रुपन्देहीको बजेटका योजना: जिल्लाको मुहार फेरिने

रुपन्देही क्षेत्र नं. ४ का सभासद एवं रक्षामन्त्री विष्णु पौडेलले रुपन्देहीको समग्र विकासका लागि करौडौं बजेटको योजना पार्नु भएको छ । एमाले सचिव समेत रहेका पौडेलले जिल्लाको विकासका लागि गरेको पहल सार्थक भए जिल्लाको मुहार फेरिने छ । पार्टी जिल्लादेखि केन्द्रसम्म राम्रो पकड बनाएका पौडेलले सरकारमा गएपछि होस् वा बाहिर रहँदा गृह जिल्लालाई उल्लेख्य बजेट छुट्याउन निरन...्तर पहल गर्नु भएको थियो । सोही पहल अनुसार चालु आ.व.को बजेटमा रुपन्देहीमा ठूलो बजेट छुट्टएिको हो । उहाँकै पहलमा सिंगो लुम्बिनी अञ्चलमा चालिस वटा पुल निर्माणका लागि समेत बजेट छुट्टएिको छ । रुपन्देहीमा बजेटले निर्दिष्ट गरेका केही मुख्य योजनाहरु
१) बुटवल - बेलहीया २४ किलो मिटर सडकलाई ६ लेनमा विस्तार गर्न ठेक्का ब्यवस्थापन गरी निर्माणकार्य शुरु गर्ने ।
२) नेपाल - भारत वीच विद्युत ब्यापार प्रयोजनको लागि ४०० के. भि. क्षमताको बुटवल - सुनौली - गोरखपुर प्रशारणलाइनको निर्माण गर्ने ।
३) बुटवल - कोहलपुर १३२ के. भि. प्रशारण लाईन निर्माण गर्ने ।
४) कालिगण्डकी - तिनाउ डार्इभर्सन आयोजनाको संभाब्यता अध्ययनकार्य शुरु गर्ने र विस्तृत परियोजना प्रस्ताव तयार गर्ने ।
५) बुटवल - भैरहवामा एकीकृत फोहोरमैला ब्यवस्थापन केन्द्रको निर्माण गर्ने ।

६) लुम्बिनी क्षेत्रमा भौतिक पूर्वाधार र पर्यटन सेवाको विकास गर्ने ।
७) भैरहवा स्थित गौतमबुद्ध विमानस्थललाई क्षेत्रीय स्तरको अन्तर्राष्ट्रिय विमानस्थलमा विकास गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने ।
८) लुम्बिनी क्षेत्रको समग्र विकसलाई टेवा पुर्‍याउन बुटवलमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक सभाहल (सम्मेलन केन्द्र) निर्माण तथा परिसर सुधार गर्ने । यो कार्य आरम्भ गर्न रु. १ करोड २० लाख विनियोजन भएको छ ।
९) विद्युत कटौतीको कारण उद्योगहरुलाई परेको समस्या समाधान गर्न बुटवल, भैरहवा क्षेत्रमा अलग्गै विद्युतीय फिडर स्थापना गर्ने ।
१०) बुटवलमा त्रिभूवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा मेडिकल कलेज स्थापना गर्ने ।
११) बुटवलमा शहरी वातावरणमा सुधार ल्याउन एकीकृत शहरी वातावरण सुधार आयोजना शुरु गर्ने ।
१२) लुम्बिनी गुरुयोजना अनुरुपको कार्य आगामी ३ बर्षभित्र सम्पन्न गर्ने ।
१३) तिनाउ-दानव नदी नियन्त्रणका लागि तटबन्ध निर्माण कार्यलाई प्रभावकारी ढंगले अघि बढाउने । बहुबर्षिय योजनाका रुपमा संचालित यस कार्यक्रमका लागि रु. ६ करोड ४५ लाख विनियोजन भएको छ ।
