Showing posts with label development. Show all posts
Showing posts with label development. Show all posts

‘दक्षिण एसियाकै ठूलो’ गाई फार्म फागुनदेखि

- दिलबहादुर केसी

यही फागुनदेखि दोलखाको बोचमा ‘दक्षिण एसियाकै ठूलो’ आधुनिक गाई फार्म सञ्चालन हुने भएको छ । अहिले कालिञ्चोक काउ फार्म एन्ड रिसर्च सेन्टर एकैपटक १ हजार गाई अटाउने गरी २५० मिटर लामो र १२० मिटर चौडा गोठ निर्माणमा जुटिरहेको छ । १५ हेक्टरमा फैलिएको यो फार्मको प्रारम्भिक लगानी २५ करोड रुपैयाँ छ भने पुँजी वृद्धि गरी १ अर्ब पु¥याउने योजना छ ।
फार्म सञ्चालक लालकुमार केसीका अनुसार फार्मको ५ सय रोपनी जग्गामा गोठ, आवास गृह, कार्यालय, गोदाम तयार भइरहेको छ । सार्वजनिक–निजी साझेदारीको मोडेलअनुसार निर्माणाधीन फार्ममा निजी क्षेत्रका साथै गाविस, सामुदायिक वन उपभोक्ता समूहको पनि सेयर लगानी हुनेछ ।
केसीका अनुसार दक्षिण एसियाअन्तर्गत भारत हरियाणाको ७ हेक्टर क्षेत्रफलमा फैलिएको फार्म नै अहिलेसम्मको ठूलो गाई फार्म हो । त्यहाँ गोठमात्रै भए पनि नेपालमा प्रयोगशाला, दाना र ब्रिडिङको समेत व्यवस्था हुने उनले बताए ।
दुई वर्षअघिबाट निर्माण सुरु भएको फार्मको काम अन्तिम चरणमा पुगेको छ । “फागुनदेखि गाई ल्याउनेछौं,” केसीले भने, “तत्काल सबै तयारी पूरा नहुने भएकाले पहिलो चरणमा २ सय माउ र २ सय बाच्छाबाच्छी ल्याउनेछौं ।” सबैभन्दा बढी दूध दिने होलस्टन फ्रिजन जातको गाई ल्याउने तयारी भइरहेको उनले बताए । “गाईका लागि चिनियाँ फार्महरूसँग सम्पर्क भइरहेको छ,” उनले भने ।
चीनका केही गाई फर्मको अध्ययनपछि नेपालमा यसको पहल थालिएको केसीले बताए । “पछिल्लो समय तिब्बततिर पनि यस्ता फार्म भएकाले यहाँको हावापानी सुहाउँदा गाई ल्याउने तयारी गर्दैछौं,” उनले भने । केसीका अनुसार भारतीय दूध प्रतिस्थापन गर्ने प्रमुख लक्ष्य राखेर फार्म निर्माण गरिएको हो । “नेपालका सहरी क्षेत्रमा दैनिक ५ लाख लिटर दूधको माग भए पनि स्वदेशको उत्पादनले पु¥याउन नसकेर दैनिक १ लाखभन्दा बढी लिटर दूध भारतबाट आयात गर्नु परिरहेको छ,” उनले भने, “हामीले त्यसलाई प्रतिस्थापन गर्नेछौं ।”

