मनिषाको व्याडलक






सायद बढ्दो उमेरले होला मनिषा कोइरालालाई केही कुराले पनि साथ दिन छोडेको छ । बढ्दो उमेरसागै मनिषाले सुरुमा बलिउडलाई बाईबाई गर्नुपर्‍यो । त्यसपछि नेपाल आएकी उनले आफूभन्दा कान्छा पतिसाग मोजमस्ती पुरा नहुँदै डिभोर्ससम्मको हल्लाखल्लामा पुग्नुपर्‍यो ।
तै केही दिनदेखि मनिषा यो विषयमा चुप नै छन् । मनिषाको दशा यतिमा मात्र
  विगि्रएको छैन । उन्ले दुई दशक पछि कलिउडमा कमव्याक गरेको चलचित्र फल्प भएपछि अझ विग्रीएको छ । नायक राजेश हमालसाग कमव्याक गरेको चलचित्र धर्मा सुपरडुपर फल्प भयो ।
त्यसो त मनिषाको फिल्मलाई त्राण दिन काँग्रेस सभापति शुशिल कोइरालाले समेत मेहनत गरेका थिए । कोइरालाले मनिषाकै लागि पहिलो पटक नेपली चलचित्र धर्माको प्रिमियरमा सहभागी भएर प्रचारको मोर्चा सम्हालेका थिए । तर हलमा धर्माले पानी समेत पिउन पाएन ।
कतिपय क्रिटिक्सले यो चलचित्रलाई पाँचवटा स्टारमध्ये जम्मा एउटा स्टार दिएका थिए भने कतिले राम्रा राम्रा जम्मा भएर बनाएको झुर चलचित्र भनेर टिप्पणीसम्म गरेका थिए