सपना साकार गर्ने अपार्टमेन्ट


हिजोआज यसरी अपार्टमेन्टतर्फ आकषिर्त हुनेहरूको संख्या बढेको छ। अबका १० वर्षमा त आफैंले घर बनाउने संस्कृतिमा निकै कटौती आउने  व्यवसायीहरू बताउँछन्। बढ्दै गएको प्रदूषण, अराजक स्थिति, सहरको कोलाहल तथा विविध समस्याहरूका कारण अपार्टमेन्ट संस्कृति मौलाउँदै छ।  अहिले कमभन्दा कम मूल्यमा धेरै सुविधा दिएर ग्राहक तान्न लागिपरेका हाउजिङ कम्पनी विस्तारै हरेक वर्गको पहुँचमा पुग्ने सम्भावना छ।
घर बनाउने योजनामा रहेकी महिता राणाको मन सनसिटी अपार्टमेन्टमा पुगेपछि परिवर्तन भयो। उनले अपार्टमेन्ट खरिद गर्ने मनसाय बनाइन्। परियो जना निरीक्षण गरेपछि उनको अनुहारमा एक प्रकारको सन्तुष्टि झल्किरहेको थियो। घर खरिद गर्न दिइएको स्किम थाहा पाएपछि उनी अझ उत्साहित  भइन्। यस्तो किन भन्ने नारीको जिज्ञासा शान्त गर्न उनले भनिन्-
'यहाँ एक त आफूले सोच्न पनि नसकेका सम्पूर्ण सुविधा उपलब्ध छन्, अर्को यहाँबाट  सबैतिर जान सजिलो छ। यहाँ हस्पिटल, कलेज तथा सार्वजनिक यातायातको राम्रो सुविधा छ। मलाई दिनभरि डुलेर घर हेर्ने फुर्सद पनि छैन। त्यसैले  आजै बुक गरेर जान्छु। फेरि यो धेरै महँगो पनि रहेनछ र गुणस्तर पनि विश्वासयोग्य लाग्यो।'
मार्केटिङ एक्जिक्युटिभ नितु क्षेत्री पनि अपार्टमेन्ट समयको आवश्यकता भएको बताउँछिन्। क्षेत्रीका अनुसार एक्लैदुक्लै बस्न सुरक्षाको हिसाबले अपार्टमेन्ट  उपयुक्त छ। त्यसमा पनि पानी तथा बिजुलीको समस्या  नपर्ने हुनाले अपार्टमेन्टको बसाइ  आरामदायक हुन्छ।
हिजोआज यसरी अपार्टमेन्टतर्फ आकषिर्त हुनेहरूको संख्या बढेको छ। अबका १० वर्षमा त आफैंले घर बनाउने संस्कृतिमा निकै कटौती आउने  व्यवसायीहरू बताउँछन्। बढ्दै गएको प्रदूषण, अराजक स्थिति, सहरको कोलाहल तथा विविध समस्याहरूका कारण अपार्टमेन्ट संस्कृति मौलाउँदै छ।  अहिले कमभन्दा कम मूल्यमा धेरै सुविधा दिएर ग्राहक तान्न लागिपरेका हाउजिङ कम्पनी विस्तारै हरेक वर्गको पहुँचमा पुग्ने सम्भावना छ।
जसरी असुरक्षित वातावरणमा सार्थक जीवनको कल्पना गर्न सकिँदैन त्यसैगरी बिजुली, पानी, ढल, हरियाली बगैंचा, खेल मैदान आदि भौतिक पूर्वाधार  नभएका ठाउँमा समाजको सभ्य रूप देखिँदैन। त्यसैले सीमित प्राकृतिक स्रोतको सदुपयोग गर्दै बनेका अपार्टमेन्टहरूले जनसाधारणलाई सुरक्षित र पूर्वाधार सम्पन्न आवासगृहमा जिउने अवसर प्रदान गरेको मान्न सकिन्छ।