आइसल्यान्डको सुख र शान्ति


पश्चिम युरोपको एउटा सानो टापु मुलुक आइस्ाल्यान्ड अहिले संस्ाारकै सबैभन्दा शान्त र सुखी मुलुक बनेको छ । बेलायतको एउटा स्व्ातन्त्र संस्थ्ाा इन्स्िटच्युट फर इकोनोमिक्स एन्ड पिसले सार्वजनिक गरेको विश्वशान्ति सूचाङ्कले यस वर्ष आइसल्यान्ड संसारकै सबैभन्दा शान्त र सुखी मुलुक भएको देखाएको छ । हुन पनि यतिखेर आइसल्यान्डवासीले पृथ्वीमै बसेर स्वर्गको सुखको अनुभूति गरिरहेका छन् । विश्वका धेरै मुलुकले गास, बास र कपासको समस्या झेलिरहेका बेला आइसल्यान्डवासी यो समस्याबाट मुक्त छन् । उनीहरूको बोल्ने, लेख्ने, पढ्ने र इच्छा अनुसारको पेसा गर्ने स्वतन्त्रता, पूर्ण प्रेस स्वतन्त्रता र नागरिक अधिकारको ग्यारेन्टी पनि राज्यले गरेको छ ।
आइसल्यान्डका राजनीतिक दलमा लोकतान्त्रिक मूल्य र मान्यता छ । विधि अनुसार राज्य सञ्चालन गरेका छन् राजनीतिक दलले । कानुनको उल्लङ्घनलाई दण्डनीय बनाइएकोले कसैले पनि कानुन विपरीत काम गर्दैनन् । त्यसैले त्यहाँ आपराधिक क्रियाकलाप एकदमै कम हुने गरेको छ । आन्तरिकरूपमा कुनै विवाद छैन र अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई आत्मसात् गरेकाले बाहृय हस्तक्षेको खतरा पनि छैन । त्यसैले त्यहाँ सेना छैन । सेनाविना नै राज्य सुरक्षित छ ।

The Most Promising Products For 2010 & 11


The 25 Most Promising Products for 2010 & 11

25. Power Personal Energy Generator
The PEG harvests one of the biggest energy hogs on earthyou. Place the little device into your bag or briefcase, plug in your cell phone, GPS, or iPod, and let your kinetic energy power up your gadgets while you walk. You can get an 80% charge in one hour through your own energy alone. Green and brilliant.

इ-टिकेटिङ्ग किन लोकपि्रय ?

व्यवसायको हरेक क्षेत्रमा नयाँ नयाँप्रविधि र प्रणालीहरू स्थापित हुँदै आएका छन् । समय र साधनलाई मितव्ययी एवं छरितो बनाउने क्रममा अन्तर्राष्ट्रिय हवाई यातायात संस्था आई.ए.टी.ए.को २००४ को साधारण सभाले सन् २००७ सम्ममा विना टिकटको हवाई यात्रालाई सम्भव बनाउने एजेण्डा पास गरेको थियो । अर्थात् विद्युतीय टिकट इ टिकेटिङ्ग लागू गर्ने निर्णय लिएको थियो । सन् २००५ सम्ममा ४० प्रतिशत २००६ मा ७० प्रतिशत एवं २००७ को अपि्रल सम्ममा करिब ८० प्रतिशत सफलता हात पार्दै हाल अन्तर्राष्ट्रिय उडानहरू सबैमा ई-टिकेटिङ्ग लागू भइसकेको छ । जून १, २००८ देखि अन्तर्राष्ट्रिय उडानहरूमा हाते टिकट स्वीकार नहुने भनिएकोले पनि विद्युतीय टिकटले बजारमा छिटो प्रश्रय पाएको हो ।  

टेलिकम आक्रामक विस्तारमा. एकै पटक एक करोड लाइन मोबाइल किन्दै

नेपाल टेलिकमले एकै पटक एक करोड लाइन जिएसएम मोबाइल किन्ने तयारी गरेको छ। पटक पटक मोबाइल किन्ने झण्झटको विकल्पमा एकै पटक एक करोड लाइन जिएसएम मोबाइल किन्ने तयारी टेलिकमले गरेको हो।  नेपालमा मोबाइल टेलिफोन सुरु भएको १२ वर्षमा टेलिकमका ४८ लाख जिएसएम मोबाइल उपभोक्ता छन्। टेलिकमले केही वर्षलाई माग धान्नेगरि एकैपटक एककरोड लाइन किन्ने तयारी गरेको हो। ५० लाख लाइन किन्ने तयारी भएकोमा धेरै पटक टेण्डर गरेर लामो प्रकृया लागिरहने, अख्तियार सार्वजनिक खरिद कार्यालय जस्ता निकायहरुमा उजुरी परेर लामो समय अड्किने र एकै पटक धेरै किन्दा सस्तो समेत पर्ने भएपछि टेलिकमले ठूलो परिमाणमा किन्ने तयारी गरेको छ।

