
न्युयोर्क टाइम्सका अनुसार यो नयाँ लगानीसँगै फेसबुकको लगानी टाइम वार्नर, इबे र यहूकोभन्दा धेरै हो । लगानीले टाइम पत्रिकाका वर्ष व्यक्तिसमेत बनेका फेसबुकका संस्थापक मार्क जुुकरवर्गलाई सार्वजनिक कम्पनीका रूपमा आफ्नो कम्पनीलाई परिणत गर्नुपर्ने दबाब सिर्जना भएको छ । अमेरिकी धितोपत्र विनिमय कमिसनको (सेक) नियमअनुसार कुनै पनि कम्पनीमा लगानी गर्नेको संख्या ४ सय ९९ पुगेमा त्यस्तो कम्पनीले आफ्नो वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।
गोल्डम्यानलाई एउटा लगानीकर्ताका रूपमा गनिने भए पनि यसले धेरै लगानीकर्ताबाट रकम जम्मा गर्ने गरेको छ । गोल्डम्यान संस्थागत लगानीकर्तालाई जम्मा पारेर विभिन्न धितोपत्र, कम्पनी तथा अन्य वित्तीय औजारहरूमा लगानी गर्ने कम्पनी हो । सेकको दबाब फेसबुकलाई आफ्नो प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्न पर्याप्त हुन सक्ने र यसले फेसबुकलाई भविष्यको एउटा कुनै समयमा त्यो कदम चल्न बाध्य पार्ने पनि विभिन्न विश्लेषकहरूले अनुमान गरेका छन् ।
साभार : कारोबार दैनिक