अँध्यारो महादेशमा उज्यालो अवसर

तीन लाखभन्दा बढी जनताको संहारक अपि|mकाको हिटलर भनिने तानाशाह इदी अमिनको नाम उच्चारण गर्दासमेत केही वर्षअघिसम्म धेरै नेपालीको आङ सिरंिग हुन्थ्यो । तर, अहिले रोजगारीका लागि नेपालीहरू धमाधम त्यही तानाशाहको मुलुक युगान्डा पुगिरहेका छन् ।

एचआईभी/एडसको उद्गम थलोका रूपमा चिनिन्छन् नाइजेरयिा, लाइबेरयिालगायतका पश्चिमी अपि|mकी मुलुकहरू । विश्वका कुल एचआईभी/एड्स संक्रमितहरूमध्ये ८८ प्रतिशत अपि|कामै छन् । सबसहारा क्षेत्रको कहालीलाग्दो भोकमरी र जातीय द्वन्द्वका भयानक दृश्य हरेक दिनजसो टेलिभिजनको पर्दामा हैर्दै आएका नेपालीहरूका मन-मस्ितष्कमा अपि|mका भन्नेबित्तिकै गरबिी र हिंसाको चित्र बनेको थियो। यस्तो भयावह अपि|mकाको कहालीलाग्दो गरबिी र विपन्नताको विगतको परचियले नेपालीलाई खासै फरक परेको छैन । मानौँ, उनीहरू पनि यस्ता समस्यासँग वर्षौंदेखि अवगत छन् । त्यसैले होला, युरोप, अमेरकिा र खाडी मुलुकमा रोजगारीका लागि जाने नेपालीहरूको प्राथमिकतामा पर्न थालेका छन्,अफ्रिकी महादेशका मुलुकहरू।

संयुक्त राष्ट्रसंघद्वारा भर्खरै प्रकाशित एक रपिोर्टमा महासचिव ब्ाान कि मुनले समेत दस वर्षअघिसम्म 'होपलेस कन्टिनेन्ट' अर्थात् निराश महादेश भनेर चिनिने अपि|mकाले 'कन्टिनेन्ट अफ होप' अर्थात् आशलाग्दो महादेशको नयाँ परचिय पाएको उल्लेख गरेका छन् । सुडानमा भर्खरै सम्पन्न शान्तिपूर्ण जनमत-संग्रह, दक्षिण अपि|mकामा गत वर्ष भव्य रूपमा आयोजित विश्वकप फुटबल, केन्या र नाइजेरयिामा नयाँ संविधान जारी एवं इजिप्ट र ट्युनिसियामा भएको शान्तिपूर्ण परविर्तनले पनि अपि|mकाप्रति शताब्दीयौँदेखि बाँकी विश्वले राख्ने गरेको हेयपूर्ण दृष्टिकोणमा पूरै परविर्तन ल्याइदिएको छ । परण्िाामतः अपि|mकी महादेश निराश र असफल नभई अवसर र सम्पन्नताको परचिायक बन्ने दिशामा अग्रसर हुँदै गएको छ ।


अपि|mकाको बदलिँदो विश्वराजनीतिक घटनाक्रम र पछिल्ला दिनमा बहुराष्ट्रिय कम्पनीहरूको अपि|mकी मुलुकहरूमा लागेको ओइरोका बारेमा नेपालीहरू पनि राम्रै गरी परििचत देखिन्छन् । त्यसैले होला, अपि|mकी मुलुकहरूमा बढ्दो लगानी र त्यसले सिर्जना गरेको रोजगारीको अवसर छोप्न नेपालका वैदेशिक रोजगार कम्पनी र व्यक्तिगत रूपमै पनि पहल सुरु भइसकेका छन्, जसका कारण पछिल्ला दिनमा अन्जान र अनकन्टार मुलुक अपि|mकामा नेपालीको उपस्िथति क्रमशः बाक्लिँदैछ ।


