बुटवल, सकियो औद्योगिक मेलाको रमाइलो


रामनगरस्थित बुटवल मण्डपमा १२ दिनसम्म चलेको औद्योगिक व्यापार मेला गत सोमबार सम्पन्न भएको छ । पुस ९ गतेदेखि दिनहुँ राष्ट्रिय कलाकारको प्रस्तुति  एवं विविध सांस्कृतिक कार्यक्रमले मेलालाई रमाइलो बनाएको थियो । दर्शकलाई मनोरञ्जन प्रदान गर्न लोकदोहोरी, आधुनिक, पप एवं हास्यविधाका झन्डै ४० जना चर्चित  कलाकारको मेलाको सुरुदेखि अन्त्यसम्म लर्को लागेको थियो ।

मेलामा लोकदोहोरीका राजु परियार, बद्री पंगेनी, पुरुषोत्तम न्यौपाने, कृष्ण देवकोटा, प्रजापति पराजुली, मञ्जु  पौडेल, शीला आले, रमेश बीजी, नारायण रायमाझी, दुर्गा रायमाझी, मन्जु महत, इन्द्र जीसी, कोमल ओली, निशा सुनार, शर्मिला गुरुङ, नवीन पौडेल, पार्वती जीसी एवं  आधुनिकतर्फ रेश्मा सुनुवार, हेमन्त शर्मा, इन्द्र जीसी, रीता थापा, रेनुका केसी, ज्योति मगर आदि कलाकारले पर्याप्त मनोरञ्जन प्रदान गर्दै सबैलाई छमछमी नचाए । रो इला गायक शिरीष देवकोटाको भजन शैलीको लोकभाकाले धेरैको वाहवाही पायो ।


आधुनिक गायक तिलकबम मल्ल, शिव परियार, प्रमोद खरेल रूपक डोटेल, हेमन्त शर्मा, मल्लिका कार्कीले पनि सुगम संगीतका पारखीहरूको मन जिते । पप गायिका रे श्मा सुनुवार, सिने गुरुङ, नलिना चित्रकार, श्रीया सोताङले युवापुस्तालाई उफारे भने हास्यकलाकार मनोज गजुरेल, जितु नेपाल, गोपाल नेपाल तथा शिवहरि नेपाल, दे वीराम पराजुलीले राजनीतिक दलका नेता एवं समसामयिक विषयमा व्यंग्य प्रहार गर्दै दर्शकलाई हँसाए । आफूलाई मन पर्ने एकसे एक राष्ट्रिय स्तरमा चर्चित कलाकारसँगै  गाउन, नाच्न र रमाउन बुटवलवासी मात्र नभै भैरहवा, कपिलवस्तु, नवलपरासी, गुल्मी र स्याङ्जासम्मका संगीतपारखी बुटवल मण्डपमा ओइरिएका थिए । आफूलाई  मनपर्ने कलाकारले मञ्चमा गीत गाउँदा दर्शक दीर्घामा नाच्नेहरूको होडबाजी नै चलेको दृश्य रोमाञ्चक थियो ।


राष्ट्रिय कलाकारको प्रस्तुतिबाहेक देशका विभिन्न ठाउँबाट आएका १४ टोलीबीच विभिन्न भाखामा भएको दोहोरी गीतको प्रतियोगिताले पनि दर्शकलाई मेला अवधिभर  मनोरञ्जन प्रदान गर्‍यो । मेलामा रूपन्देहीका १८ विद्यालयबीच गराइएको विविध जनजातिको संस्कृति झल्कने लोकनृत्य प्रतियोगिता, सहिमा श्रेष्ठको गायन, नीलहीरा  समाजसँग आबद्ध तेस्रोलिंगी सन्तु पुन, अवान्तिका घर्ती आदिको नृत्य एवं स्थानीय पप ब्यान्डको प्रस्तुतिले पनि दर्शकलाई मनोरञ्जन दियो । मेलामा चन्द्रमाको ढुंगा,  लुम्बिनीको शान्तिदिप, राष्ट्रिय संग्रहालयका पुरातात्विक वस्तुहरू, पशुपतिनाथको नमुना मन्दिर, बालउद्यान पनि आकर्षणका केन्द्र बनेका थिए । 'समुन्नत राष्ट्रिय अथर् तन्त्रको आधारः पर्यटन, कृषि, उद्योग एवं ब्यापार' नाराका साथ बुटवल उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सको संयुक्त  आयोजनामा सञ्चालित मेलामा राष्ट्रिय अन्तराष्ट्रिय औद्योगिक उत्पादन, सुचना प्रविधि, वैकल्पिक ऊर्जासम्बन्धी नयाँ प्रविधि, कृषि, हस्तकला,रेस्टुरेन्ट, वित्तिय संस्था, अटो  आदिका ३ सय ५० वटा स्टल राखिएका थिए । मेलामा ४ लाख दर्शकले अवलोकन गरेका र १० करोडभन्दा बढीको कारोबार भएको आयोजक बुटवल उद्योग वाणिज्य  संघका अध्यक्ष शंकर श्रेष्ठले बताए l
टोपराज शर्मा