स्वरोजगारका निम्ति आईटी क्रान्ति

बेरोजगारी समस्याले समग्र मुलुकको अर्थतन्त्रमा ठूलो भार पारिरहेका बेला स्वरोगारका निम्ति आईटी (सूचना प्रविधि) क्रान्तिको अभियान छेड्नु स्वागतयोग्य छ । ‘स्वरोजगारका लागि आईटी क्रान्ति’ र आईटी क्रान्तिमार्फत आर्थिक समृद्धि मुलुकको सपना देखेका छन् आईटीसम्बन्धी नयाँ पुस्ताले ।
व्याप्त बेरोजगारीबाट घरेलु दक्ष जनशक्ति पलायन हुन नदिन र आईटी क्षेत्रबाट स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालय (टियु) अन्तर्गत केन्द्रीय आईटी विभागका विद्यार्थीहरूले ‘स्वरोजगारका निम्ति आईटी क्रान्ति’ नामक अभियान छेडेका हुन् । उनीहरूले आईटीसँग सम्बन्धित सरकारी तथा गैरसरकारी विज्ञ, सरोकारवाला तथा विद्यार्थीहरूलाई सो अभियानमा जोड दिन आग्रह गरेका छन् ।

६ लेनबाट नेपालीले सिकेको पाठ

सतहमा भएको माटोमा गुणस्तरीय सडक बन्न नसक्ने भएपछि अन्यत्रबाट ल्याएर पनि बलियो बनाएको सुन्दा अचम्म लाग्छ । तपाई हामी सरर गुड्ने मुलुककै फराकिलो तीनकुने-भक्तपुर सूर्यविनायक ६ लेनमा गुणस्तरीयता झल्काउने यो एउटा उदाहरण हो । जापानले करिब २ अर्ब खर्च गरी बनाएको यस सडकको सतहमा नदेखिने यस्ता बाक्लै अनुभव नेपाली कर्मचारीसँग छन् । सडक विस्तारको क्रममा ३० जना इन्जिनियर, ६० जना सुपरभाइजर र पाँच सय कामदारले जापानीसँग व्यावहारिक ज्ञान सिकेका छन् । ९ दशमलव १ किलोमिटर लम्बाइको सडक विस्तारमा नेपालीले सिकेका ज्ञान र अनुभव काठमाडौं-भक्तपुर सडक विस्तार आयोजना प्रमुख सरोज प्रधानको शब्दमा-
सडक विस्तारको क्रममा बढीमा ६ जना मात्रै जापानी उच्च प्राविधिक थिए । बाँकी सबै नेपाली । जतिसुकै अप्ठेरोमा पनि निर्धारित समयमा गुणस्तरीय काम गर्न सकिने सम्भावना यस आयोजनाले देखाएको छ । काम गर्न साता र महिना दिनको कार्यतालिका बनाइएको हुन्थ्यो । कुन दिन कहाँ काम गर्ने ? अलकत्रा कहाँ बनाउने ? निर्माण सामग्री कहाँ तयार गर्ने ? कुन बेला कति सामान ढुवानी गर्ने ? पहिले नै योजना बनाइएको हुन्थ्यो ।