गैरआवासीय नेपाली संघ -एनआरएन)की अपि|mका संयोजक रञ्जना उदास पनि अपि|mकी मुलुकहरूमा नेपालीको बढ्दो प्रवेशलाई सकारात्मक ढंगले लिन्छिन् । उनका भनाइमा इमानदार र मिजासिलो छविका कारण पनि नेपालीहरूको माग बढिरहेको छ । गोरा जातिको शताब्दीयौँको हैकमबाट आजित अपि|mकीहरूले वर्णका हिसाबले पनि नेपालीहरुलाई सहज रूपमा लिने गरेका छन् । भारतीय कम्पनी र तिनका एजेन्टले पनि भाषाका कारण नेपालीलाई नै प्राथमिकता दिन्छन्, जसले गर्दा युरोप र अमेरकिामा जस्तो पराई बन्नुपर्ने अवस्था छैन । तलब र सुविधामा पनि खासै विभेद छैन ।


परविर्तित परििस्थतिमा अपि|mका लगानीका लागि 'भर्जिन ल्यान्ड' मानिन्छ । त्यहाँ अमेरकिा, चीन, भारतलगायतका मुलुकहरूका सयौँ कम्पनीले विभिन्न क्षेत्रमा आफ्नो सेवा र व्यापार विस्तार गररिहेका छन् । चीनका मात्रै करबि आठ सय कम्पनी अपि|mकाभर सञ्चालित छन् । वैदेशिक लगानी र त्यसले रोजगारीका अवसरहरू सिर्जना गरेको हुँदा अपि|mकी मुलुकहरूको राजनीति पनि क्रमशः संग्लिँदै गएको छ । दशकौँको द्वन्द्वमा पिल्सिएका सुडान, नाइजेरयिा, युगान्डा, इथोपियाजस्ता मुलुकहरूले अविश्वसनीय आर्थिक वृद्धि हासिल गररिहेका छन् । सडक, पुल, विमानस्थल, अस्पताल, विद्यालय, कलेज, होटल आदिको निर्माण तीव्र गतिमा भइरहेका छन् । यस्ता निर्माणले स्थानीय जनतालाई रोजगारी सिर्जना गर्नुका साथै विदेशी कामदारको माग पनि ह्वात्तै बढाएको छ । अर्धदक्ष र दक्ष कामदारहरूमा चिनियाँ, भारतीयकै बोलवाला  छ । भारतीयहरूको अपि|mका महादेशसँगको सम्पर्क त शताब्दी पुरानो मानिन्छ, जसका कारण रेस्टुराँ, होटल सञ्चालन गर्नेदेखि ठूलाठूला निर्माणकार्यमा भारतीयहरूको संलग्नता छ । भारतीयहरूको सहज आवतजावत र अपि|mकी सम्बन्धबाट नेपालीहरूले लाभान्वित हुने मौका पाएका हुन् ।


डाक्टरदेखि कुकसम्म

सुधारोन्मुख अर्थव्यवस्था र त्यसले आकषिर्त गरेको वैदेशिक लगानीका कारण नेपाली डाक्टर, पाइलट, इन्जिनियर, व्यवस्थापक, लेखापरीक्षक र कुकहरूका लागिसमेत अपि|mका अवसरको थलो बन्न पुगेको छ । अवकाशप्राप्त सुरक्षाकर्मीहरूले पनि गतिलो अवसर पाउने गरेका छन्, त्यहाँका बहुराष्ट्रिय कम्पनीहरूमा । गैरसरकारी संस्था, संयुक्त राष्ट्रसंघ र अमेरकिी नियोगमा पनि ठूलै संख्यामा नेपालीले रोजगारी पाएका छन् । कतिपय नेपाली भारतबाट सोझै पुगेका छन् भने केही नेपालका रोजगारदाता कम्पनीमार्फत भारतीय कम्पनी हुँदै । दक्ष र विभिन्न पेसामा भएका कारण उनीहरूको तलब र सुविधा पनि खाडीको तुलनामा निकै आकर्षक छ । अर्धदक्ष नेपालीले समेत मासिक कम्तीमा एक हजार डलरभन्दा बढी तलब पाइरहेका छन् ।