संयुक्त आवासको अवधारणाअन्तर्गत पछिल्लो समयमा धमाधम बनिरहेका अग्ला घरहरूले राजधानीको स्वरूप पनि फेरिँदैछ। यहाँ समयको मागअनुसारको  जीवनशैली पाइने तथा सबै सुविधा एउटै छानामुनि उपलब्ध हुने कुराले ग्राहकहरू आकषिर्त  छन्। सुरुमा बुकिङका लागि केही रकम तिरेर महिनैपिच्छे  पैसा तिर्दा सजिलो हुने धेरैको धारणा छ। 
आफ्नो पृथक् घर, बगैंचा, पर्खाल, पार्किङ, खुला कौसीसहित घरसँगै कोलोनीमा पनि बस्न पाइने हुँदा मानिसहरू सामूहिक घरतर्फ आकषिर्र्त भएका हुन्।  कम्पाउन्डभित्र प्रवेश गर्दा गार्डले ढोका खोलिदिन्छन्। पानी तथा बिजुलीका सम्बन्धमा सोच्नुपर्ने आवश्यकता छैन। आफूलाई पायक पर्ने समयमा क्लब,  पुल, सौना तथा पार्लरको मज्जा लिन सकिन्छ। बिहान मर्निङ वाकसँगै भगवान्को दर्शन गर्न पाइन्छ। वरिपरि हरियो वातावरणले मनलाई चंगा बनाउँछ।  सफा तथा सुरक्षित वातावरणले आफूमा आत्मविश्वास पनि बढ्छ र एउटा पृथक् संसारको अनुभव गर्न सकिन्छ। त्यहाँ कार्यक्रमका लागि कम्युनिटी हल  पनि छ। यिनै विविध आकर्षणका कारण नेपालमा अपार्टमेन्ट जीवन दिनानुदिन विस्तारित हुँदैछ।
कोलोनी बसाइका लागि नारायणस्थान, सीतापाइला, भैंसेपाटी तथा रिंगरोड पुगेकाहरूले पछिल्लो समयमा बेहोर्नँपरेका ट्राफिक समस्या र असुरक्षाले पनि  मानिसहरूलाई सहरतर्फ धकेलेको हो। परिणाम ५ वर्षयता अग्ला अपार्टमेन्टको निर्माण सहरभित्र  बढेको छ। बितेको १ वर्षमा मात्र करिब डेढ दर्जन  हाउजिङ कम्पनीले संयुक्त आवास निर्माणका लागि काठमाडौं नगर विकासबाट अनुमति लिएपछि यसको लोकप्रियता प्रस्ट हुन्छ।
सनसिटी टावरकी अनिता केसीका अनुसार अग्ला अपार्टमेन्टले सीमित जग्गामा सम्पूर्ण घरको विकल्प दिन सकेकाले पनि यसको माग बढेको हो।  फराकिलो हुँदै गएको मध्यम वर्गको दायरा र विदेशसँग नेपालीको बढ्दो हिमचिमका कारण पनि अपार्टमेन्ट एउटा फेसन र स्टाटस सिम्बोल बनेको छ।  सम्पन्न परिवारका युवा-युवतीहरूबीच घर हुँदाहुँदै आफ्नो छुट्टै अपार्टमेन्ट किनेर भए पनि राख्ने होड पनि चलेको देखिन्छ। सनराइज टावरकी सिनियर  मार्केटिङ एक्जिक्युटिभ अर्पना पोखरेलका अनुसार  संचयकोषको पैसा निकालेर वा सेयर बेचेर भए पनि मानिसहरू घर अथवा अपार्टमेन्ट खरिद गर्न  थालेका छन्।
हाल हाउजिङ उद्योगमा करिब १५ अर्बको लगानी रहेको र यो बर्सेनि २० देखि २५ प्रतिशतले वृद्धि हुँदै गएको व्यवसायीहरूको अनुमान छ। 


केही कमजोर पक्ष