कृषिमा सम्भावनाको खोजी

करिब ७० प्रतिशत जनता कृषिमा आश्रति भएको देश नेपाल । तर विडम्वना यही मुलुकका ४० प्रतिशतभन्दा बढी किसान परिवारले वर्षभरि पुग्ने अनाज अभावमा बेसाएर गुजारा गर्नुपर्छ । निर्वाहमुखी कृषि प्रणालीलाई कसरी व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउने भन्नेतर्फ पहल नहुनुको परिणाम हो यो । जनताको जीवनस्तर उकास्ने मुख्य क्षेत्र सधँै ओझेलमा परिरहृयो । कृषिप्रधान देशको किसानका भकारीमा बर्षदिन खान पुग्ने अन्न हुँदैन भने यो भन्दा दुर्भाग्य अरू के हुन सक्छ ?यसो हुनुमा स्पष्ट कारणहरू छन् । पहिलो त कृषिमा आधुनिकीकरण भएन । बाउबाजेेले जुन हलोले जातेेका थिए नातिको पालामा पनि त्यही हलो प्रयोग भएको छ । नर्बेका किसान र यहाँका किसानको तुलना गरौँ । त्यहाँ त जोत्ने, मल र बीउ छर्ने, पाकेपछि काट्ने सबै काम मेशिनले नै गरिँदोरहेछ । त्यहाँका तीन सय हेक्टरसम्म जमिनमा खेतीका सबै काम एक दुई जनाले नै भ्याउँदा रहेछन् । थोरै मान्छे छन् तर उब्जाउँछन् सात समुद्र पारिसम्म बाँड्न पुग्ने गरी । बाँकी जनता उद्योगधन्दा, विज्ञानप्रविधि र विकास-निर्माणमा लाग्न पाएका छन्, देशले उन्नति गरेको छ ।  

इजरायली प्रविधिबाट तरकारी खेती

इजरायलको कृषि फार्ममा काम गरेर फर्केका युवाले त्यहींको प्रविधिबाट नेपालमा तरकारी खेती सुरु गरेका छन्।
एक दर्जन युवा मिलेर अहिले ५५ लाख रुपैयाँ लगानीमा काठमाडौंको जितपुरफेदी-१ मा फार्म सुरु गरेका छन्। धरानका खोजराज कटुवालले इजरायलबाट फर्केका युवालाई संगठित गरेर दुई वर्षमै देशलाई तरकारीमा आत्मनिर्भर
बनाउने अभियान थालेका छन्।'हामी बालुवा नै बालुवाको थुप्रो इजरायलले कृषिमा गरेको प्रगतिलाई नेपालमा भिœयाउन लागेका छौं,' नर्सरीमा बिरुवालाई पानी हाल्दै कटुवालले भने। उनलाई साथ दिएका छन् सर्लाहीका राजन मैनाली, काभ्रेका रतिमान गौतम, बुटवलका सुनिलनाथ योगी, धरानकै सरिता कटुवाल र बाग्लुङका ठाकुर केसीले। उनीहरुको आँट अनि उत्साह देखेर कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले जग्गा उपलब्ध गराएर सहयोग गरेका छन्। 'मदन दाइले हामीलाई सहयोग नगर्नुभएको भए हामी खाडी देशमा गएर काम गरिरहेका हुन्थ्यौं होला,' मैनाली भन्छन्। हरेकले ५/५ लाख रुपैयाँ जम्मा गरेर उनीहरुले यो फार्म खोलेका हुन्।

 

उच्च गतिको रेलले विमानसेवा प्रभावित

चीनभरि विस्तार भएको उच्च गतिको रेलले आन्तरिक विमान सेवा प्रभावित हुन थालेका छन् ।
देशका केही भाग उहान, नानजिङमा मार्च २७ देखि हवाई सेवा अवरुद्ध भइसकेको छ ।
२००९ मा सुरु भएको हेफी उहानको उच्च गतिको रेलले यात्रा अवधि १० घन्टाबाट कटौती गरी तीन घन्टामा झारिसकेको छ । तीन जोडी उच्च गतिका रेल सेवाहरू उहान र नानजिङबाट प्रत्येक दिन प्रतिघन्टा २ सय ५० किलोमिटरको गतिमा सञ्चालित भइरहेका छन् । दोस्रो स्तरको सिटका लागि टिकट दर १ सय ८० युआन (२८ अमेरिकी डलर) रहेको छ ।
यो भन्दा पहिले सञ्चालित विमान सेवाहरू प्रतिघन्टा ५ सय २० किलोमिटरको यात्रा तय गर्ने र यात्रा खर्च ७ सय ३० युआन लाग्थ्यो ।
यी दुई सहरहरूबीचको यात्रामा प्रयोगमा आउने रेल झन्डै ९० प्रतिशत रहेकोमा विमान सेवाको उडान भने ५० प्रतिशत मात्रै रहेको छ ।

