हिउँदे जाडो अन्त्य हुँदै गर्दा तन्नेरी पुस्ता प्रणय दिवसमा रमाइरहेका छन्। सहरका चोकहरुमा गुलाब, पोस्टकार्ड र भ्यालेन्टाइनको तस्बिर छापिएका टीसर्टको बिक्री बढिरहेको छ। नगरकोट, धुलिखेल, गोदावारी र ककनी छेउछाउका होटलहरु बुकिङ भएका छन्। सुपरमार्केटहरुले सप्ताहव्यापी कार्यक्रम घोषणा गरेका छन्। सन्त भ्यालेन्टाइनलाई यति धेरै महत्व दिने नेपाली सहरिया समाजले पूर्वी संस्कृतिका अमर प्रेम प्रसंगलाई भने भुसुक्कै बिर्सेका छन्।
पूर्वी संस्कृतिले मानवीय जीवनका भौतिक र अभौतिक दुवै पक्षलाई समेटेको छ। यसमा निहित विज्ञान बुझे हाम्रो समाजशास्त्र, मानवशास्त्र, कला र साहित्यले लिनसक्ने कुरा धेरै छन्। प्रेम प्रसंगकै कुरा गर्ने हो भने राधा-कृष्णको प्रेम, भक्तिनी मीराको प्रेम, महादेव-सतीदेवीको प्रेम, राम-सीताको विवाहसँग जोडिएको प्रेम, नल-दमयन्तीको प्रेम प्रसंगहरुलाई लिन सकिन्छ। यीमध्ये राधा-कृष्णको प्रेमलाई अभूतपूर्व विम्ब मानेर कथा सुन्ने प्रचलन राज्यस्तरमा मान्यताप्राप्त छ भन्ने धेरैलाई थाहा नहुन सक्छ। वसन्त पञ्चमीमा (माघ शुक्ल पञ्चमी वा सरस्वती पूजा ) पहिले राजाबाट र आजभोलि राष्ट्रपतिबाट गरिने ...वसन्त श्रवण' राधा-कृष्णकै प्रेमकथा हो। जनस्तरमा लोकप्रिय एवं राज्यबाट समेत अनुमोदित राधा-कृष्णको प्रेमकथालाई सन्त भ्यालेन्टाइनको कथासँग तुलना गर्न मिल्दैन।
स्वस्थानीमा वर्णित महादेव-सतिदेवीको प्रेम अनुपम छ। सतिदेवी आफ्ना पिताले पति महादेवको अपमान गरेको सहन नसकी आगोमा हाम फालेर आत्महत्या गर्छिन्। प्रेममा पागल भएर महादेव उनकोे मृत शरीरलाई काँधमा बोकेर एकएक अंग बाँकी रहुञ्जेल भारतवर्षका विभिन्न ठाउँ भौतारिएको कथानक अत्यन्त मार्मिक छ। पतिको अपमान सहन नसकेर पत्नीले आत्महत्या गर्नु प्रेमप्रतिको महान् समर्पण हो। यो सैनिकहरुले विवाह गर्न पाउनुपर्छ भन्ने सन्त भ्यालेन्टाइनले पाएको मृत्यदण्डभन्दा हजारौँ गुणा शक्तिशाली छ। महादेव हिन्दूहरु र अझ पहाडे जनजातीय संस्कृतिका आद्यपुरुष भएकाले यो प्रेमकथा अत्यन्त लोकप्रिय छ।
विवाह पञ्चमीको सरोकार स्त्री-पुरुषबीचको प्रेम र त्यसपछि वैवाहिक सम्बन्धसँग छ। विवाह पञ्चमी राम र सीताको विवाह भएको दिन हो। यस दिनलाई जानकी विवाह भनेर मनाउने चलन छ। मंसिरको पहिलो सातातिर (मंसिर शुक्ल पञ्चमी) पर्ने हुनाले मौसम परिवर्तन, अर्थतन्त्र र सामाजिक मनोविज्ञानलाई समेत यसले प्रतिनिधित्व गर्छ। नेपाली समाजमा यसको महत्व बेग्लै छ।

.jpg)