दक्षिण अपि|mकामा मात्र तीन सयको हाराहारीमा नेपाली डाक्टरहरू रहेको अनुमान छ । क्रूर तानाशाह इदी अमिनको मुलुक युगान्डामा चार सयभन्दा बढी नेपाली रहेको अनुमान छ । संख्या बढ्दै गएपछि नेपालीहरूले आफ्नो साझा संगठन बनाउने तयारी सुरु गरसिकेका छन् । नाइजेरयिामा पनि एक सयभन्दा बढी नेपाली छन् । यसका अतिरत्तिm दक्षिण अपि|mका, मोजाम्बिक, घाना, जाम्बिया, केन्या, इथोपिया, तान्जानिया र अन्य अपि|mकी मुलुकहरूमा पनि नेपालीहरूको उपस्िथति क्रमशः बढ्दो छ । लामो समयदेखि त्यहाँ बसोबास गररिहेकाहरूले त आफ्नै व्यवसाय पनि सुरु गरसिकेका छन् । तिनैमध्येका एक हुन्, अवतार गुरुङ । गैरआवासीय नेपाली संघ, दक्षिण अपि|mकाका अध्यक्षसमेत रहेका गुरुङको 'स्वागत' रेस्टुराँको त्यहाँ पुग्ने नेपाली सबैले चर्चा गर्छन् । कतिपय नेपालीका लागि रोजगारीको अवसरसमेत दिने गरेको छ, गुरुङको उक्त रेस्टुराँले ।


त्यसैगरी जिम्बाबे र जाम्बियाको सीमामा रहेको भिक्टोरयिा फलस्िथत भारतीय रेस्टुराँमा पनि थुप्रै नेपाली कार्यरत छन् । वरपिरबिाट दक्षिण अपि|mकाले घेरएिको सानो मुलुक लेसेथोमा करबि १० जना नेपाली परविारसहित बसोबास गर्छन् । त्यसबाहेक विश्व खाद्य कार्यक्रम, एक्सन एड, संयुक्त राष्ट्र संघलगायतका प्रतिष्ठित संस्थाका उच्च पदमा काम गर्ने नेपालीहरूको सूची पनि लामै छ । भर्खरै मात्र पूर्वप्रमुख निर्वाचन आयोगका आयुक्त भोजराज पोखरेलले सुडानको जनमत-संंग्रहमा संयुक्त राष्ट्रसंघको उच्चस्तरीय निर्वाचन पर्यवेक्षक टोलीको सदस्यका रूपमा तीन महिनाभन्दा बढी काम गरेका थिए ।


धेरै वर्षदेखि गृहयुद्धको मार खेपिरहेको लाइबेरयिामा पनि करबि एक दर्जन नेपाली पाइलटले विभिन्न कम्पनीका जहाज उडाइरहेका छन् । नेपालको श्री एयरलाइन्सले त आफ्ना तीनवटा जहाज नै लाइबेरयिा र पश्चिम सहारा पुर्‍याएको छ । ती जहाजसँगै छ सदस्यीय नेपाली उडान टोली त्यहीँ खटिएको छ । त्यस अतिरत्तिm नेपाल नागरकि उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोलर अधिकृत -एटीसी अफिसर)हरू पनि बिदा लिएर भए पनि सुडान र लाइबेरयिास्िथत राष्ट्रसंघीय मिसन अन्तर्गत काम गर्न जाने गरेका छन् ।


तलब र सुविधा आकर्षक भए पनि सुरक्षाका हिसाबले भने त्यहाँ पुग्ने नेपालीहरूले धेरै सचेत हुनु आवश्यक छ । विमानस्थलदेखि सुरु हुने लुटपाट होटलसम्म पनि जारी रहन्छ । बाटोमा एक्लै हिँड्नु अझै पनि कुनै पनि विदेशीका लागि खतराजस्तै हो ।


तर, बेखबर राज्य
सरकारले संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि विश्वका १ सय ८ मुलुकका लागि श्रमबजार खुला गरसिकेको छ । वैदेशिक रोजगारीका लागि अनुमति खुला भएको पछिल्लो मुलुक हो, जाम्बिया । विदेसिएका नेपालीहरूमध्ये ९० प्रतिशत मलेसिया, साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्समा छन् । अपि|mकी मुलुकहरूमा सरकारले रोजगारीमा जाने बाटो खुला गरे पनि कति नेपाली त्यहाँ पुगेका छन् भन्ने यकिन तथ्यांक सरकारसँगै छैन । जबकि भारत र बंगलादेशको बाटो हुँदै थुपै्र संख्यामा नेपालीहरू अपि|mकी मुलुक पुग्ने गरेको देखिन्छ ।


