उच्च गतिको रेलले विमानसेवा प्रभावित

चीनभरि विस्तार भएको उच्च गतिको रेलले आन्तरिक विमान सेवा प्रभावित हुन थालेका छन् ।
देशका केही भाग उहान, नानजिङमा मार्च २७ देखि हवाई सेवा अवरुद्ध भइसकेको छ ।
२००९ मा सुरु भएको हेफी उहानको उच्च गतिको रेलले यात्रा अवधि १० घन्टाबाट कटौती गरी तीन घन्टामा झारिसकेको छ । तीन जोडी उच्च गतिका रेल सेवाहरू उहान र नानजिङबाट प्रत्येक दिन प्रतिघन्टा २ सय ५० किलोमिटरको गतिमा सञ्चालित भइरहेका छन् । दोस्रो स्तरको सिटका लागि टिकट दर १ सय ८० युआन (२८ अमेरिकी डलर) रहेको छ ।
यो भन्दा पहिले सञ्चालित विमान सेवाहरू प्रतिघन्टा ५ सय २० किलोमिटरको यात्रा तय गर्ने र यात्रा खर्च ७ सय ३० युआन लाग्थ्यो ।
यी दुई सहरहरूबीचको यात्रामा प्रयोगमा आउने रेल झन्डै ९० प्रतिशत रहेकोमा विमान सेवाको उडान भने ५० प्रतिशत मात्रै रहेको छ ।

उहानमा उच्च गतिको रेलको प्रभाव उडान सेवामा स्पष्ट रूपमा देखा परेको छ । ६ सय किलोमिटरभन्दा छोटा उडानहरू रद्द नै भइसकेको उहान तियान्हे विमानस्थलले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरिएको छ ।
यो विमानस्थलमा यो वर्षको फेबु्रअरीमा वसन्त ऋतुको बिदाको समयमा ६ लाख ७७ हजार ७ सय यात्रु आवतजावत गराएको थियो । यो अनुपात गत वर्षको भन्दा ८.५२ प्रतिशतले कमी हो र यो गिरावट २३ वर्षकै इतिहासमा पहिलो हो ।
समान अवधिमा गत वर्षको तुलनामा रेल प्रयोग ६० प्रतिशतभन्दा बढीले भएको थियो ।
चीनले विस्तार गरेको उच्च गतिको रेल नेटवर्कको लम्बाइ ८ हजार ३ सय ५८ किलोमिटर पुगिसकेको छ, जुन २०१० को उत्तराद्र्धबाट सञ्चालनमा आउन थालिसकेका छन् ।
चिनियाँ रेल्वे मन्त्रालयले जनवरीमा चीनले यो वर्ष रेलमार्ग निर्माणमा ७ खर्ब युआन (१ खर्ब डलरभन्दा बढी) लगानी गर्ने घोषणा गरिसकेको छ । 
कारोबार दैनिक