-रमण घिमिरे
रेस्टुराँ सबैले चलाएका छन् । काठमाडौँ उपत्यकामा मात्र सयौँ रेस्टुराँ छन् । हरेकमा आ-आफ्नै स्वादका परकिार पस्िकइन्छ । तर, १७ वर्षदेखि सञ्चालित रामजी अवालको सुजल क्याफे एन्ड सोफा रेस्टुराँचाहिँ अरूभन्दा फरक छ । अवाल रेस्टुराँका मीठा परकिारहरूमा मिसाएर नेपाललाई चिनाउन चाहन्छन् । उनको नेपाल चिनाउने शैली हो, नेपाली तस्िबर ।
अवालको रेस्टुराँमा पहिलोचोटि पस्ने ग्राहकलाई मेनुका परकिारले होइन, भित्तामा लहरै टाँगिएका तस्िबरहरूले आकषिर्त गर्छन् । त्रिपुरेश्वरको नेपाल आँखा अस्पतालसँगै रहेको यस रेस्टुराँले जिज्ञासु दृष्टिहरूलाई बाहिरैबाट तान्छ । यसको छानोमा फर्फराइरहेको १५ फिटे झन्डाले भन्छ, राष्ट्रियता नेता र मन्त्रीका भाषणमा भन्दा कैयौँ गुणा बढी अवालको छातीमा स्पन्दित भइरहेको छ । त्यति मात्रै होइन, उनले लगाउने हरेक टिसर्टमा नेपाली झन्डा नै अंकित हुन्छ । यिनी जुनसुकै औपचारकि कार्यक्रममा जाँदा पनि राष्ट्रियताका लागि दौरा-सुरुवाल र ढाका टोपीमा सजिएर मात्र जान्छन् । अवाल भन्छन्, "यो मैले फेसनका लागि लगाएको होइन ।"
फेसनकै लागि मात्र भए उनले आफ्नो यस रेस्टुराँमा उनकै दाबीमा ५० लाख रुपियाँका तस्िबरहरू झुन्ड्याउने थिएनन् । नेपालका पहाड, हिमाल र तराई हेरेर यिनी कुनै बेला हाँस्थे, 'आहा ! मेरो देश कति सुन्दर छ' भनेर । तर, अहिले कहिलेकाहीँ दिनभरकिो व्यस्तताले थाकेर लमतन्न ओछ्यानमा पल्टेर जब यही देशलाई सोच्छन् अनि उनका आँखाबाट तकियामा आँसु चुहिन्छ । उनलाई लाग्छ, आज उनको कल्पना बसेको 'सुन्दर, शान्त र विशाल' देशलाई नेताहरूले कुरूप पाररिहेछन् । त्यसैले यिनी आफ्नो रेस्टुराँमै भए पनि यस देशको सुन्दर छविलाई जीवन्त राख्न चाहन्छन् ।