ती मुलुकहरूमा नेपालीहरूको बढ्दो गमनलाई नजरअन्दाज गर्दा भविष्यमा ठूलै दुर्घटना दोहोरनि सक्ने जोखिम पनि हुन सक्छ । मध्यअपि|mकी मुलुक लिबिया पुगेका नेपालीहरूले खेप्नुपरेको सास्ती त्यसैको परण्िाति थियो । सरकारी निकायहरूले त्यसतर्फ समयमै चनाखो हुन सके कुनै राजनीतिक र अन्य विपत्ति आइपरे पनि तत्काल उद्धार सुरु गर्न सहज हुने र नेपालमा परविारजन पनि ढुक्क हुने अवस्था निर्माण हुन सक्थ्यो । त्यसैगरी कुनै एक मुलुकमा नेपाली कामदारको संख्या उल्लेख्य रहेको पाए सरकारले त्यस मुलुकसँग श्रम सम्झौताका लागि पनि पहल गर्न सक्छ, जसले गर्दा नेपालीहरूले अन्य मुलुकका नागरकिसरह तलब र सुविधा पाउनुका साथै उनीहरूको जीउधन थप सुरक्षित बन्ने थियो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बटाजूका अनुसार सरकारले रोजगार प्रवर्द्धनका लागि केही गरेको छैन । बटाजू भन्छन्, "जति पहल भएको छ त्यो सबै व्यवसायीहरूका तर्फबाट भएको छ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले क्षतिपूर्ति र घाइतेको उपचार गराउँदैमा फुर्सद छैन ।"


अहिले नै अपि|mका जानेहरूको संख्या उल्लेख्य नभए पनि बजार विस्तारका लागि अपि|mका राम्रो गन्तव्य हुन सक्ने र सरकारले पनि आवश्यक परे पहल गर्नुपर्नेमा वैदेशिक रोजगार विभागका निर्देशक मनोहरप्रसाद खनाल पनि सहमत देखिन्छन् । सरकारी बेवास्ताका बाबजुद गैरआवासीय नेपाली संघको अनुमानमा अपि|mकामा रहेका नेपालीहरूको संख्या एक हजारभन्दा बढी छ । संघका पूर्वप्रवक्ता जुगल भूर्तेल भन्छन्, "नेपालीहरूको संख्या बढ्दै गएको छ भने सरकारले त्यस्ता मुलुकहरूसँग श्रम सम्झौता गर्न पहल गर्नुपर्‍यो ।" उनका अनुसार आज विदेसिनेहरू भोलि देशकै मानवपुँजी बन्नेछन् र उनीहरूले हासिल गरेको सीप र अनुभव भविष्यमा नेपालभित्रै उपयोगी हुनसक्छ । भूर्तेल भन्छन्, "देशभित्र बेरोजगार बस्नुभन्दा विदेशबाट रेमिट्यान्स र सीप भित्रिन्छ भने त्यसलाई राम्रै मान्नुपर्छ । त्यसलाई कसरी व्यवस्िथत बनाउने भन्ने मात्र हो ।"


'वास्तविकता बुझेर आउँदा सजिलो’


पाल्पाको रडिी बजारछेउको अर्गली गाउँका डा खिमानान्द शर्मा गैरे दक्षिण अपिकामा बस्दै आएका नेपालीहरूमध्ये सबैभन्दा पुराना र प्रतिष्ठित मानिन्छन् । भारतको मुम्बईस्िथत ग्रान्ट मेडिकल कलेजबाट सन् १९७४ मा एमबीबीएस अध्ययन पूरा गरेपछि त्यहीँबाट बालरोग र नाक, कान, घाँटी रोगमा विशेषज्ञता हासिल गरे । उनकी श्रीमतीले पनि नाक, कान, घाँटीमा एमएस पूरा गरनि् । विशेषज्ञता हासिल गरेपछि उनीहरू दुवै स्वदेश फर्किए, तर यहाँ उनीहरूले हासिल गरेको उच्च शिक्षाको कुनै कदर भएन, बरु कान्ति अस्पतालमा कनिष्ठ डाक्टरको भूमिका दिइयो । तलब पनि कम र आफूले हासिल गरेको ज्ञानको सदुपयोग हुने सम्भावना नदेखेर गैरे सन् १९८० मा दक्षिण अपि|mका पुगे । लगत्तै उनकी श्रीमती विमला पनि त्यतै लागिन् ।