सर्वसाधारणलाई छुँदै छन् बैंकहरु

केही बैंकले खाता खोल्दा उल्टै रकम दिने योजनासमेत ल्याएका थिए, केहीले अहिले विभिन्न योजना ल्याएका छन् जसले निम्नस्तरका सर्वसाधरणसम्म पुग्न बैंकलाई सजिलो भएको छ
सानो भर्‍याङकी शिला तजियाले बैंकमा रकम जम्मा गरेर फर्किंदा ग्यास स्टोभ, राइस कुकरलगायत घरायसी सामान लिएर आइन् । करिब दुई महिनाअघि जनता बैंकमा खाता खोल्दा उनले यी सामान पाएकी हुन् । ँपत्रिकामा विज्ञापन देखेपछि खाता खोलिकी थिएँ,’ उनले भनिन्, ँसामान लिएर फर्किएँ ।’
कमर्ज एन्ड ट्रस्ट बैंकले गत साता खाता खोल्दा सिनेमाको टिकट निःशुल्क पाउने योजना ल्यायो । यस योजनाअन्तर्गत खाता खोल्दा जय नेपाल र कुमारी हलको टिकट पाइन्छ ।
शून्य रुपैयाँमा खाता खोल्दा १ सय रुपैयाँ जम्मा गरिदिने गरी नारी दिवसका अवसरमा सिभिल बैंकले योजना ल्यायो । यस्तै खाले योजनाको सुरुवात भने किस्ट बैंकले करिब ४ वर्षअघि गरेको थियो ।

आर्थिक विकासमा चीनले अमेरिकालाई उछिन्ने

विश्व बैंकका प्रमुख अर्थविद् जस्टिन लिनले उदाउँदो चीनले आगामी २० वर्षसम्म लगातार वार्षिक आर्थिक वृद्धिदर ८ प्रतिशत कायम राख्न सफल रह्यो भने यसले अमेरिकालाई पाखा लगाउँदै विश्वकोे सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सक्ने बताएका छन् ।
गत वर्ष चीनले विश्वको दोस्रो ठूलो अर्थतन्त्रको स्थानमा रहेको जापानलाई उछिनेको थियो । विश्वको दोस्रो ठूलो अर्थतन्त्रको उपाधि पाएको चीनले चालू वर्षका लागि वार्षिक आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल गर्ने लक्ष्य लिएको छ, जसले आगामी सन् २०१५ सम्मको वार्षिक वृद्धिदर ७ प्रतिशत कायम राख्ने लक्ष्य लिएको छ ।
“सन् २०३० सम्ममा चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्न सक्छ,” जस्टिनले भने । २०३० सम्ममा चिनियाँ अर्थतन्त्रको आकार क्रयशक्ति समता (पीपीपी) का आधारमा दोब्बर हुने उनको प्रक्षेपण छ ।
विगत दुई दशकयता चीनमा विश्वको सबैभन्दा द्रुत गतिले आर्थिक विस्तार भएको जस्टिन बताउँछन्  । सन् १९९०–२०१० को बीच अवधिमा चीनले आश्चर्यपूर्ण तरिकाले वार्षिक १०.४ प्रतिशतका दरले आर्थिक वृद्धि गर्न सफल भयो, जुन आर्थिक वृद्धिदरको प्रवृत्ति अन्य राष्ट्रहरूको तुलनामा निकै सबल हो ।

चीनलाई उछिन्दै भारत विश्व कै सबैभन्दा बढी हतियार आयात गर्ने देश

चीनलाई उछिन्दै भारत विश्व कै सबैभन्दा बढी हतियार आयात गर्ने देश बनेको स्वीडेनको एउटा संस्थाले जनाएको छ। स्टकहोम इन्टरन्यासनल पिस रिसर्च इन्स्टिच्युट (सिप्री) को प्रतिवेदन अनुसार भविष्यमा पनि भारत बढी हतियार आयात गर्ने देशका रुपमा रहिरहने देखिन्छ।
साढे ३२ अर्ब अमेरिकी डलर रक्षा बजेट रहेको भारतले ७० प्रतिशतभन्दा बढी हतियार आयात गर्ने गर्छ।

