विद्यार्थीलाई पढाइमै केन्दि्रत गर्न दसैँ, तिहार, जाडो, गर्मीजस्ता लामो समय बिदा दिने चलनमा पनि यो विद्यालय अपवाद छ। प्रसादीको अनुभवमा उच्च माध्यमिक शिक्षा परिषद्ले तोकेको पाठ्यक्रम र आफैँले बनाएको शैक्षिक पात्रोमा बाँधिएर वर्षभरकिा सबै दिन पढाउँदा पनि समय अपुग हुने अवस्थामा छ। त्यसैले विद्यार्थीको उच्च शिक्षाको आधार तयार गर्न बढीभन्दा बढी पढाइमै जोड गर्नुपरेको राई बताउँछन्। कक्षाकार्य र अभ्यासकेन्दि्रत अध्यापनमा जोड दिने प्रसादीले ५० मिनेटको हरेक कक्षालाई ३० मिनेट अध्यापन र २० मिनेट अभ्यास गराउने शैक्षिक विधि अनाउँछ। प्राणीशास्त्र, अर्थशास्त्रजस्ता विद्यार्थीले गाह्रो महसुस गरेका विषयका कार्यपुस्ितका बनाएर त्यसैमा अभ्यास गराउँछ। यसले गर्दा उसको नतिजा सबैजसो शैक्षिक सत्रमा स्थिर बनेको छ। र, उसको विद्यार्थी उत्तीर्णदर ९५ प्रतिशतभन्दा तल झरेको छैन।
२. अलग धारमा अब्बल
सेन्टमेरिज उच्च मावि, जावलाखेल, ललितपुर
'भ्यालु एजुकेसन' अर्थात् मूल्यमा आधारति शिक्षाको मूल नारा बोकेको यो विद्यालय नैतिक र कर्तव्यनिष्ठ नागरकि तयार गर्ने उद्देश्यबाट सञ्चालित छ। सुविधासम्पन्न र उत्कृष्ट नतिजा भएको एक मात्रै छात्रा उच्च मावि सेन्टमेरजि क्रिस्िचयन मिसिनरी अन्तर्गत सञ्चालित छ। प्लस टु तहमा आफ्नै विद्यालयका एसएलसी उत्तीर्णलाई प्राथमिकता दिने भएकाले बाहिरका विद्यार्थीले यहाँ सहज पहुँच भने पाउँदैनन्।
दुईतिहाइ शिक्षक महिला नै रहेको यस छात्रा विद्यालयले नारी सशक्तीकरणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गररिहेको बताउँछिन्, प्राचार्य सिस्टर मारििलन सीजे। भन्छिन्, "समाजमा कसरी बाँच्ने भनेर हामी सिकाउँछौँ र हामीले पढाएका हरेक विद्यार्थी समाजमा अलग्गै चिनिन्छन्।" अनुशासनकै आधारमा आफ्ना उत्पादनलाई संसारको जुनसुकै ठाउँ र परविेशमा छुट्याउन सक्ने दाबी पनि गर्छिन् उनी।
३. अभ्यासकेन्दि्रत अध्यापन
काठमाडौँ मोडल उच्च मावि, बागबजार, काठमाडौँ
पढ्न, जान्न र उत्तीर्ण हुन पाउने विद्यार्थीको अधिकार हो भन्ने मान्यतामा हरेक शिक्षकलाई प्रतिबद्ध गराइन्छ। त्यही मान्यता अनुसार, बिदाको समयमा समेत विद्यार्थीले शिक्षककहाँ आफ्ना समस्या राख्न सक्ने परपिाटी विकास गरिएको छ। परिषद्ले तोकेको पाठ्यक्रम बढी सैद्धान्तिक भए पनि त्यसलाई प्रयोगात्मक र अन्तरक्रियात्मक शैलीबाट लागू गर्नु विद्यालयको दायित्व रहेको यस विद्यालयको निष्कर्ष छ।
