हिमाल नांगा,झरना सुक्दै

 



image

जलवायु परिवर्तनको असर

विगतका वर्षमा मंसिर सकिन लाग्दा दैलेखमा रहेका अग्ला हिमालमा हिउँ टल्केको देखिन्थ्यो । यस वर्ष भने पुसको दोस्रो सातासम्म हिमालमा हिउँ देखिएको छैन ।
जलवायु परिवर्तनको असरका कारण हिमालमा यस वर्ष हिउँ नपरेको हो । समुन्द्र सतहदेखि ४ हजार ४ सय ४८ मिटर अग्लो महाबु लेकमा त विगत चार वर्षदेखि हिउँ टल्किन छाडेको छ । जाजरकोट, कालिकोट र जुम्लाको सीमाक्षेत्रमा पर्ने महाबु, तिनचुले, द्वारी, भरतालगायत दैलेखका अग्ला हिमालमा सेतै देखिने हिउँ यस वर्षको मध्यसम्ममा परेको छैन हिउँ पग्लेको पानीले निरन्तर बगिरहने दैलेखको चर्चित द्वारी खोलाको झरनासमेत सुक्ने अवस्थामा पुगेको स्थानीयबासी बताउँछन्

द्वारी गाविसका ४५ वर्षे मोतीलाल राम्जाली भन्छन्, 'यतिवेला त हिउँले डाँडाकाँडा ढाकिइसक्थे, यसपालि पानी पनि परेको छैन, हिउँ पनि परेको छैन ।' नेपालको पाँचौँ अग्लो स्थानमा पर्ने ६२ मिटर अग्लो द्वारी खोलाको झरना हिउँ बगेको पानीबाट ठूलो हुँदै जान्थ्यो । अहिले सानो भएको छ । यस्तै हो भने सुक्ने खतरा रहेको स्थानीयबासी बताउँछन् । यतिमात्रै हैन जिल्लामा रहेका विभिन्न ताल-तलैयासमेत सुक्ने खतरा छ ।
पानी नपर्दा दैलेखका अधिकांश भूभागमा यस वर्ष लगाइएको गहुँको उत्पादनसमेत प्रभावित भएको छ । यसले कृषा क्षेत्रको उत्पादनमा निकै समस्या उत्पन्न हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सुन्तलामा प्रख्यात जिल्लाका रूपमा रहेको दैलेखको दुल्लुमा समेत मौसम परिवर्तनको असरले सुन्तला उत्पादनमा कमी आएको स्थानीय कृषक विश्वदीप शाहले बताए । शाहको बगँैचामा रहेको सुन्तला उत्पादनमा खडेरीले निकै समस्या पार्‍यो । बोटमा सुन्तला फलेर पहेलै हुनुपर्ने मंसिर र पुस महिनामा उल्टै बुटामा पुनः सानो फल देखिन थालेपछि आफू चिन्तामा परेको उनले बताए ।
हिमालमा हिउँ सुकेपछि जिल्ला सदरमुकाम आउने १८ किलोमिटर टाढा रहेको कालेखोलाको मुहानमा पानीको सतह घटेको छ । यसबाट जिल्लामा खानेपानीको समस्या बढेको छ ।
विगतका वर्षमा कृषि क्षेत्रमा उल्लेख्य सुधार भइरहेको जानकारी जिल्ला कृषि विकास कार्यालयले दिएको भएपनि जलवायु परिवर्तनले कृषिर् क्षेत्रमा असर परेको बताउँछन् विगत २० वर्षदेखि तरकारी खेती गरिरहेका सेरी गाविस गुराँसे बजारका कृषक रामप्रसाद पाण्डे चिसो र हिउँ पर्ने क्षेत्रको रूपमा रहेको बराह, सेरी, लालीकाँडा र गुराँसेबाट वाषिर्क करोडाँैको तरकारी उत्पादन र वितरण हुन्छ तर दुई-तीन वर्षयता खडेरीले सताएको उनको अनुभव छ । पानी चाहिएको वेला आउँदैन नचाहेको वेला आउँछ, जसले तरकारी खेतीमा ठूलो असर पारेको छ ।
विगत तीन-चार वर्षयता मौसमी र बेमौसमी तरकारी उत्पादनमा प्रतिकूल मौसमले निकै सताएको र उत्पादनमा प्रत्यक्ष असर गरेको उनको अनुभव छ