गुगलले ल्यायो, फेसबुक किलर गुगलप्लस Google+

हिजो देखि केही व्यक्तिहरुलाई गुगल ले ‘टेस्टिङ’ गर्न को लागि गुगल प्लस दिएको छ । अन्य का हकमा भने, गुगल प्लस को “एकाउन्ट” बिस्तारै पछि दिइने कुरा गुगल ले जनाएको छ । गुगल प्लस को आगमन सँगै गुगल ले आफ्ना सबै पेजहरुको ‘नेभिगेसन’ बारको रङ्गलाई पनि परिवर्तन गरेको छ । अब गुगल का सबैपेज को माथि ‘कालो रङ्’ को नेभिगेसन बार देखिने छ ।
सर्च जायन्ट गुगल ले, ‘सोसल नेटवर्क’मा एकपटक आफ्नो भाग्य फेरि परिक्षण गर्दैछ । गोप्य राखिएको प्रोजेक्ट ‘गुगल प्लस’लाई हिजो गुगल ले सार्वजनिक गरेको छ ।

बज, वेभ आदि को असफलताबाट पाठ सिक्दै गुगल ले फेरि एकपटक ‘सोसल नेटवर्क’ मा आफ्नो अस्तित्व खोज्दैछ । अनि यसपटक, गुगल, ‘गुगल प्लस’ मार्फत ‘सोसल नेटवर्क’ मा आफ्नो उपस्थिति जनाउन खोज्दैछ ।


गुगल प्लस को सुरुवाती ‘रिभ्यु’ सबैतिर बाट राम्रो आएको छ । क्लिन डिजाइन मा आएको गुगल प्लसलाई ‘टेक पण्डित’हरुले ‘फेसबुक किलर’ को संज्ञा दिएका छन् । गुगल को सामाजिक हुने प्रयत्नलाई, फेसबुक चलाउँदा चलाउँदा दिक्क भएका प्राय सबै प्रयोगकर्ता ले स्वागत गरेकाछन् । गुगल प्लस कस्तो छ ? उत्तर सिम्पल छ, ‘फेसबुक’ जस्तो हो, तर फेसबुक भन्दा धेरै फरक छ !

के छ गुगल प्लसमा ?

सर्कल : गुगल प्लसमा, तपाई आफ्नो साथीभाइ, परिवार, अफिसका साथिहरु आदि जस्ता विभिन्न सर्कलहरु बनाउन सक्नुहुन्छ । अनि तपाई आफ्नो स्टाटस कसले देख्न सक्छ र कसले देख्न सक्दैन भनेर, ‘डिफाइन’ गर्न सक्नुहुन्छ । यसलाई फेसबुक मा भएको ‘सेक्रेट’ ग्रुप सँग दाँज्न सकिन्छ । सबै कुरा सबैको लागि उपयुक्त नहुन सक्छ । अफिस को बारेमा गरेको कुरा, अफिसका साथिहरुबाट लुकाउन सक्नुहुन्छ ।

ह्याङआउट : ‘ह्याङआउट’लाई गुगलप्लस को ‘किलर फिचर’ भनिएको छ । ह्याङआउटमा भिडियो च्याट को सुविधा छ । ह्याङआउटमा रहेको बटन मा क्लिक गरेपछि आफूलाई कुरा गर्न मन लागेको सर्कलसँग भिडियो च्याट गर्न सकिन्छ । यो सुविधाबाट फेसबुकलाई भन्दा स्काइपलाई असर पर्न सक्छ ।

इन्सटान्ट अपलोड : तपाई को जुनसुकै पल को फोटो र भिडियो तत्काल मोबाइलबाट आफ्नो एकाउन्टमा अपलोड गर्न सक्नुहुन्छ ।

स्पार्क : आफूलाई मन लागेको टपिकहरु मा कुराकानी गर्न सक्नुहुन्छ, आफ्ना सर्कलहरु सँग सेयर गर्न सक्नुहुन्छ ।

हडल : हडल भनेको चाँहि ग्रुप च्याट को सुविधा हो, त्यो पनि मोबाइल बाट । एन्ड्रोइड, आइफोन, तथा एसएमएस मार्फत आफ्ना साथीहरु सँग एउटै पेजमा कुरा गर्न सकिन्छ । कसैलाई मुभि हेर्न जानुछ भने, उसले उक्त पेजमा फिलिम हेर्न जाउँ भन्न सक्छ, अनि उसका सर्कलमा भएकाहरुले उसको कुराकानी मा सहभागी हुनसक्छन् ।

Aakar Post