गुगल को लोगो मा नेपाल अंकित



गुगल को होमपेजमा गुगल ले विदा को लागि नयाँ ‘डुडल’ (लोगो) राखेको छ । अनि गुगल को उक्त डुडल मा पहिलो पटक ‘नेपाल’ समावेश गरिएको छ । विदा मनाउन को लागि गुगल ले राखेको पछिल्लो ‘डुडल’ मा १७ वटा दृश्यहरु समावेश गरिएका छन्, जसमध्ये एउटा दृश्य नेपाल को रहेको छ ।
नेपाल अंकित गराउने गुगल लोगो मा ‘३ जना महिलाहरु आफ्ना परम्परागत भेषभुषा मा सजिएका देखिन्छन्’ भने उनीहरु को पछाडि ‘स्वयम्भु’ को झल्को दिलाउने ध्वजापताका सहित को गुम्बा देखिन्छ ।
google doodle featured nepal_thumb[3]
कसैले ले, नेपाल समावेश गरेको गुगल को डुडल ‘क्लिक’ गर्छन्, गुगल ‘सर्च’ मा नेपाल बारे को सर्च नतिजाहरु देखिन्छन् । नेपाल यसरी गुगुल को विदा को लोगो मा समावेश  हुनु हाम्रो गौरव को विषय पनि हो । नजिकिँदै गरेको पर्यटन वर्ष २०११ को पुर्वसन्ध्यामा नेपाल गुगल को होमपेज मा समावेश हुँदा, नेपाल को प्रचार पनि राम्रै सँग भएको छ । दैनिक करोडौँ व्यक्तिहरुले गुगल सर्च प्रयोग गर्ने हुँदा, करोडौँ व्यक्तिहरु ले नेपाल बारे थाहा पाउने कुरालाई पनि नकार्न सकिन्न । लोगोमा ‘स्वयम्भु’ को दृश्य समावेश गरेबाट गुगल ले बुद्ध लुम्बिनी मा जन्मिएका या भनौँ गौतम बुद्ध को जन्मस्थान नेपाल नै रहेको कुरालाई पनि स्विकार गरेको देखिन्छ ।
गुगल को नयाँ डुडल करिब ३ दिन सम्म  (क्रिसमस भरि) रहनेछ । गुगल ले, चाडपर्व, विदा र विशेष दिनलाई ईंगित गर्न, आफ्नो होमपेज मा ‘गुगल डुडल’ (गुगल लोगो) परिवर्तन गर्ने गरेको छ । यस वर्ष गुगल ले भिडियो डुडल देखि, गेम डुडल सम्म आफ्नो होमपेज मा अटाएको थियो । यस गुगल डुडल बनाउन ५ जना कलाकारलाई करिव २५० घन्टा लागेको थियो ।
नेपाललाई आफ्नो लोगोमा समावेश गरि, विश्व सामु  नेपाललाई अझ बढि चिनाइदिएको मा गुगललाई हार्दिक धन्यवाद !  गुगल को होमपेज मा गएर, नेपाल को दृश्य हेरिहाल्नुस् है, फेरि छुट्नुहोला नि !

 साभार :  आकार पोस्ट