आफ्नो सशस्त्र फौजलाई आधुनिकिकरण गर्न आगामी पाँच वर्षमा भारतले थप ५० अर्ब डलर खर्च गर्न खोज्दैछ। यसमा १० अर्ब डलरको १२६ नयाँ फाइटर जेट किन्ने सम्झौता पनि पर्छ।
चीनको बढ्दो शक्ति र पाकिस्तानसँगको पुरानो प्रतिद्वन्द्विताबीच भारतले हतियार खरिद गर्न बढी रकम खर्च गर्न थालेको हो।
इन्स्टिच्युटका अनुसार चीनले घरेलु हतियार उद्योगको विकास गरेकोले हतियार आयात गर्नेमा ऊ दोस्रो स्थानमा झरेको हो।
हतियार बेच्नेमा भने अमेरिका पहिलो स्थानमा रहेको छ। अमेरिकापछि रुस र जर्मनी हतियार बेच्ने देशहरुको सूचिमा दोस्रो र तेस्रो संख्यामा छन्।

के हो यो आणविक विकिरण भनेको ?

फुकुसिमास्थित आणविक पावर प्लान्टमा चरमबद्धरुपमा भएको बिस्फोट र त्यसबाट उत्पन्न आणविक विकिरणको समस्या अहिले जापानमा मात्र नभएर बिश्वभरकै मानिसहरुले चिन्ता र चासो लिईरहेको बिषय बनेको छ । हालै जापानमा आएको शक्तिशाली भूकम्प, भूकम्पपछिको सुनामीले त्रसित बनेका जापानमा रहेका नेपालीहरुमध्य कमैले सुनेका र भोगेका नयाँ र नौलो अर्को समस्या आणविक विकिरणको भयावहले थप चिन्तित बन्दै गईरहेका छन् यहांका नेपालीहरु पनि । यद्यपि मार्केटमा आएको हल्लाजस्तै त्यसरी आत्तिईहाल्नुपर्ने स्थिति नभएको उर्जा बिशेषज्ञ डा. राम गिरी बताउनुहुन्छ । एनआरएन जापानका सल्लाहकारसमेत रहनुभएका डा. गिरी भन्नुहुन्छ "बाहिर मार्केटमा आएको हल्ला जस्तो त्यस्तो भयावह स्थिति छैन, यद्यपि त्यसो भन्दैमा ढुक्क भएर हिड्ने अवस्था पनि छैन ।"

यसरी भयो एटीएमको(ATM) विकास

 एटीएम अहिले सहरी क्षेत्रमा बसोबास गर्ने हरेक मानिसको आधारभूत आवश्यता बन्दै गएको छ। बैंक तथा वित्तीय संस्थाहरूले शाखाभन्दा पनि एटीएम जस्ता यन्त्रका माध्यमले सेवा दिन थालेपछि एटीएम प्रति सर्वसाधारणको आकर्षण दिनदिनै बढ्दो छ। न त बैंकसम्म पुग्ने समस्या, न त चेक लिएर लाइनमका बसिरहनुपर्ने झन्झट। आफूलाई पायक पर्ने ठाउँमा गएर मेसिनमा कार्ड घुसायो अनि आफूलाई हआवश्यक पैसा निकाल्यो। हअझ चौबीसै घन्दा सेवा पाइने भएकाले पनि एटीएमप्रतिको आकर्षण बढ्दो छ। यस्तो अद्भूत एटीएकम मेसिनको विकास कसरी भयो भनेर जिज्ञासा हुनु स्वभाविकै हो।
रिटेल बैंकिङमका सेल्फ सर्भिसको अवधारणा जापान, स्वीडेन, बेलायत र अमेरिकामा भएका विभिन्न प्रयासहरूका कारण विकास भएको पाइन्छ। अमेरिकाका लुथर जर्ज सिकमजनले पहिलो एटीएम मेसिन तयार पारेका थिए। तर त्यसबेला त्यो त्यति धेरै सफल धभने हुन सकेन। सिमजनले ३० को अन्त्यतिर नै एटीएम बनाउन सुरु गरेको बताइन्छ। उनले तयार पारेको एटीएमलाई ब्यांकोग्राफ नामकरण गरिएको थियो, जुन सन् १९६१ मा न्युयोर्क सिटीको सिटी बैंक अफ न्युयोर्कमा राखिएको थियो। तर ग्राहकहरूले नरुचाएपछि यसलाई ६ महिनापछि नै त्यहाँबाट निकालिएको थियो।

