फेसबुक प्रयोगकर्ता ७५ करोड

विश्वकै लोकप्रिय सामाजिक सञ्जाल वेबसाइट फेसबुक आफ्नो प्रयोगकर्ता वृद्धिप्रति चुप बसेको थियो, तर चुप बस्ने त्यो धैर्यता हटेको छ ।
केही साताअघि मात्र अमेरिकालगाायत विश्वका अन्य केही राष्ट्रहरूमा फेसबुक प्रयोगकर्ता घट्न थालेको हल्ला चलेको थियो, तर त्यो हल्लाले वास्तविकता सावित हुन सकेन, किनभने विश्वभर प्रयोगकर्ता संख्या बढ्ने क्रम जारी छ । अहिले प्रयोगकर्ता संख्या ७५ करोड पुगेको फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जकरबर्गले बुधबार बताएका छन् ।
फेसबुकमा दैनिक अर्बौंै संख्यामा सूचना राखिँदै आएको छ । यसरी विश्वभर दैनिक तीव्र गतिमा उच्च बन्दै गएको फेसबुक प्रयोगकर्ता संख्या छिट्टै १ अर्ब पुग्ने देखिएको छ । १ वर्ष पहिले फेसबुक प्रयोगकर्ता संख्या ५० करोड पुगेको थियो ।
अमेरिकामा फेसबुक विश्वकै लोकप्रिय सर्च कम्पनी गुगलपछि दोस्रो ठूलो इन्टरेनेट ब्रान्डको स्थानमा उभिएको छ । अमेरिकाको कुल ३ करोड ७० लाख जनसंख्यामध्ये झन्डै २४ करोडले इन्टरेनट प्रयोग गर्छन् ।