विश्वविद्यालयमा लामो समय प्राज्ञिक अभ्यासमा खारिएका व्यक्तिहरूबाटै सञ्चालित भएकाले परिषद्ले ल्याउने नयाँनयाँ नीति, कार्यक्रम र विषयवस्तुको परविर्तन चाँडोभन्दा चाँडो आत्मसात् गर्न सकिएको व्यवस्थापनको अनुभव छ। नयाँ विषय र प्रविधिबारे आफ्ना शिक्षकलाई अद्यावधिक गराउन बेलाबेलामा विषयगत विशेषज्ञ बोलाएर प्रशिक्षित पनि गराइन्छ यहाँ, जो विद्यालयको नतिजामा प्रतिविम्बित हुँदै आएको छ। विद्यालय, उच्च माध्यमिक र क्याम्पस तहका विभिन्न कार्यक्रमसहित पाँचवटा शैक्षिक संस्था सञ्चालनको अनुभवका आधारमा यसले अनेक कार्यक्रम, सफल व्यवस्थापनको परचिय बनाएको छ।
४. फरक अभ्यास
मेरिल्यान्ड उच्च मावि, विराटनगर, मोरङ
विद्यार्थीलाई विषयगत शिक्षकले विशेष रूपमा सूक्ष्म निगरानी गर्छन्। विद्यार्थीकै क्षमताका आधारमा विषयहरूमा केन्दि्रत गरी अध्यापन गराइन्छ। कक्षामा समूह विभाजन गरेर छलफल गराउने, विषयगत रूपमा समयसमयमा सेमिमार गर्ने, कुनै विषयबारे विद्यार्थीबाट प्रतिवेदन प्रस्तुति र त्यसमा छलफल गर्ने शैली पनि अपनाइन्छ। यसबाहेक बैँक, वित्तीय संस्था र उद्योगहरूमा स्थलगत भ्रमणका साथै बजार अध्ययनमा समेत विद्यार्थीलाई पठाउने गरिएको सहप्राचार्य भेषराज पोखरेल बताउँछन्।
विद्यालयमा मोबाइल बोक्न निषेध छ। पर्समा दुई सयभन्दा बढी रुपियाँ बोक्न पाइँदैन। विद्यार्थीलाई अनुशासनमा राख्न यस्ता ११ बुँदे नियम कडाइका साथ कार्यान्वयन गरिएको छ। उल्लंघन गर्नेलाई दुई सयदेखि पाँच सय रुपियाँसम्म जरविाना गरिन्छ। सामाजिक दायित्व अन्तर्गत अपांगका लागि मासिक तीन सय रुपियाँ मात्रै शुल्क तोकिएको छ। मेरिल्यान्डले अन्य सामाजिक संघसंस्थाको सिफारसिमा पनि विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।
५. बटमलाइन : अनुशासन र गुणस्तर
युनाइटेड एकेडेमी उच्च मावि, कुमारीपाटी, ललितपुर
पहिलो एकाइ परीक्षाबाट कमजोर विद्यार्थी पहिचान गरिन्छ। तीमध्ये बिहानी कक्षाका विद्यार्थी भए दिउँसोमा र दिउँसोकालाई बिहान अतिरत्तिm कक्षा लिइन्छ। शैक्षिक वातावरण कायम राख्नका लागि विद्यालयले कडा अनुशासनका दायरा कोरििदएको छ। मोबाइल, आइपड, मोटरसाइकल, उत्तेजक पहिरन, सौन्दर्य प्रशाधन, छात्रलाई तोकिएभन्दा लामो कपाल र छात्रालाई छोटो कपाल बन्देज गरिएको छ। पोसाकबाहेक जुत्ता र झोलामा समेत विद्यालयको लोगो अनिवार्य छ। विद्यार्थीका समस्या बुझ्न र समाधान खोज्न परामर्श विभाग छ। त्यसैले विद्यार्थीका समस्यालाई वैयक्तिक रूपमा पनि समाधानको पहल विद्यालयका तर्फबाट हुन्छ। यी सबै प्रयासको परिणामस्वरूप उत्कृष्ट उच्च माविहरूको लहरमा यो विद्यालय पर्दै आएको छ। एकीकृत शिक्षाको अवधारणा अनुरूप तल्लो तहदेखि विश्वविद्यालय शिक्षाका कार्यक्रमसमेत सञ्चालन गररिहेको युनाइटेड एकेडेमी शिक्षाको धर्म, मर्म र उद्देश्य अनुरूप अघि बढिरहेको संयोजक वसन्त नेपाली बताउँछन्।
६. पहिचानमा विशिष्ट