मेवा खेतीले व्यावसायिक रूप लिँदै

चितवनमा मेवा खेती फस्टाउादै जान थालेको छ । फलफूलका रूपमा लिने मेवाबाट राम्रो आम्दानी हुने भएपछि यस खेतीतर्फ किसान आकषिर्त हुन थालेका हुन् । जिल्लाको पूर्वी क्षेत्रका किसान मेवा खेतीतर्फ बढी आकषिर्त भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
यहााका किसानले पछिल्लो समयमा मेवा खेतीलाई व्यावसायिक रूपमा लिादै आएका छन् । विगत सात वर्ष अगाडिदेखि कतै कतै समान्य रूपमा लगाइएको भए पनि अहिले पूर्वी चितवनका विभिन्न स्थानमा मेवा खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाइएको छ ।
अहिले पूर्वी चितवनका ३० बिघा क्षेत्रमा मेवा खेती गरिएको कृषि विकास कार्यालय चितवनका प्रमुख लक्ष्मण पौडेलले जानकारी दिनु भयो । चितवनको जयमङ्गला, पदमपुर, पिठुवा, वीरेन्द्रनगर, खोलेसिमल लगायतका स्थानमा व्यावसायिक मेवा खेती हुने गरेको छ । अन्य वालीको तुलनामा मेवा व्यवसाय गर्दा कम खर्चमा धेरै आम्दानी हुने गरेकोले कृषकहरू यस तर्फ आकषिर्क हुादै गएका छन् ।

नेपाली मल्टिनेसनल

राजनीतिक अस्थिरता र द्वन्द्व सुरु भएपछि उद्यमी व्यवसायीसँग लगानीका बारेमा प्रश्न गर्दा प्रायः सबैको एउटै उत्तर हुन्थ्यो , वातावरण खै? पर्ख र हेरको स्थितिमा छौं। तर, विनोद चौधरी यसभन्दा फरक उत्तर दिन्थे। पाँच वर्षअघि टेलिभिजन अन्तर्वार्तामा चौधरी गु्रपका अध्यक्ष विनोदले भनेका थिए–वातावरण छैन भनेर कहिलेसम्म पर्खिने जहाँ अवसर छ त्यही गएर लगानी गर्नुपर्छ।

२०५१ पछि राजनीतिक अस्थिरताले उद्यमी व्यवसयी र लगानीकर्ता हतोत्साहित थिए र अहिलेसम्म छन्। तर, यस बीचमा विनोदले आफुले भनेजस्तै गरे, जहाँ अवसर छ त्यही गए र एक दसकभित्रै चौधरी ग्रुप (सिजी) नेपाली बहुराष्ट्रिय कम्पनी बन्यो। एक महिनाअघि थाइल्यान्डमा दुई वर्षभित्र सिजीले ३० ठूला होटलमा ३५ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ। यसै साता नयाँ दिल्लीमा विनोदले भने भारतमा हामी ५ अर्ब लगानी गर्दैछौं।