आफूले सोचेको भन्दा कम पैसामा सुन्दर नगरीमा बस्न पाइने भएकाले बिलासिता खोज्ने वर्ग अपार्टमेन्टतर्फ आकषिर्त छ। ताहाचल, सानेपा, टेकु   डिल्लीबजार, महाराजगंज,  लाजिम्पाट,  अनामनगर, इमाडोल, नख्खु, धोबीघाट, गोठाटार आदि ठाउँमा अग्ला अपार्टमेन्टहरू बन्दैछन्। यद्यपि कुनै विचार  नगरी निर्णय गरेर पछि पछुताउनेहरू पनि थुप्रै छन्। महाराजगंजकी तृष्णा थापा अपार्टमेन्ट खरिद गर्दा पर्याप्त विचार पुर्‍याउनुपर्ने कुरामा जोड दिन्छिन् ।  अपार्टमेन्टमा देखिएको समस्या भनेको सामानहरू चाँडै बिग्रनु हो। प्लब्ािङको काममा पनि निकै त्रुटि भेटिन्छन्। सामाजिक जीवनको भिन्नता अर्को एउटा  समस्या हो। थापा  भन्छिन्-'कतिपय मानिस अपार्टमेन्टलाई निकै सस्तो मान्छन् तर पनि म यसलाई सस्तो भन्दिनँ। त्यहाँ प्रयोग भएका सामग्री प्रयोग  गर्ने हो भने त्यो भन्दा सस्तोमा घर बनाउन सकिन्छ।'
मानिसको बाहिरी संरचनाले उसको भित्री पहिचान गराउन सक्दैन। छिमेकी नराम्रो पर्‍यो भने असुरक्षित भइन्छ। यस्ता भवनहरूप्रति उचित मूल्य, सुरक्षा  एवं आरामका दृष्टिले सबै आकषिर्त छन् तर यसको गुणस्तर कति छ भन्ने कुरामा सबैजना अन्योलमा पर्छन्। सबै निर्माताले आफ्नो भवन भूकम्प  प्रतिरोधात्मक भनेर विज्ञापन गरेका हुन्छन्। त्यसको मापदण्ड सही छ-छैन कसैले निरीक्षण गरेका छैनन्। भूकम्पको जोखिममा रहेको काठमाडौंमा ठूलाठूला  भवनहरूमा बस्दाको रिस्क फ्याक्टरको आँकलन गर्दा मनै सिरिङ्ग हुन्छ।
यहाँ विभिन्न मानिस बसोबास गर्ने हुँदा  सांस्कृतिक एवं आर्थिक समानता पाइँदैन।
विभिन्न अपार्टमेन्टका थुपै्र विज्ञापनका कारण ग्राहकहरू अन्योलमा पर्छन्। उनीहरूलाई फ्ल्याटको क्षेत्रफल एवं तुलनात्मक मूल्य ठम्याउन गार्‍हो छ। यस  क्रममा डेभलोपरले तयार गरेको घर कस्तो हुन्छ ? डिजाइन कस्तो बनाउने ? डेभलोपरको नाममा जग्गा छ कि छैन ? कहिले बनाइसक्छ, लोकेसन,  सुरक्षास्थिति आदि सबै कुराको जानकारी लिनुपर्छ। अपार्टमेन्ट खरिद गरेपछि यसमा इन्टेरियरका लागि आफ्नो अलग्गै पैसा खर्च हुन्छ। भवन निर्माण  हुनुअघि पैसा तिर्नुपर्नेले आफ्नो पैसाको प्रतिफल आउन वर्षौं कुर्नँपर्छ। पछि भवन बन्न सकेन भने केवल ग्राहकले तिरेको पैसामात्र फिर्ता हुन्छ। यस्तो  समुदायमा बस्दा आफूलाई नचाहिएको सेवाका लागि पनि अतिरिक्त महसुल बुझाउनुपर्छ, जसले गर्दा महिनाको ६ देखि ७ हजारसम्म अतिरिक्त खर्च हुन  सक्छ।