नेसनल स्कुल अफ साइन्सेज -निस्ट), लैनचौर, काठमाडौँ
चिकित्सा र इन्जिनियरङि्का क्षेत्रमा हुने प्रवेश परीक्षा वा छात्रवृत्ति छनोटका लागि हुने प्रतिस्पर्धामा धेरै विद्यार्थी यहीँबाट पर्ने गरेका छन्। शिक्षक र विद्यार्थीबीचको अन्तरक्रिया र सम्बन्धलाई सहज बनाउन व्यवस्थापनको निरन्तर प्रयास रहन्छ। विद्यार्थीको प्रगतिप्रति अभिभावकलाई पनि उत्तिकै जिम्मेवार बनाउनुपर्ने भएकाले विद्यालय-अभिभावकको निरन्तर सम्पर्क र सम्बन्धमा जोड दिने गरेको सहप्राचार्य शर्मा बताउँछिन्।
विज्ञान संकायमा विशिष्ट पहिचान राखेको यस विद्यालयले केही वर्षयता व्यवस्थापनसमेत पढाउन थालेको छ। विज्ञानका अतिरत्तिm गणित विषय लिएर प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेका र प्रवेश परीक्षाबाट छानिएका विद्यार्थी मात्रै भर्ना गर्छ। ७५ वटै जिल्लाका विद्यार्थी भेला हुने निस्टमा विद्यार्थीको अन्तरसांस्कृतिक सम्बन्ध र भौगोलिक विविधताको रमाइलो दृश्यसमेत देख्न सकिन्छ। आधुनिक विज्ञान प्रयोगशाला र सुविधासम्पन्न पुस्तकालय यस विद्यालयका अन्य आकर्षण हुन्। "विद्यार्थीबीच प्रतिस्पर्धात्मक वातावरण बताउन र सिर्जनात्मक क्षमता प्रवर्द्धन गर्नमै हाम्रो ध्यान केन्दि्रत हुन्छ," सहप्राचार्य शर्मा भन्छिन्, "गुणस्तरमा हामी सम्झौता गर्दैनौँ।"
७. पश्चिमको परिचय
सगरमाथा उच्च मावि, पोखरा
भव्य महल, ठूला बोर्डमा विज्ञापन र अन्य तडकभडक छैन। बाहिरबाट हेर्दा छरपस्ट टिनका टहराझैँ देखिन्छ, विद्यालय भवन। तर, भित्र पसेपछि फरक वातावरण पाइन्छ। प्रयोगशाला, पुस्तकालय र अरू पूर्वाधार पनि कमी हुन दिएको छैन, व्यवस्थापनले।
जतिबेला उच्च मावि खोल्ने लहर देशव्यापी बन्दै थियो, त्यतिबेलै यो विद्यालय खुलेको थियो। सुरुकै वर्ष यसले ७४ प्रतिशत विद्यार्थी उत्तीर्ण गरायो। त्यो पनि सबै प्रथम श्रेणीमा। केही त विशिष्ट श्रेणीमा पनि परेका थिए। त्यसयता सगरमाथाले कहिल्यै पछाडि फर्केर हेर्नुपरेको छैन। राम्रो अंक ल्याएर अधिकांश विद्यार्थी उत्तीर्ण हुन थालेपछि यो उच्च मावि पोखरा आसपासका एसएलसी पास गरेका विद्यार्थीको केन्द्र नै बन्न थालेको छ। सामूहिक भावनालाई नै विद्यालयको सफलताको मुख्य कडी मान्छन् प्राचार्य गणेशबहादुर थापा। भन्छन्, "अनुशासन र नैतिक शिक्षामा पनि जोड दिने पक्ष सफलताको अर्को मुख्य पाटो हो, जो कडाइका साथ पालना गराइन्छ।"
८.आत्मविश्वासमा अगाडि
कलेज अफ बिजनेस एन्ड सोसल स्टडिज उच्च मावि -कोबास), विराटनगर, मोरङ
