तयारी कोरिया भाषापरीक्षाको

यतिबेला नेपाली युवाहरू कोरियन भाषा परीक्षामा सामेल हुने तरखरमा छन्। यसपटक ५७ हजार ६ सय ७५ नेपाली युवायुवती कोरिया जान भाषा परीक्षण -ईपीएस) का लागि तयार छन्। तेस्रो कोरियन भाषा परीक्षा २०६८ साउन ६ गते शुक्रबार र ७ गते शनिबार आवेदन संख्याका आधारमा सञ्चालन गरिने भएको छ। वस्तुगत बहुउत्तरको मूल्यांकनमा आधारित सुनाइ र पढाइ सीप कोरियन भाषपरीक्षाको आधार हुनेछ। दुवै परीक्षाको बीचमा मध्यान्तर हुनेछैन। 
कोरियन भाषा परीक्षणमा परीक्षार्थीले सुनेर, बुझेर र पढेर दिइएको उत्तरपुस्तिकामा सही उत्तरमा चिह्न लगाउनुपर्छ। प्रश्नपत्रमै विकल्पका रूपमा चारवटा उत्तर समावेश गरिएका हुन्छन्। हेर्दा सजिलो लाग्ने वस्तुगत प्रश्नमा एकमात्र सही उत्तरमा चिह्न लगाउनुपर्छ। उपयुक्त उत्तरमा चिह्न मात्र लगाउनुपर्ने यस्तो परीक्षामा सजग नहुँदा परीक्षार्थीले गलत उत्तर गलत स्थानमा प्रयोग गर्ने सम्भावना निकै हुन्छ। प्रश्नपुस्तिका र उत्तरपुस्तिका फरक-फरक हुन्छन् ।
परीक्षार्थीको भीड हेरेर यसपटक चार सिफ्टसम्म परीक्षा लिन सकिने बताइन्छ। परीक्षा दुई किसिमका छन्। सुनाइ र पढाइ सीपको परीक्षा निरन्तर सञ्चालित हुनेछन्, जसमा सुनाइ ४० मिनेट र पढाइ ३० मिनेटको हुनेछ। मुख्य प्रश्नहरू ट्राफिक चिह्न, संख्या, घडीको समय, स्वाद, मौसम, बार, दैनिक जीवनमा कामदारका लागि आवश्यक भाषा, सुरक्षासम्बन्धी जानकारी, कोरियन जीवनशैलीसम्बन्धी प्रश्न तथा कार्यालय प्रयोजनमा प्रयोग हुने शब्दावलीहरूसँग सम्बन्धित हुनेछ।


परीक्षास्थल तथा परीक्षा समयसम्बन्धी विस्तृत सूचना २०६८ असार २३ गतेको राष्ट्रिय दैनिक तथा इपिएस कार्यालयको वेबसाइट धधध।भउकलभउब।नियख।लउ मा प्रकाशित गरिएको छ। नतिजा प्रकाशन भने दुई महिनापछि २०६८ भदौ ६ गते इपिएस कार्यालय, श्रम तथा यातायात व्यवस्था मन्त्रालयको वैदेशिक रोजगार विभागको वेबसाइट धधध।भउकलभउब।नियख।लउ, ज्च्म् पयचभब को धधध।जचमपयचभब।यच।पच, भउक पयचभब धधध।भउक।नय।पच तथा वैदेशिक रोजगार विभागको सूचनापाटीमा प्रकाशित गरिनेछ।


प्रश्नपत्रको ढाँचा
रोजगार अनुमति प्रणाली -इपिएस) को परीक्षामा सुनाइ र पढाइ २५-२५ गरी जम्मा ५० वटा प्रश्न सोधिन्छ। प्रत्येक प्रश्नको अंकभार ४ हुन्छ। परीक्षार्थीले उत्तरपुस्तिकामा लेख्नेभन्दा पनि त्यहीं दिइएका विकल्पहरूमध्ये उपयुक्त विकल्पमा चिह्न मात्र लगाउनुपर्ने हुन्छ। प्रत्येक प्रश्नको चारवटा विकल्प दिइएका हुन्छन्।


सुनाइ सीपको परीक्षामा जम्मा २५ वटा सुनाइ सीपका प्रश्न सोधिन्छन्, जसमा सुनेको कुरालाई -परीक्षामा ४ वटा प्रश्न आउँछन्), चित्र हेरेर मिल्ने उत्तर -५ वटा प्रश्न आउँछन्), सुनेको कुरासँग मिल्ने चित्रलाई -३ वटा प्रश्न आउँछन्), प्रश्न सुनी ठीक उत्तर -५ वटा प्रश्न आउँछन्), संवाद सुनी प्रश्नको उत्तर -८ वटा प्रश्न आउँछन्) छान्नुपर्छ। यस्तै पढाइ सीपको परीक्षामा पनि २५ वटा पढाइ सीपसम्बन्धी प्रश्न सोधिनेछ। पढाइ सीपमा चित्र हेरी मिल्ने शब्द अथवा वाक्यलाई -५ वटा प्रश्न आउँछन्), खाली ठाउँमा सबैभन्दा मिल्नेलाई -७ वटा प्रश्न आउँछन्) छान्नुपर्छ भने प्रश्नको उत्तर -७ वटा प्रश्न आउँछन्), हरफ पढी सोधिएको प्रश्नको उत्तर -६ वटा प्रश्न आउँछन्) दिनुपर्छ।