रुपन्देहीको बजेट सवा ३ अर्ब



रूपन्देही जिल्ला विकास समितिले आर्थिक वर्ष २०६८/६९ का लागि ३ अर्ब २१ करोड ८९ लाख ७ हजार रुपैयाँबराबरको अनुमानित आयव्यय सार्वजनिक गरेको छ ।
भैरहवामा सम्पन्न १८ औं जिल्ला परिषद्मा स्थानीय विकास अधिकारी ताराबहादुर कार्कीले अनुमानित आयव्यय सार्वजनिक गर्दै विकास निर्माण, शिक्षा, स्वास्थ्यलगायतलाई प्राथमिकतामा राखिएको बताए । चालू त्रिवर्षीय योजना, राष्ट्रिय योजना आयोग र विषयगत मन्त्रालयबाट प्राप्त निर्देशन एवं मार्गदर्शन तथा स्थानीयस्तरबाट प्राप्त सुझावहरूका आधारमा योजना तर्जुमा गरिएकोे कार्कीले जनाए ।
उनले जिल्लाका निक्षेपित कार्यालय एवं विषयगत कार्यालयहरूको १ अर्ब ९४ करोड ७८ लाख २७ हजार, गैरसरकारी संस्थाहरूको २४ करोड ९२ लाख ७२ हजार र नेपाल सरकार तथा अन्य निकायबाट योजना सञ्चालनका लागि प्राप्त १ अर्ब २ करोड १८ लाख ८ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।

महँगो ओलिभ तेल उत्पादन नेपालमै

बहुउपयोगी ओलिभ (जैतुन) को फलबाट यो वर्ष नेपालमा १ हजार ३ सय लिटर तेल उत्पादन भएको छ । लिटरकै २ हजार रुपैयाँ पर्ने अत्यन्त उपयोगी यो तेल उत्पादनको यहाँ प्रशस्त सम्भावना रहेको यसले देखाएको छ ।
जर्मनीका व्यवसायी हार्टमुर्ड बौडरले मकवानपुरको चित्लाङमा गरेको ओलिभ खेतीले यो वर्ष राम्रो उत्पादन दिएको हो । बौडरले चित्लाङमा हिमालयन प्लान्टेसन नामक कम्पनी स्थापना गरेर १ सय ६० रोपनी जग्गामा ओलिभका करिब २ हजार बिरुवा लगाएका छन् । तिनबाट यो वर्ष १७ टन फल उत्पादन भएको बौडरले बताए । 'प्रशोधनपछि त्यसबाट
१ हजार ३ सय लिटर तेल उत्पादन भएको छ,' उनले भने, 'यो उत्साहजन उत्पादन हो ।'
त्यहाँ उत्पादित ओलिभको तेल इटलीको सरकारी प्रयोगशालामा गरिएको परीक्षणबाट एक्स्ट्रा भर्जिन (अतिरिक्त शुद्ध) प्रमाणित भएको बौडरले जानकारी दिए । 'यो परीक्षणले हाम्रो उत्पादनलाई संसारको उत्कृष्टमध्येको ठहर गरेको छ,' उनले भने ।

बिहार अब अपराध र न्यून वृद्धिको राज्य रहेन

आमनेपाली भन्ने गर्थे— नेपालको सिमानामा भारतको पिछडिएको राज्य बिहारको सिमाना जोडिनु नेपालीको दुर्भाग्य हो । बिहारमा हुने अपराध र त्यहाँको गरिब अनुहारले यो राज्यप्रति नेपालीको नकारात्मक धारणा हुनु पनि स्वाभाविकै हो ।
राजनीति बिग्रिए पनि बिहारी राजनीति, शिक्षामा अनैतिक अभ्यास देखिए पनि बिहारी शिक्षाजस्ता कुरा आमनेपालीको जिब्रोमा झुन्डिने गरेको थियो । तर, पछिल्ला वर्षहरूमा बिहारले गरेको आर्थिक वृद्धिले पुरानो नकारात्मक धारणालाई परिवर्तन गर्नुपर्ने अवस्था आएको छ ।
पहिलो पटक बिहारको भ्रमणमा रहेका प्रसिद्ध लेखक चेतन भगतले यो राज्य विगतको जस्तो अवस्थामा नरहेको तथा मानिसहरू पनि वृद्धि र परिवर्तित अनुहारको बारेमा चर्चा गर्न थालेको बताएका छन् ।