जातीय रंगभेदको चरम पीडामा रहेको दक्षिण अपि|mकामा त्यसताका नेपाली पासपोर्ट मान्य थिएन । त्यसैले गैरे ट्रान्सकेई भन्ने ठाउँ पुगे । हाल ट्रान्सकेई दक्षिण अपि|mकाको इस्टर्न केप राज्यका रूपमा चिनिन्छ, जसलाई दक्षिण अपि|mका र इजरायलले मात्र छुट्टै देशको मान्यता दिएका थिए । त्यहाँ गैरेले आकर्षक तलबसँगै खाने बस्ने सुविधासमेत पाए । हाल उनी त्यही इस्टर्न केपस्िथत नेल्सन मण्डेला शिक्षण अस्पतालको बालस्वास्थ्यसेवाको प्रमुखका रूपमा कार्यरत छन् । उनकी श्रीमती वाल्टर सिसुलु विश्वविद्यालयअन्तर्गत स्वास्थ्य विज्ञान संकायमा एसोसियट प्रोफेसर र इएनटी विभागको प्रमुख छिन् । गैरे दम्पतीका तीन छोरामध्येका एक १३ वर्षदेखि स्थानीय अस्पतालमा कार्यरत छन् भने माइला व्यवस्थापन पढ्दैछन् । कान्छाचाहिँ केपटाउन विश्वविद्यालयमा एमबीबीएस गर्दैछन् ।


गैरे दम्पतीबाहेक पनि दक्षिण अपि|mकामा मात्र करबि तीन सय नेपाली डाक्टरहरू रहेको अनुमान छ । डाक्टर, इन्जिनियर, पाइलट र एकाउन्टेन्टजस्ता उच्च तहका दक्षहरूले राम्रो अवसर पाए पनि अदक्षहरूका लागि अपि|mकी मुलुक जोखिमपूर्ण नै रहेको गैरे बताउँछन् । भन्छन्, "कम्पनीको वास्तविकता बुझेर यहाँ आए धेरै सहज हुन्छ, अन्यथा एक छाक टार्न पनि कठिन छ ।" अपि|mकी मुलुकहरूमा बेरोजगारीको अवस्था विकराल रहेको हुँदा प्रशस्त जानकारी नराख्दा समस्या पर्ने गैरेको ठहर छ ।
डा खिमानान्द शर्मा गैरे




'सन्तुष्टि मिलेको छ’


हिक्मत थापा
पाँच वर्षदेखि नाइजेरयिाको राजधानी लागोसमा बस्दै आएका हिक्मत थापा हाल त्यहाँको प्रतिष्ठित औद्योगिक प्रतिष्ठान डाँगोटे इन्डस्िट्रज लिमिटेडको खाद्य विभागका महाप्रबन्धक हुन् । खाद्य प्रविधि विषय पढेका थापा पहिले नेपालका चाउचाउ उद्योगहरूमा कार्यरत थिए । पछि कामको सिलसिलामा भारत गएका बेला डाँगोटेको अवसर पाएर उनी नाइजेरयिा पुगेका हुन । डाँगोटेको उनीमातहतको कम्पनीले चिनी, मैदा, आटा, चाउचाउ, पास्ता, जुस, नुन र अन्य खाद्यवस्तुहरू उत्पादन गर्छ । त्यसका अतिरत्तिm डाँगोटे सिमेन्ट उत्पादनका लागि पनि नाइजेरयिामा अग्रणी मानिन्छ । कैलाली घर भएका थापाका अनुसार नाइजेरयिा पुगेका अधिकांश नेपालीहरू खाद्य विशेषज्ञ, इन्जिनियर र औद्योगिक प्राविधिक, चार्टर्ड एकाउन्टेन्ट, बजार व्यवस्थापक, सुरक्षाकर्मी र कुकका रूपमा छन् । अमेरकिा, युरोप र अन्य विकसित मुलुकको तुलनामा केही प्राविधिक ज्ञान हासिल गरेका दक्ष नेपालीहरूका लागि अपि|mका काम पाउन धेरै सजिलो छ । थापा भन्छन्, "यहाँ डिग्री र अनुभवका हिसाबले धेरैले काम पाएका छन्, जसले राम्रो आम्दानीसँगै सन्तुष्टि पनि दिएको छ ।"