उत्तर दिँदा ध्यान दिऊँ
यस पटकको परीक्षाबाट ८ बराबर १ को अनुपातमा परीक्षार्थी छानिनेछन्। महिलाका लागि भने ८ सय सिटा छुटयाइएको छ। त्यसैले प्रतिस्पर्धा निकै चर्को हुने बताइन्छ। परीक्षामा राम्रो अंक ल्याई आफ्नो सिट सुरक्षित गर्न परीक्षार्थीले पर्याप्त ध्यान पुर्‍याउनु आवश्यक छ। उत्तरपुस्तिकामा आफ्नो परिचय भर्नुपर्नेसहितको सुनाइ र पढाइको खाली उत्तर चार्ट पनि देब्रेपट्ट िदिइएको हुन्छ। सर्वप्रथम उत्तरपुस्तिकामा आफ्नो नाम लेख्नुपर्छ। सुरुमा आफ्नो थर अनि नाम उल्लेख गर्नुपर्छ। प्रश्नपत्र विभिन्न प्रकारका फरक-फरक समूहमा आउँछन्। जसमा ए, बी, सी र डी प्रकारका हुन्छन्। त्यसैले आफ्नो प्रश्नपत्रको प्रकार हेरेर आफ्नो प्रश्नको प्रकार उत्तरपुस्तिकामा उल्लेख गर्नुपर्छ।


परीक्षार्थीले आफ्नो हस्ताक्षर गर्न पनि बिर्सनु हुँदैन। त्यहाँ दिइएको सिम्बल नम्बर कोठामा आठवटा महलमा ० अंक देखि ९ अंकसम्म दिइएको हुन्छ। परीक्षार्थीले होस पुर्‍याएर आफ्नो सिम्बल नम्बर उक्त महलमा चिह्न लगाएर आफ्नो नम्बर संकेत लेख्नुपर्छ। उत्तरपुस्तिकामा देब्रेपट्ट िउपयुक्त उत्तर लेख्न गोलो स्थान दिइएको हुन्छ। त्यसमा उपयुक्त उत्तर दिनुपर्छ। दिएको गोलाकार उत्तर चिह्नलाई सफासँग चिह्न लगाउनुपर्छ। दायाँ-बायाँ, तल-माथि कोर्नु हुँदैन। भरसक गोलो घेराभित्र मात्र रंगाउनुपर्छ। घेराभन्दा बाहीर रंगाउँदा अंक गुम्ने सम्भावना रहन्छ। प्रश्नपत्र र उत्तरपुस्तिका दुईवटा पत्र हुने भएकाले परीक्षाको समयमा परीक्षार्थीहरू झुक्किने सम्भावना धेरै छ। त्यसैले उत्तर दिँदा सावधानी अपनाउनुपर्छ। हतार गर्नु हुँदैन।


एकपटकमा एकपल्ट मात्र चिह्न लगाउने अवसर पाइने भएकाले सोच-विचार गरेर मात्र उपयुक्त उत्तरमा चिह्न लगाउनुपर्छ। परीक्षा दुई भागमा सम्पन्न हुनेछ। पहिलो भागमा सुनाइको परीक्षा लिइनेछ, जसमा परीक्षार्थीले आवाजलाई बुझेर उत्तर दिनुपर्छ। यसमा दुई पटकसम्म सुनाइन्छ। यो समयमा हल्ला भए उत्तर पहिचान गर्न गार्‍हो हुन्छ। त्यसैले ध्यान दिएर सुन्नुपर्छ। समयको ख्याल पनि गर्नुपर्छ।

तयारी
यदि परीक्षामा पूर्ण सफलता पाइयो भने त्यसपछिका कुराहरूमा पनि ध्यान दिनु आवश्यक हुन्छ। भाषा परीक्षामा उत्तीर्ण भए पछि स्वास्थ्य परीक्षणमा असफल हुने, प्रहरी रिपोर्ट प्रतिकूल भएका वा गणतन्त्र कोरियामा गैरकानुनी रूपमा बसोबास गरेका व्यक्तिहरू अयोग्य ठहरिन सक्छन्। त्यसैले पनि कोरिया जान चाहने नेपालीले यो विषयमा बेलैमा सोच्नु आवश्यक हुन्छ।


परीक्षाको समयमा भने आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ। परीक्षासम्बन्धी पूर्वतयारी सुनाइ र पढाइ सीपको राम्रो विकास गर्नुपर्छ। आफ्ना साथीभाइ वा शिक्षकहरूसँग अप्ठ्यारा कोरियन भाषाका सम्बन्धमा सोधपुछ गर्नु राम्रो हुन्छ। परीक्षाकेन्द्र एक दिनअघि नै थाहा पाउनुपर्छ। तोकिएको समयभन्दा एक घण्टाअघि नै परीक्षाकेन्द्र पुग्नुपर्छ।


परीक्षार्थील्ो परीक्षाअगावै शौचालय जानु उपयुक्त हुन्छ। मोबाइल बोक्नु हुँदैन। यदि छ भने अफमा राख्नुपर्छ। उत्तरपुस्तिकामा टिपेक्स प्रयोग गर्न पाइँदैन। दुई स्थानमा चिह्न लगाउनु हुँदैन। प्रश्नपत्रमा निरिक्षकको अनुमतिबेगर लेख्नु हुँदैन। साथीभाइलाई उत्तर सोध्न पाइँदैन। सुनाइ परीक्षणको समयमा हल्ला गर्नु हुँदैन। परीक्षा दिन जाने बेला नागरिकता वा पासपोर्ट जुन आधारमा र्फम भरेको हो, त्यसको सक्कल र प्रवेशपत्र अनिवार्य बोक्नुपर्छ। उत्तरपुस्तिकामा उत्तर लगाउन कालो मसी भएको कलम बोक्नुपर्छ।
भीषण राइ 
साप्ताहिक