१४) पर्रोहा (मुर्गिया) - लुम्विनी सडक विस्तृत सर्वेक्षणकार्य सम्पन्न गरी डबललेन मोटर सडक निर्माण कार्य प्रारम्भ गर्ने ।
१५) वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले बुटवलका सबै वडाहरुमा सौर्य सडक वत्तिका निमित्त निर्माणकार्य अघि बढाउने । यस प्रयोजनको लागि प्रारम्भिक अध्ययन सम्पन्न भैसकेको छ ।
१६) बुटवलमा ल्याण्डफिल्ड साइट निर्माणकार्य प्रारम्भ गरिने । यस प्रयोजनको लागि हलै मन्त्री परिषदद्धारा जमिनको उपलब्ध गराउने निर्णय भएको छ ।
१७) मोतिपुर खानेपानी अयोजनाको निर्माणकार्य अघि बढाउने । बजेट रु. ५० लाख ।
१८) सैनामैना खानेपानी आयोजना निर्माणकार्य अघि बढाउने । बजेट रु. ३० लाख ।
१९) तामनगर राजपुर खानेपानी आयोजना निर्माणकार्य अघि बढाउने । बजेट रु. १० लाख ।
२०) फुलवारी खानेपानी आयोजना, बुटवल । बजेट रु. १ लाख ।
२१) बुटवल - ४ फूलावारी, बुटवल - १३ प्रगतिनगर र बुटवल - १५ बंदेलपोखरीमा खानेपानी आयोजना संचालन गर्न सवेक्षण गर्ने र २ बर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने । सर्वेक्षणका लागि बजेट रु. ३ लाख ।
२२) मुर्गिया ढल निर्माण आयोजना संचालन गर्ने । बजेट रु. १२ लाख ।
२३) पर्रोहा - ५ कालिका चोकबाट कचल जाने मोटरबाटो निर्माण गर्ने । बजेट रु. ७ लाख
२४) बोलबम धाम - पर्रोहा सडक निर्माण गर्ने । बजेट रु. ७ लाख ।
२५) बुटवल योगीकुटीबाट पुरानो बसपार्क जोड्ने सडक पुनःनिर्माण गर्ने । बजेट रु. १० लाख ।
२६) वहुमुखी क्याम्पसबाट शिवनगर सम्म सडक निर्माण गर्ने । बजेट रु. १० लाख ।
२७) राजमार्ग चौराह बाट हस्पिटल चोक हुँदै गोलपार्क र तिनाउ पुल सम्मको सडक पुनःनिर्माण गरी ६ लेनको बनाउने । बजेट रु. ८० लाख ।
२८) बेलवास - बेथरी सडकको बाँकी खण्ड कालोपत्र गर्ने । बजेट रु. १० लाख ।
२९) बुटवल - १४/१५ मा रिङरोड निर्माण गर्ने । बजेट रु. १० लाख ।
३०) बेलवास - मोतिपुर जोडनेगरी दानव नदीमा पुल निर्माणकार्य अघि बढाउने । बजेट रु. ८० लाख ।
३१) मोतिपुर - मणिग्राम जोड्ने गरी तिनाउ नदीमा पुल निर्माणकार्य आरम्भ गर्ने । बजेट रु. ५० लाख ।
३२) अमवा - टिकुलीगढ जोड्नेगरी तिनाउ नदीमा पुल निर्माणकार्य आरम्भ गर्ने । बजेट रु. ५० लाख ।
३३) पर्रोहाबाट लुम्बिनी जाने बाटोको इन्गुरिया नदीमा पुल निर्माणकार्य आरम्भ गर्ने । बजेट रु. ४० लाख ।
३४) नयाँगाउँ बाट दुर्गापुर जोड्नेगरी दानव नदीमा पुल निर्माणकार्य आरम्भ गर्ने । बजेट रु. ३० लाख ।
३५) तिनाउ नदीमा -बुटवल - १ र ५ जोड्नेगरी बेलिब्रिज निर्माणकार्य आरम्भ गर्ने । बजेट रु. ३० लाख ।