'फुटबल हेरेर दुःख बिर्सिएँ’

रामहरि थापा

कामको सिलसिलामा छ वर्षअघि दक्षिण अपि|mका पुगेका अर्का नेपाली हुन्, रामहर िथापा, ४० । नुवाकोटका थापा दक्षिण अपि|mका जानुअघि नेपाल पुलिस क्लबसँग आबद्ध थिए । क्लबका तर्फबाट उनी विभिन्न फुटबल प्रतियोगिताहरूमा समेत सहभागी भएका थिए । देशभित्र भरपर्दो रोजगारीको अवसर नपाएपछि उनी अपि|mकी मुलुकतर्फ लागेका हुन् । सुरुका दिन निकै कष्टकर भए पनि हाल भारतीय रेस्टुराँमा हेड कुक रहेका उनी मासिक करबि एक लाख रुपियाँ कमाउँछन् तर देश छाडे पनि उनमा रहेको फुटबलप्रतिको मोह भने टुटेको छैन । त्यसैले दक्षिण अपि|mकामा गत वर्ष आयोजित विश्वकप फुटबल प्रतियोगिताका केही खेलहरू प्रत्यक्ष हेर्न उनी रंगशाला नै पुगे । थापा भन्छन्, "परदेशको दुःखले आजित भएको बेला विश्वकप प्रत्यक्ष हेर्दाको क्षण जीवनकै सबैभन्दा अविस्मरणीय क्षण बन्यो ।"


'सुरक्षाबाहेक सबै ठीक छ’

सुरेश सिंह

देशभित्रै दुई दशकभन्दा बढीको लेखा र वित्त प्रशासनको अनुभव बटुलेका सुरेश सिंह अहिले युगान्डाको राजधानी कम्पालास्िथत एउटा कम्पनीमा लेखापरीक्षक छन् । यसअघि खाडीसमेत पुगिसकेका सुरेशले हाल मासिक तलब एक हजार अमेरकिी डलर र दुई सय डलर खानाका लागि पाउने गरेका छन् । आफू कार्यरत कम्पनीमा मात्र २० जना नेपाली विभिन्न पदमा कार्यरत रहेको उनी बताउँछन् । सिंहले काम गर्ने कम्पनी विगत १२ वर्षदेखि बैँकिङ् र होटल व्यवसायसँग आबद्ध छ । नेपालीहरू आन्तरकि लेखापरीक्षक, प|mन्ट अफिस म्यानेजर, फुड एन्ड बेभरेज म्यानेजर, बजार व्यवस्थापक, शाखा व्यवस्थापक, सेफ र सुरक्षा कर्मीका रूपमा कार्यरत छन् । सिंह भन्छन्, "सेवा र सुविधा राम्रो भए पनि सुरक्षा अलि कमजोर छ ।"


भारतबाट युगान्डा
वीरबहादुर थापा

पुख्र्यौली घर दाङ भएका वीरबहादुर थापा सात वर्षदेखि युगान्डामा छन् । उनी भारतीय खानाका सेफका रूपमा स् पेक गु्रप कम्पनीमा काम गर्दै आएका छन् । रेस् टुराँहरूको यो समूह भारतीय परकिारका लागि परििचत मानिन्छ । उनले खाना सुविधासहित मासिक १ हजार ५ सय अमेरकिी डलर पाउँछन् । त्यसका अतिरत्तिm उनलाई प्रत्येक दुई वर्षमा एकपटक घर आउन-जान पनि कम्पनीले नै टिकट दिने गरेको छ । सानैदेखि भारतमा बस् दै आएका उनको परविार अझै नयाँदिल्लीमा रहेको छ । थापा भन्छन्, "यहाँ कामदारलाई कुनै विभेद छैन ।"
सुरेश राज न्यौपाने

नेपाल