व्यवसायको हरेक क्षेत्रमा नयाँ नयाँप्रविधि र प्रणालीहरू स्थापित हुँदै आएका छन् । समय र साधनलाई मितव्ययी एवं छरितो बनाउने क्रममा अन्तर्राष्ट्रिय हवाई यातायात संस्था आई.ए.टी.ए.को २००४ को साधारण सभाले सन् २००७ सम्ममा विना टिकटको हवाई यात्रालाई सम्भव बनाउने एजेण्डा पास गरेको थियो । अर्थात् विद्युतीय टिकट इ टिकेटिङ्ग लागू गर्ने निर्णय लिएको थियो । सन् २००५ सम्ममा ४० प्रतिशत २००६ मा ७० प्रतिशत एवं २००७ को अपि्रल सम्ममा करिब ८० प्रतिशत सफलता हात पार्दै हाल अन्तर्राष्ट्रिय उडानहरू सबैमा ई-टिकेटिङ्ग लागू भइसकेको छ । जून १, २००८ देखि अन्तर्राष्ट्रिय उडानहरूमा हाते टिकट स्वीकार नहुने भनिएकोले पनि विद्युतीय टिकटले बजारमा छिटो प्रश्रय पाएको हो ।
विमानस्थल जाँदा हातले लेखिएका टिकटहरू बोकेर जाने परम्परा अब इतिहास बनेको छ । एउटा कागजको स्लिप -पर्चा) जसमा उडान नम्बर गन्तव्य शहर एवं समय तालिका लेखिएको हुन्छ, सोनै आधिकारिक उडान पत्र बनेको छ । टिकट बुक गरेपछि प्राप्त हुने सानो पर्चा जसलाई हामी ई-टिकट भन्दछाँै ई-मेलमा पनि देख्न सकिन्छ । विमानस्थलमा त्यो पर्चा देखाएपछि काउण्टरबाट कम्प्युटरकृत बोर्डिङ्ग पास उपलब्ध हुन्छ र यात्रुहरू आˆनो गन्तव्य प्रस्थानको लागि जहाजभित्र प्रवेश गर्दछन् । हवाई टिकटलाई साधारणतया यात्रु र बाहक बिचको आधारपत्र मानिन्छ । हवाई उडानको दौरान यात्रुको मृत्यु भएमा वा कुनै अङ्ग भङ्ग भएमा शर्तअनुसारको क्षतिपूर्ति दिइने बाहकले कबुलियत गरेको हुन्छ । यो आई.ए.टी.ए.ले तयार गरेको ढाँचामा बनेको छ । ई-टिकेटिङ्ग पद्धति बिल्कुलै नयाँ सुधारिएको अव धारणा हो । सन् ८० को दशकबाट अमेरिकाका आन्तरिक बाहकहरूले एक बिन्दुदेखि अर्को बिन्दुसम्म लागु हुने गरि यो प्रणाली प्रचलनमा ल्याएको देखिन्छ । युनाइटेड एअरलाइन्सले सन् १९८४ मा यसको प्रयोग सुुरू गरे पनि वास्तविकरूपले सञ्चालमा आउन करिब ६ वर्ष लागेको थियो । एकपल्ट यो प्रयोगमा आएपछि भने विश्वमा हवाई यात्राको टिकेटिङ्गको स्वरूपनै फेरिएको छ । ई-टिकेटिङ्ग एउटा यस्तो विधि बन्यो जसमा यात्रुको प्रस्थान बिन्दुदेखि गन्तव्य र तत्सम्बन्धी तिथिमिति, शुल्क सहितका सबै विवरण कम्प्युटरमा भण्डारण भई बसेको हुन्छ । यसरी हातले लेखिएको टिकट बोकेर जाने अवस्थालाई उछिन्दै बिना टिकटको यात्रा प्रचलनमा आयो ।
