skip to main |
skip to sidebar
अब खल्तीमा मोबाइल मात्र होइन, पि्रन्टर पनि बोक्न सकिने भएको छ। नेपाली बजारमा पहिलोपटक यस्तो मोबाइल पि्रन्टर भित्रिएको हो। जापानमा निर्मित ब्रदर ब्रान्डको यो पि्रन्टर क्यालकुलेटर आकारको छ। यस पि्रन्टरको प्रयोग गर्दा कम्प्युटरको आवश्यकता पर्दैन। सीधै मोबाइल र क्यामराबाट समेत पि्रन्ट गर्न सकिन्छ। आवश्यक पर्दा ल्यापटप वा कम्प्युटर भने जोड्न सकिन्छ। यसको विशेषता भनेको यो ब्याट्रीबाट पनि चल्छ।
नेपालका लागि ब्रदर ब्रान्डको आधिकारकि बिक्रेता सागर इन्फोसिसले यस पि्रन्टरको बिक्री गररिहेको छ। ब्रदर ब्रान्डका पिजे ५२३, पिजे ५६२, पिजे ५६३, एमडब्ल्यू १४५ बीटी र एमडब्ल्यू २६० मोडेलहरू उपलब्ध छन्। यसको मूल्य ६० देखि ७० हजार पर्छ। छोटो समयमै यसले लोकपि्रयता पाएको बताउँछन्, सागर इन्फोसिसका प्रमुख कार्यकारी अधिकृत सागरदेव लाखे। "सबैभन्दा सानो र नेपाली बजारमा उपलब्ध पि्रन्टरमध्ये आधुनिक हो," उनी भन्छन्।