साढे ११ कट्ठा जग्गा लामो समयका लागि भाडामा लिएर आफ्नै चारवटा भवन बनाएको कोबासमा नयाँ शिक्षक भर्नाका लागि विषयगत विभाग प्रमुखलाई पूर्ण अधिकार दिइएको छ। कोइरालाका अनुसार पारविारकि वातावरणजस्तै शिक्षक र विद्यार्थीबीच खुलेर छलफल गरिन्छ। विद्यार्थीलाई सम्बन्धित विषयबारे निर्धक्कसँग बुझ्न पाउने अवसर प्रदान गरिन्छ। नियमितबाहेक अतिरत्तिm कक्षा नि:शुल्क रूपमा सञ्चालन गरिन्छ। 'स्मार्ट कक्षा' पनि सञ्चालन हुँदै आएको छ, जस अनुसार ४० जना विद्यार्थीलाई एकसाथ राखेर कम्प्युटर प्रविधिबाट अध्यापन गराइन्छ। त्यसैले कोबासमा प्रवेश गर्ने विद्यार्थीले पढाइप्रति सधैँ उत्तिकै उत्साह र जाँगर देखाउने गरेको कोइरालाको भनाइ छ।
९. भव्य संरचना, उत्कृष्ट नतिजा
लिटिल एन्जल्स उच्च मावि, हात्तीवन, ललितपुर
यहाँ उपत्यकाभित्र र बाहिरका विद्यार्थीको आधा-आधा हिस्सा छ। लिटिल एन्जल्समै एसएलसी गरेका ४० प्रतिशत र अन्य विद्यालयका ६० प्रतिशत विद्यार्थी प्लस टु पढ्न यहाँ आइपुग्छन्। यहीँबाट हरेक वर्ष करबि छ सय विद्यार्थीले एसएलसी उत्तीर्ण गर्छन्। प्ल टु सकेपछि एक चौथाइ विद्यार्थी विदेश पढ्न जाने गरेको अनुभव विद्यालय प्रशासनको छ। केही वर्षअघि यो प्रवृत्ति अझ बढी थियो। प्राचार्य कर्ण थापाको विश्लेषणमा अहिले मुलुकभित्र चिकित्सा, इन्जिनियरङि्, व्यवसायको क्षेत्रमा अध्ययन र कामको अवसर बढेकाले स्वदेशमै रहने उच्च माध्यमिक शिक्षाबाट दीक्षित समूहको आकार बढेको छ।
१०. व्यवस्थापनमा उम्दा
ग्लोबल कलेज अफ म्यानेजमेन्ट उच्च मावि, मध्यबानेश्वर, काठमाडौँ
कलेजका प्राचार्य नरबहादुर विष्टका अनुसार शिक्षक र विद्यार्थीको सहकार्यमा पढाइ गर्ने पद्धति नै गुणस्तरीय नतिजाको पहिलो सर्त हो। १५ हजारभन्दा बढी पुस्तकहरू रहेको पुस्तकालय, इन्टरनेट र कम्प्युटरको पर्याप्त सुविधा विद्यालयमा रहेको विष्टको भनाइ छ। साथै, हरेक दिन राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका पत्रपत्रिका, म्यागेजिन र जर्नलहरू उपलब्ध गराएर कलेजले विद्यार्थीलाई समसामयिक विश्व बजारमा आएका ज्ञान र सूचनासम्म पहुँच दिलाउने गरेको छ। अभिभावकसँगको निरन्तरको अन्तरक्रिया, हरेक वर्ष हुने छवटा आन्तरकि परीक्षा र प्रत्येक विद्यार्थीलाई वैयक्तिक परामर्शका लागि चार जना मनोविज्ञहरूको समूहका कारण उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको प्राचार्य विष्ट बताउँछन्। भन्छन्, "व्यवसाय र व्यवस्थापनका क्षेत्रमा प्रतिस्पर्धी जनशक्ति तयार गर्नुपर्ने राष्ट्रिय आवश्यकतालाई थोरै भए पनि हामीले पूरा गर्न सकेका छौँ।"
११. काठमाडौँ डनबस्को उच्च मावि
नयाँबानेश्वर, काठमाडौँ
मानविकी, विज्ञान र व्यवस्थापन तीन संकाय गरी डनबस्कोबाट गत वर्ष १२ कक्षामा ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए।
१२.रिलायन्स इन्टरनेसनल एकेडेमी
चाबहिल, काठमाडौँ