आज नेट सेवा मार्फत् अनलाईन बुकिङ्ग पनि सम्भव भएको छ । वायुसेवा कम्पनीहरूले यात्रु सिट सुरक्षण गर्न सकिने तीन चरणको व्यवस्था गरिएको छ । प्रथम चरणमा आन्तरिक उडानको लागि अनलाईन सेवा सुरू भएको छ । द्वितीय चरणमा ट्राभर एजेन्टहरूको लागि विश्वव्यापी वितरण प्रणाली -जि.डि.एस.) सेवा लिन सकिने भएको छ भने तृतीय चरणमा सेवा सम्बन्धन जोडिएका वायुयान कम्पनीहरू बिच इन्टरलाईन ई-टिकेटिङ्ग कार्य सम्भव भएको छ । अर्थात् जहाजैपिच्छे टिकट खरिद गर्नुपर्ने हैरानीलाई कम गर्दै टिकेटिङ्ग कार्यलाई सहज एवं समय सापेक्ष तुल्याएको छ । यसरी उपभोक्ताको लागि सरल बुकिङ्ग प्रणाली एवं आवश्यकता अनुसारको गन्तव्य फेरबदल गर्न सकिने भएको छ भने अर्कोतर्फ कम्पनीलाई पनि सिट अवस्था बुझ्न सजिलो र लाखौं रूपियाँ लगानी गरी बण्डलका बण्डल टिकट जगेडा राख्नुपर्ने, आˆना अरू स्टेशनहरूमा नियमित रूपले वितरण गरिरहनुपर्ने आवश्यकता पनि रहेन । यसैगरी हाते टिकट चोरी भई फर्जी प्रयोग हुने डर वा हराएको खण्डमा तिर्नुपर्ने जरीवानाबाट कर्मचारीहरूलाई पनि राहत मिलेको छ ।
ई-टिकेटिङ्ग कार्यान्वयन हुन विमान स्थलमा पनि एउटा बेग्लै विद्युतीय उपकरण क्युट -कमन युज्ड टर्मिनल इक्युपमेण्ट) को आवश्यकता पर्दछ । क्युको तयारीको लागि नागरिक उड्डयन प्राधिकरणको टोलीबाट भारतको नयाँ दिल्ली एवं मुम्बईमा अध्ययन अवलोकन भई प्राप्त प्रतिवेदनको आधारमा नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा पनि ई-टिकटको कार्य सञ्चालन भएको छ ।
हतार हतारमा निस्कँदा हवाई टिकट लिन छुट्ला वा चोरिएला भन्ने डर पनि रहेन । ई-टिकट बोक्न छुटेको अवस्थामा पनि नजिकको साईबर क्याफेमा गएर ई-नेटबाट प्रतिलिपि प्राप्त गर्न सकिन्छ । अथवा सिधै विमानस्थल गएर यात्रुले आˆनो परिचय दिए मात्र पनि कम्प्युटरमा रहेको अभिलेखबाट बोडिङ पास उपलब्ध हुन्छ । संसारभर लागु भइसकेको यस प्रणाली अन्तर्गत हवाई यात्राको समय सारङ्गी फेरबदल भएमा पनि नयाँ टिकट लिइरहनुपर्ने झन्झट यात्रुलाई आइपर्नेछैन । पहिलेको बुकिङ्गबाट नै यात्रा गर्न सकिनेछ । कतिपय अवस्थामा त बोर्डिङ्ग पाससमेत यात्र आफैँले बनाउन सक्दछन् ।
ई-टिकट प्रणालीको अर्को फाइदा हो - चेक ईन व्यवस्थाको । परम्परागतरूपमा विमान स्थलमा नै चेक ईन कार्य हुने गर्दछ । आज ई-टिकट प्रणालीमा इनटर-नेट सुविधा प्राप्त कुनै पनि ठाउँबाट चेक-इन गर्न सकिने सुविधा उपलब्ध छन् । यसरी चेक-ईन गर्दा आफू बस्न चाहेको सिट जस्तै धूमपान रहित क्षेत्र वा झ्यालनिरको सिटमा पनि छान्न सकिन्छ । साथै चेक-इन कार्यमा सहयोग पुग्ने गरि आफूसँग भएका व्यागहरूको सङ्ख्या पनि यात्रुले सम्बन्धित वायु सेवा कम्पनीलाई अगि्रमरूपले जानकारी दिन सकिन्छ ।
