साईबाबाको पुनर्जन्म अर्को वर्ष !

साईबाबाको निधनलगत्तै उनको पुनर्जन्मको चर्चा चल्न थालेको छ । मैसुरस्थित एक परिवारले सन् २०१२ मा साईबाबाले प्रेम साईका रूपमा पुनर्जन्म लिने दाबी गरेको छ । बाबाको पुनर्जन्म मन्ड्या जिल्लाको डोडामालुरमा कृष्ण मन्दिरनजिकै हुने साईबाबाका एक भक्तको विश्वास छ । "यो हाम्रो भविष्यवाणी होइनÙ बाबा स्वयंले मेरी आमा कानाम्मा तथा हजुरआमा नाम्मा गिरिअम्मालाई मैसुरस्थित हाम्रो निवासमा एकपटक बताउनुभएको हो", बाबाभक्त अवकाशप्राप्त खाद्य प्राविधिक अनुसन्धान संस्थाका उपनिर्देशक शङ्करले बताए । शङ्करले आˆनी आमालाई उद्धृत गर्दै बाबा नारायाना कस्तुरीकोमा जन्म लिने पनि दाबी गरे । जसले बाबाको बारेमा चार भागमा जीवनी लेखेका छन् । यसै पुस्तकमार्फत सन् १९६३ मा बाबाले प्रथमपटक पुनर्जन्म लिने दाबी गरेका थिए । कयौँ पुस्तादेखि शङ्करका पूर्वजहरू बाबाका कट्टर भक्त छन् । ९० वषर्ीया कानाम्मा बाबाका अत्यन्त निकटवर्ती भक्त मानिन्छन्  जसको मैसुरस्थित निवासमा बाबा छपटक पुगिसकेका छन् । कानाम्माले बाबासँगका अनुभूतिलाई पुस्तकमा पनि उतारेकी छन् ।
 ६ जुलाई सन् १९६३ मा बाबाले सिरडीको साईबाबा, सत्य साईबाबा र प्रेम साई गरी तीन शिव अवतार हुने बताएका थिए । यो पनि भनिन्छ कि साईबाबाले प्रेम साईको तस्बिर पनि आˆना एक अनन्य भक्त जोन हिस्लपलाई दिएका छन् । उनले तस्बिरसँगै औँठी पनि दिएको बताइन्छ । भनिन्छ, सिरडीको साईबाबाले सन् १९१८ मा देहत्याग गर्नुपूर्व आठ वर्षपछि सत्य साईबाबाको रूपमा जन्म लिने बताएका थिए । साईबाबाको मृत्यु वास्तुदोषले गर्दा भयो ? साईबाबाका परिवारजनले बाबाको निधन अस्पतालको वास्तुदोषका कारण भएको दाबी गरेका छन् । आइतबार बाबाले पुट्टपर्तीस्थित मेडिकल इन्स्िटच्युट अफ हायर मेडर साइन्सेजमा अन्तिम सास लिए । बाबाका परिवारजनले अस्पतालको वास्तुदोषका कारण बाबाको निधन भएको गुनासो व्यक्त गरेका छन् । यस अस्पतालमा दाइ, बहिनीलगायत बाबाका परिवारका पाँच सदस्यको निधन भइसकेको छ । नाम नछाप्ने सर्तमा बाबाका परिवारका एक सदस्यले भने, "हामीलाई सधैँ लाग्थ्यो, अस्पतालमा वास्तुदोष छ । सत्य साईको मृत्युले एकपटक पुनः यो साबित भएको छ । हामीले अर्को आईसीयू वा बैङ्लोरस्थित सुपर अस्पतालमा बाबालाई सार्न भनेका थियौँ तर हाम्रो कुरा मानिएन ।"
बाबाका एक अन्य आफन्तको भनाइ छ, "यो अस्पतालमा धेरै नकारात्मकता छ ।"
किन दुःख मनाउने ? ः तसलिमा
यसैबीच चर्चित लेखिका तसलिमा नसरिनले प्रसिद्ध क्रिकेटर तथा साईभक्त सचिन तेन्दुलकरलाई बाबाका लागि सचिन दुःखी भएकोमा आश्चर्य व्यक्त गरेकी छन् ।
"बाबाले त २०२२ मा देहत्याग गर्ने घोषणा गर्नुभएको थियो तर उनी त चाँडै गए । ...कसैले किन साईको निधनमा दुःखी हुनुपर्छ । उनी त ८६ वर्षका भइसकेका थिए र उनलाई -एक न एक दिन)
मर्नै थियो", तसलिमाको यस टि्वटमा तिखो प्रतिक्रिया पनि आइरहेको छ ।
उता भारतका प्रधानमन्त्री मनमोहन सिंहले बाबा सबै धर्म मान्ने व्यक्तिका लागि प्रेरणाका स्रोत रहेको बताउनुभएको छ भने उपराष्ट्रपति हमिद अन्सारीले मानवताको सेवा भगवान्को सेवा हो र यो सङ्कीर्णता समाप्त गर्ने एक साधन हो भन्दै बाबाको निधनमा गहन शोक व्यक्त गर्नुभएको छ । तमिलनाडुका मुख्यमन्त्री एम. करुणानिधिले कृष्णा नदीको पानी राज्यमा ल्याउन बाबाले २०० करोड भारु दिएर तमिलहरूको मन जितेको प्रतिक्रिया दिनुभएको छ । बाबाको निधनमा भारतका विपक्षी दलका नेता लालकृष्ण आडवाणीले पनि गहन शोक व्यक्त गर्दै अन्त्येष्टिमा सामेल हुने घोषणा गर्नुभएको छ । बाबाबारे केही विवाद पनि उठेका थिए तर पनि उहाँप्रति श्रद्धा राख्नेहरूको ठूलो जमात छ ।
-स्रोत ः द एसियन एज, हिन्दुस्तान टाइम्स, नवभारत टाइम्स, दैनिक हिन्दुस्तान, दैनिक भास्कर एवं अन्य अनलाइन समाचार)

सत्य साईबारे केही तथ्य

@ ४० हजारदेखि एक लाख करोड सम्पत्ति भएको अनुमान छ । यसमा एअरपोर्ट, रेल्वे स्टेन, अस्पताल, कलेज, स्टेडियम आदि छन् ।
@ स्वास्थ्य क्षेत्रमा आन्ध्र प्रदेशमा पुट्टपर्ती र बेङ्गलुरुमा दुई सुपर स्पेसयलिटी र दुई सामान्य सत्य साई अस्पताल छन् ।
@ शिक्षा क्षेत्रमा दस हजार विद्यार्थीले सत्य साई इन्स्िटच्युट अफ लर्नीबाट उपाधि हासिल गरिसकेका छन् ।
@ १६ हजार विद्यार्थीले भारतभरिका विभिन्न भागमा स्थित ट्रस्टका ७० स्कुलबाट शिक्षा हासिल गरिसकेका छन् ।
@ पाँच हजार छात्रले विदेशमा ट्रस्टका २६ स्कुलबाट शिक्षा ग्रहण गरेका छन् ।
@ ११४ देशमा सत्य साईबाबा केन्द्र छ तथा १७८ देशमा उनका अनुयायी छन् ।
उनका उत्तराधिकारीमा तीन नाम बढी चर्चामा छ, -कसैले सात पनि भन्छन्) । आईएएस अफिसर एवं ट्रस्टका सचिव के चक्रवर्ती, बाबाका भतिजा आरजे रत्नाकार र बाबाका निजी सेवक सत्यजित l
गोरखापत्र