१३. जेभियर इन्टरनेसनल उच्च मावि
कालोपुल, काठमाडौँ

सिट : मानविकी ४०, विज्ञान ४००, व्यवस्थापन ३२०
मासिक शुल्क : मानविकी २,०००, विज्ञान २,५००, व्यवस्थापन २,०००
१४. जेभिएर एकेडेमी उच्च मावि
लाजिम्पाट, काठमाडौँ

सिट : विज्ञान १२०, व्यवस्थापन १४०
मासिक शुल्क : विज्ञान ४,०००, व्यवस्थापन ३,३००
१५. अर्किड साइन्स उच्च मावि
भरतपुर, चितवन

सिट : विज्ञान ३००, व्यवस्थापन ९०
मासिक शुल्क : विज्ञान १,७७५, व्यवस्थापन १,५००
१६. ख्वप उच्च मावि
डेकोचा, भक्तपुर

सिट : मानविकी १००, विज्ञान ३८४, व्यवस्थापन ४५०
मासिक शुल्क : मानविकी/व्यवस्थापन ६५०, विज्ञान १,१५०
१७. सगरमाथा मल्टिपल कलेज
डिल्लीबजार, काठमाडौँ

सिट : मानविकी ४०, विज्ञान १६०, व्यवस्थापन २००
मासिक शुल्क : मानविकी/व्यवस्थापन १,५००, विज्ञान २,१००
१८. काठमाडौँ बर्नहार्ट उच्च मावि
बल्खु, काठमाडौँ

सिट : विज्ञान ३५०, व्यवस्थापन २००
मासिक शुल्क : विज्ञान २,५००, व्यवस्थापन २,०००
१९. मोडल उच्च मावि
जनकपुर, धनुषा

सिट : विज्ञान ४००, व्यवस्थापन २५०
मासिक शुल्क : विज्ञान १,५००, व्यवस्थापन १,०००
२०. हिमालयन ह्वाइट हाउस उच्च मावि
नयाँबानेश्वर, काठमाडौँ

सिट : विज्ञान ४००, व्यवस्थापन २५०
मासिक शुल्क : विज्ञान ३,०००, व्यवस्थापन २,०००
२१. भीएस निकेतन उच्च मावि
मीनभवन, काठमाडौँ

सिट : विज्ञान २८०, व्यवस्थापन २४०
मासिक शुल्क : विज्ञान २,३००, व्यवस्थापन १,७५०
२२. क्यास्पियन भ्याली उच्च मावि
कुमारीपाटी, ललितपुर

छ । यस विद्यालयमा १ सय २५ विद्यार्थी क्षमताको छात्राबाससमेत रहेको छ। जसमध्ये छात्राका लागि २५ जनासम्मलाई आवास सुविधा दिन सकिने प्राचार्य तीर्थ पोखरेल बताउँछन्।
सिट : मानविकी ४०, विज्ञान ४८०, व्यवस्थापन ३२०
मासिक शुल्क : मानविकी/व्यवस्थापन २,१७५, विज्ञान २,९७५
२३. निक उच्च मावि
डिल्लीबजार, काठमाडौँ

सिट : मानविकी ५०, विज्ञान २५०, व्यवस्थापन ४५०
मासिक शुल्क : मानविकी १,२००, विज्ञान २,१००, व्यवस्थापन १,५००
२४. अमरसिंह उच्च मावि
पोखरा, कास्की

सिट : विज्ञान/व्यवस्थापन १२५, मानविकी/शिक्षा ३०
मासिक शुल्क : विज्ञान १,७००, व्यवस्थापन/मानविकी/शिक्षा ७००
२५. पिनाकल उच्च मावि
थसिखेल, ललितपुर

सिट : मानविकी ५०, विज्ञान ३५०, व्यवस्थापन २००
मासिक शुल्क : मानविकी १,२००, विज्ञान १,९००, व्यवस्थापन १,४००
रामबहादुर रावल
नेपाल