-मञ्जु निरौला
मान्छेले विज्ञानमा जतिसुकै प्रगति गरे पनि, प्रकृतिसँग चुनौती गरे तापनि, प्राकृतिक प्रकोपसँग कहिले प्रतिस्पर्धा गर्न सकिन्न । प्राकृतिक प्रकोप संयोग मात्र नभई मान्छेको नियन्त्रणबाहिरको कुरो हो । जापानमा गएको शक्तिशाली भूकम्प सुनामीले अवश्य पनि मान्छेलाई चुनौती दिएको सङ्केत हो । वैज्ञानिक यन्त्रले जतिसुकै सङ्केत दिए तापनि मौसम वैज्ञानिकले ठोकुवा गरे तापनि प्रकृति विनाश आएरै छाड्छ, तहस-नहस पारी मान्छेको दैनिक जीवनलाई अलपत्र पारी दैनिक लीला मच्चाइछाड्छ ।
अमेरिकामा पनि २०११ मा विभिन्न दैवीप्रकोपका घटना भए । भनिन्छ, 'अमेरिकाको मौसमलाई विश्वासै गर्नै सकिन्न ।' जाडोमा हिमपातले गर्दा लाखौँको जनधन क्षति गराई मान्छेको जिन्दगी लथालिङ्ग पारिदिन्छ । गर्मीमा हुन्डरी 'टि्वस्टर' आएर घरको जगै बेपत्ता पारी गाउँघर-सहर नै सखाप पारिदिन्छ । कहिले बाँध फुटेर, बाढी आएर 'कटि्रना' नामक आँधी तुफानले लुजियाना राज्यलाई तहस-नहस पारिदिएको घटना छ । यो वर्ष अचम्मले अगस्टको २३ तारिख भुइँचालो आई न्युयोर्क, डिसी, बोस्टनवासी त्रस्त बने । केही विनाशकारी घटना हुन पाएन, तर अति नै संवेदनशील समाज भएको अमेरिकामा सञ्चार जगत्ले एक हप्तासम्म भुइँचालोको खबर प्रवाह गरिनै रहे । भूकम्पको खबर सेलाउन नपाउँदै अगस्टको २७ तारिख 'टोर्नेडो' अर्थात् आइरिन सामुदि्रक आँधी तुफान आउँदै छ भनी अमेरिकी सञ्चारमाध्यमले नागरिकलाई सचेत गराउन थाले । जतिसक्दो सरकारले जनताको सुरक्षालाई ध्यानमा राखी सामुदि्रक सहरबाट बसाइँ सार्ने जमर्को गर्छन् । नर्थ क्यारोलिनामा तहस-नहस पार्ने सङ्केत पाएपछि नगरवासी सहर छाड्दै जान थाले । डिसी क्षेत्रवरिपरि हामीले पनि सूचना पाउनेबित्तिकै खानेपानी, मैनबत्ती, खानापिनाको व्यवस्था गर्न थाल्यौँ । नभन्दै बत्ती पनि गयो । फोन र चुलो बाल्न नपाइने भयो । बजारबाट दूध र पाउरोटी त ल्याइयो, तर पि|mज नहुँदा खाना सुरक्षित राख्न कठिन । ठाउँ-ठाउँका वृद्ध-वृद्धा, बिरामीलाई अस्पतालबाट सार्न लागेको समाचार सुनियो । प्राकृतिक प्रकोपसँग जुध्ने क्षमता भए तापनि लाचार भएर अमेरिकामा रहेका मान्छे आˆनो बचावटको सुरक्षा गर्दै रहे ।







