विनापैसा एक वर्ष


 

image

उनी एक वर्षसम्म एक पैसा पनि खर्च नगरी बाँचे । यो एक वर्ष आफ्नो जीवनको सबैभन्दा रमाइलो क्ष्ाण बताउँछन् उनी ।
अब पनि एक रुपैयाँ खर्च नगरी जीविका चलाउने उनको योजना छ ।
३० वर्षे मार्क बोयलले विगत १२ महिना एक पैसा पनि खर्च नगरी जीविका चलाएका हुन् । उनी आफैंले फलाएको खाना मात्र खान्छन् । एक पैसा पनि खर्च नगरेर बाँच्दा आफू संसारकै सबैभन्दा खुसी भएको बताए । अबको जीवन पनि एक पैसा खर्च नगरेर बाँच्ने वाचा उनले गरेका छन् ।
उनी जहाँ जाँदा पनि साइकलमा जान्छन् । उनको फोनमा इनकमिङ कलमात्र आउँछ । उनी सोलार प्रयोग गर्छन् । यसैमा तताएको पानीले नुहाउँछन् । कटलफिस उपजातको माछाको हड्डीले उनी दाँत माझ्छन् । उनी आफ्ना लागि आफैं खाना उत्पादन गर्छन् ।

उनी अरूले फालेको लुगा पिसाइकल नामक वेबसाइटका माध्यमबाट प्राप्त गर्छन् ।
आयरल्यान्डमा जन्मिएका बोयलले अर्थशास्त्रमा स्नातक गरेका छन् । उनी पूर्वव्यापारी पनि हुन् । एक पैसा खर्च नगरी बाँचिरहेको आफ्नो अनुभवबारेमा उनी ब्लगमा लेख्छन् । उनीसँग सोलारबाट चल्ने ल्यापटप छ । स्थानीय खेतमा काम गरेबापत उनलाई वि-फाईले सित्तैमा इन्टरनेट चलाउन दिन्छ ।
'पैसा खर्च नगरी बिताएको यो वर्ष जीवनको सबैभन्दा खुसीको समय हो । म आजीवन यसरी नै बाँच्ने छु । पैसाकेन्दि्रत विश्वमा फर्किन्नँ,' उनी भन्छन् ।
पैसाविना बाँच्दा अत्यन्त स्वतन्त्र अनुभव भएको उनी बताउँछन् । 'पैसाविना बाँच्दा थुप्रै चुनाैती छन् तर, बैंक एकाउन्ट, बिल, ट्राफिक जाम, मन नपरेको जागिर खानुपर्ने बाध्यता हुँदैन,' उनी भन्छन् ।
पैसाविना बाँच्दा सबैभन्दा अप्ठ्यारोचाहिँ साथीहरूसँग घुलमिल गर्न समस्या हुने बताउँछन् बोयल ।
'साथीहरूसँग भेट्न पव जानुको सट्टा म क्यामफायर बनाएर, संगीत सुनेर र लामो यात्रामा गएर मनोरन्जन लिन्छु,' उनी भन्छन् ।
अबको २० वर्षमा मानिसहरूले आफ्नो उपभोगवादी प्रवृत्तिबारेमा छलफल गर्ने उनी बताउँछन् ।
'मेरो प्राथमिकता भनेको मानिसले फालेका सामानहरूलाई पुनः प्रयोग गर्नु हो । र, भविष्यका लागि दिगो विकासको आधार बनाउनु हो,' उनी भन्छन् ।