यस प्रणाली अन्तर्गत ट्राभल एजेन्टहरूले आफूले गरेको बिक्री रकम बिलिङ्ग एण्ड सेटलमेन्ट प्लान -बि.एस.पी.) मार्फत् वायुसेवा कम्पनीलाई भुक्तानी गर्दछन् । यसका लागि विमान कम्पनीहरूले सूचनाप्रविधि विश्वव्यापी वितरण प्रणाली ग्रावेल डिष्ट्रब्युसन सिस्टम अवलम्बन गरेका हुन्छन् । हाल नेपालका विमान कम्पनीहरूले अबाकस, अमाडस, साब्री, ग्यालिलियो, एक्सेस, वल्र्डस्पान, इन्पिmनी अपोलो आदि सूचनाप्रणाली प्रयोग गर्ने गरेका छन् । यस प्रकारको सूचना प्रविधि प्रयोग गरी आई.ए.टि.ए.का सदस्य ट्राभल एजेन्टहरूले टिकट बुक गर्ने कार्य गर्दछन् । ई-टिकेटिङ्ग गर्न ट्राभल एजेन्टहरू सबै आई.ए.टि.ए. को सदस्य भने हुनैपर्दछ । जसको लागि प्रति एजेन्ट कम्तिमा १० हजार अमेरिकी डलरको बैँक जमानी आवश्यक पर्दछ ।
नेपालमा करिब १२०० ट्राभल एजेन्टहरू रहेका छन् । तीमध्ये करिब ०१८ वटा एजेन्टहरू मात्र आई.ए.टि.ए. सँग आबद्ध छन् । ठूलो रकमको बैङ्क राशि धितो राख्नुपर्ने भएकोले साना एजेन्टहरूलाई काम गर्न आर्थिक कठिनाई भइरहेको अवस्था छ । तसर्थ कतिले अधिकारप्राप्त अधिकारीबाट स्वीकृति लिइ छोटो समयको लागि हाते टिकट पनि प्रयोग गरिरेका छन् ।
ई.टिकट भविष्यको बाध्यतानै भएकोले पछिल्लो समयमा आई.ए.टि.ए.को सदस्य बन्नेहरूको सङ्ख्या दिनानुदिन बढ्दो छ । हाल विश्वका २४८ विमानसेवाहरूले आई.ए.टि.ए.को निती नियमहरू पालना गर्दै आएक छन् । आईंए.टि.ए.को निती नियमहरू पालना गर्दै आएका छन् । आई.ए.टि.ए.को प्रतिवेदनमा उल्लेखित विवरणअनुसार पनि ई-टिकेटिङ्ग सुरू भएपछि विमान कम्पनीहरूले सरदर प्रति टिकट नौ अमेरिकी डलर बचत गर्ने दावी गरिएको छ । यो सेवा सतप्रतिशत लागु हुनसकेको अवस्थामा वाषिर्क ३ अर्व अमेरिकी डलर बराबरको रकम बचत हुने अनुमान गरिएको छ । यसरी वायुसेवा कम्पनीहरूले कम्तिमा पनि ८० प्रतिशत अर्थात् यु.एस.डी. ७ देखि १ सम्मको टिकेटिङ्ग लागत घटाउन सकिने भएको छ । यसैगरी विमान सेवाहरूले ट्राभल एजेन्टहरूलाई दिँदै आएको १५ दिने उधारो खतरामापनि ठूलो कमी आउने निश्चित छ ।साना एजेन्सीहरूले पनि ठूलो मात्रामा बैङ्क जमानी राख्नुपर्ने भएकोले केही गुनासाहरू नउठेका भने होइनन् ।
ई.टिकट भनेर चिनिने विद्युतीय टिकट उत्तरी अमेरिकाको विमानसेवा नर्थइष्टको आन्तरिक उडानमा ९९.९ प्रतिशत प्रयोगमा आइसकेका छन् भने अन्तर्राष्ट्रिय उडानहरूमा ९८.७ प्रतिशत छ । युरोपमा पनि आईवेरिया र बिटि्रश एअरले ई-टिकटमा तिब्र प्रगति गरिरहेका छन् । एक वर्ष अघिसम्म ९७ प्रतिशतको हाराहारीमा रहेको ई-टिकेटिङ्ग अहिले सतप्रतिशत पुगेको छ ।
नेपालमा उडान गर्ने विदेशी कम्पनीहरूले प्रायः सबै उडानमा यो व्यवस्था लागू गरेका छन् । नेपालमा ई-टिकेटिङ्ग सुरू गर्नेमा पहिलो कता एयरले अगष्ट २००७ मा नै यस्तो टिकट जारी गर्न थालेको हो । त्यसलाई पछ्याउँदै गल्फ, इतिहास, थाईले पनि यो सेवा दिन थालिसकेका छन् । प्रारम्भमा काठमाडौँ-बैङ्कक-काठमाडौँ सेक्टरको बिनामूल्य एफ.ओ.सि. टिकटबाट परीक्षण कार्य थालनी भई जुन २००८ देखि नेपाल वायुसेवा निगमले पनि आˆना सबै अन्तर्राष्ट्रिय उडानहरूमा ई-टिकट लागु गरिसकेको अवस्था छ
राजभाइ मानन्धर