३६) बुटवलमा शहरी कोरिडोर (तिनाउ-दानव कोरिडोर) निर्माण गर्ने । (बुटवल, लुम्बिनी, सिद्धार्थनगर र कपिलवस्तुलाई समेत गरी बजेट रु. २ करोड)
३७) बुटवलमा इको सिटि सम्बन्धी कार्यक्रम संचालन गर्ने । बजेट रु. ८ लाख ।
३८) नुवाकोट गढि संरक्षण र शान्तिवाटिका पर्यटकीय पार्क निर्माण गर्ने । बजेट रु. ५ लाख
३९) बुटवल मणिमुकुन्द शेन पार्क र फूलवारी क्षेत्रमा पर्यटीकय पूर्वाधार विकास गर्ने । बजेट रु. १८ लाख ।
४०) बुटवल जीतगढीको विस्तृत अध्ययन, मर्मत संभार र संरक्षण गर्ने । बजेट रु. ६ लाख ५० हजार ।
४१) सैनामैना क्षेत्रमा पर्यटकीय पूर्वाधार विकास गर्ने । बजेट रु. ७ लाख ।
४२) बुटवलमा भ्यू टावर निर्माण गर्ने । बजेट रु. ६ लाख ।
४३) काश्यप बाटिमा हिलपार्क क्षेत्र, बुटवलमा तारबार गर्ने । बजेट रु. २ लाख ।
४४) चारतपाह सिंचाई आयोजना निर्माणकार्य सम्पन्न गर्ने । बजेट रु. १ करोड ४० लाख ।
४५) मोतिपुर खडवा सिंचाई आयोजना सम्पन्न गर्ने । बजेट रु. ३३ लाख ।
४६) पर्रोहा - सेमलारको ४०० हेक्टर जमिनमा डिप ट्यूवेल निर्माण गर्ने । बजेट रु. २ करोड ।
४७) तामनगर-सोइला-राजपुर सिंचाई आयोजना, बनकट्टा-भाटा-ब्रम्हडाँडा सिंचाई आयोजना र पर्साल लिफ्ट सिंचाई आयोजनाहरुको कार्यान्वयन प्रकृया प्राथमिकताको आधारमा अघि बढाउने ।
४८) पर्रोहामा घमाहा लामीरह बाँध र बनकट्टा दानव सिंचाई आयोजनाहरुको कार्यान्वयन प्रकृया प्राथमिकताको आधारमा अघि बढाउने ।
४९) लुम्बिनी अञ्चल अस्पताल । बजेट रु. २ करोड ३६ लाख ८९ हजार ।
५०) जीवराज आश्रति स्मृती प्रष्ठिानका लागि गत आर्थिक बर्ष रु. ५० लाख विनियोजन भएको थियो । यस बर्ष जीवराज आश्रतिको स्मृतिमा रचनात्मक कार्यक्रम संचालन गर्ने । बजेट रु. २ लाख ।
५१) बुटवलमा वाईपास सडकको संभाब्यता अध्ययन गर्ने । बुटवलको चौराहाबाट नहरपुर हुँदै नयाँगाउँ सम्म वाईपास सडक निर्माण कार्य आरम्भ गर्ने ।
५२) सिद्धबाबा सुरुङमार्ग (बुटवल - पाल्पा) संभाब्यता अध्ययन र कार्यआरम्भ गर्ने । बजेट रु. ९ लाख ।
५३) मुर्गिया, सिसौडाँडा, रन्यौरा सडक निर्माण गर्ने । बजेट रु. ९ लाख ।
५४) बुटवलबाट नुवाकोट हुँदै झुम्सा जाने शान्ति मार्ग निर्माणकार्य अघि बढाउने ।
५५) शुत्रमार्ग, बुटवल कालोपत्रे गर्ने ।
५६) बुटवल - १५ सिद्धार्थपथ कालापत्रे गर्ने ।
५७) पर्रोहा गाविसमा चक्रपथको संभाब्यता अध्ययन गरी निर्माणकार्य आरम्भ गर्ने ।
५८) पर्रोहा गाविसको वडा नं. १ मा पशुसेवा केन्द्र भवन निर्माण गर्ने ।
५९) मोतिपुर मावि र अम्मर मावि, मोतिपुरको भवन निर्माणकार्य अघि बढाउने ।