यसरी भयो एटीएमको(ATM) विकास

 एटीएम अहिले सहरी क्षेत्रमा बसोबास गर्ने हरेक मानिसको आधारभूत आवश्यता बन्दै गएको छ। बैंक तथा वित्तीय संस्थाहरूले शाखाभन्दा पनि एटीएम जस्ता यन्त्रका माध्यमले सेवा दिन थालेपछि एटीएम प्रति सर्वसाधारणको आकर्षण दिनदिनै बढ्दो छ। न त बैंकसम्म पुग्ने समस्या, न त चेक लिएर लाइनमका बसिरहनुपर्ने झन्झट। आफूलाई पायक पर्ने ठाउँमा गएर मेसिनमा कार्ड घुसायो अनि आफूलाई हआवश्यक पैसा निकाल्यो। हअझ चौबीसै घन्दा सेवा पाइने भएकाले पनि एटीएमप्रतिको आकर्षण बढ्दो छ। यस्तो अद्भूत एटीएकम मेसिनको विकास कसरी भयो भनेर जिज्ञासा हुनु स्वभाविकै हो।
रिटेल बैंकिङमका सेल्फ सर्भिसको अवधारणा जापान, स्वीडेन, बेलायत र अमेरिकामा भएका विभिन्न प्रयासहरूका कारण विकास भएको पाइन्छ। अमेरिकाका लुथर जर्ज सिकमजनले पहिलो एटीएम मेसिन तयार पारेका थिए। तर त्यसबेला त्यो त्यति धेरै सफल धभने हुन सकेन। सिमजनले ३० को अन्त्यतिर नै एटीएम बनाउन सुरु गरेको बताइन्छ। उनले तयार पारेको एटीएमलाई ब्यांकोग्राफ नामकरण गरिएको थियो, जुन सन् १९६१ मा न्युयोर्क सिटीको सिटी बैंक अफ न्युयोर्कमा राखिएको थियो। तर ग्राहकहरूले नरुचाएपछि यसलाई ६ महिनापछि नै त्यहाँबाट निकालिएको थियो।
ब्यांकोग्राफमा सिक्का, रूपैयाँ र चेक लिने सुविधा थियो तर यसले अहिलेको एटीएमले झैं पैसा भने दिँदैनथ्यो। यद्यपि यस मेसिनले अमेरिकाका बैंकहरूलाई डिपोजिट लिने वैकल्पिक उपायको खोजी गर्न भने उत्प्रेरित गर्योय। त्यही बेला युरोप र एसियाको आवश्यकता भने डिपोजिट लिनेभन्दा पनि पैसा दिने मेसिन थियो।
पहिलो क्यास डिस्पेन्सिङ मेसिन सर्वप्रथम सन् १९६६ मा जापानको टोक्योमा प्रयोगमा आएको थियो। तर त्यसबाट खाताको पैसा नभई क्रेडिट कार्डमा रहेको पैसा निकाल्ने सुविधा मात्र थियो। त्यो मेसिनले पनि अन्तर्राष्ट्रिय बजारमा खासै उपलब्धी दिन सकेन। सन् १९६० को सुरुतिर निरन्तर प्रयासस्वरूप स्वीडेन र ब्रिटेनका इन्जिनियरहरूले आफ्नै एटीएम मेसिन बनाउन सफल भए। यसरी बनाइएको पहिलो मेसिन लन्डनमा रहेको बारक्लेस बैंकमा सन् १९६७ जुन २७ मा राखियो। मेसिनको अधिकतम प्रचार होस् भन्ने उदेश्यले बेलायतमै पहिलो चोटि प्रयोगमा ल्याइएको यस मेसिनको पहिलो प्रयोग प्रख्यात हास्य कलाकार रेग भार्नेलाई गराइएको थियो। यो आविष्कारको श्रेय जोन सेपर्ड बेरोनलाई दिइन्छ। यस मेसिनमा पिन नम्बरको आधारमा ग्राहकको पहिचान हुन्थ्यो। यद्यपि बैंक कार्डको भने त्यतिन्जेल विकास भइसकेको थिएन। एटीएम विकासका क्रममा तेस्रो मेसिन भने प्रविधि निर्माता कम्पनी स्पेटेक र मिडल्यान्ड बैंकको सहकार्यमा निर्माण गरी सन् १९६९ देखि युरोप र अमेरिकामा वितरण गर्न सुरु गरिएको थियो। यस मेसिनमा भने अहिलेकै जस्तो 'म्याग्नेटिक स्ट्राइप'सहितको कार्डको प्रयोग गर्ने सुविधा थियो। कार्डमै ग्राहकको नाम लगायत अन्य जानकारी समेत रहने व्यवस्था गरिएको थियो। कार्डमा स्टोर हुने पिन नम्बरको अवधारणा भने ब्रिटिस इन्जिनियर जेम्स गुडफेलोले सन् १९६५ मा विकास गरेका थिए।
युरोपमा भएको एटीएम विकासलाई अझ परिष्कृत रूपमा प्रस्तुत गर्ने क्रममा नेटवर्क सहितको एटीएम सन् १९६८ मा अमेरिकाका डोनाल्ड वेट्जेलले विकास गरे।
सुरुका एटीएममा कार्ड छिराएपछि निश्चित रकम मात्र निकाल्न मिल्थ्यो। एटीएमको विकासक्रम सँगै त्यसबाटै खातासम्बन्धी अन्य जानकारी समेत प्राप्त गर्न सकिने लगायतका सुविधासहितका एटीएमहरूको विकास भयो। नेटवर्कसहितको एटीएम विकासका कारण मास्टर, भिसा, अमेरिक एक्सप्रेस जस्ता नेटवर्क कम्पनीहरू अस्तित्वमा आए। अहिले त्यही नेटवर्कमार्फत् कुनै एक देशमा भएको बैंकको कारोबार एटीएम मेसिन मार्फत संसारभर गर्न सकिन्छ। एटीएम राखिएको स्थानबाहिर नेटवर्क कम्पनीहरूको बेग्लाबेग्लै लोगो त सबैले देखेकै हुनुपर्छ। तिनै मध्ये कुनै लोगो हामीले प्रयोग गर्ने कार्डमा समेत हुन्छ। यदि एटिएम लाउन्जबाहिर रहेको लोगो कार्डमा समेत छ भने उक्त कार्ड त्यो एटीएममा समेत गर्न मिल्छ। अहिले प्रायः सबैजसो एटीएम मेसिनमा संसारका मुख्य नेटवर्क प्रदायकहरूले जारी गर्ने कार्ड प्रयोग गर्न मिल्छ। नेपालमा एउटा एटीएम मेसिन जडान गर्नका लागि ६० लाख रूपैयाँभन्दा बढी पर्छ।