तन्नेरीको अमेरिका सपना

कलेज पढ्ने हुन् वा जागिरे तन्नेरी हरेकको सपना डिभी चिठ्ठामार्फत अमेरिका जाने हुन्छ । त्यो चाहनालाई अमेरिकन गि्रन कार्डले पूर्ति गरिदिएको छ । विभिन्न पेसा, व्यवसायमा संलग्न युवाहरू स्वदेशको कमाइबाट सन्तुष्ट नभएपछि अमेरिका जान पाइने आसमा डिभी फारम भरिरहेका छन् । 

राम्रो सेवा-सुविधासँगै 'डलर' मा तलब पाइने आसमा हरेक वर्ष खुल्ने अमेरिकन गि्रन कार्ड चिठ्ठामा आकषिर्त हुँदै छन् । यतिबेला सहरका होर्डिङ बोर्डदेखि डिभी फारम भर्ने संस्थाहरूमा अमेरिका जाने सुवर्ण अवसर लेखिएको प्रचार गरेर डिभी फारम भर्न आकषिर्त गराइएको छ । यही भएर त यी स्थानहरूमा तन्नेरीहरूको बिहानदेखि बेलुकासम्म डिभी भर्न तँछाडमछाड हुँदै आएको छ । मुलुकको अवस्थादेखि नैराश्य पैदा गराएपछि भाग्य हेरौं भन्दै पेसा, व्यवसायमा लागेकाहरू पनि डिभी भर्न आतुर देखिएका छन् । काम गरेअनुरूपको तलब सुविधा नपाउनु र मुलुकको राजनीतिक अवस्थाका कारण पेसा-व्यवसायमा संलग्न युवाहरू अमेरिकन गि्रन कार्ड चिठ्ठा भरेर अमेरिकामा बसोबास र रोजगारको सुनौलो अवसर खोजिरहेका छन् ।


पेसाले इन्जिनियर जयस चालिसे पढे अनुरूप स्वदेशमा जागिर नपाउनु र पाइहाले पनि तलबमा सन्तुष्ट नहुँदा सजिलै विदेश पुग्ने माध्यमको रूपमा डिभी फारम भर्दै आएका छन् । दोस्रो पटक डिभी भर्न लेखनाथदेखि पोखरा आएका चालिसेले स्वदेशको जागिरले आफूलाई सन्तुष्ट नबनाएको बताए । 'डलरमै तलब खान पाइने आसमा डिभी भरेर अमेरिका जाने सपना बुनेको हुँ,' चालिसेले भने, 'नेपालमा केही छैन, पढेअनुसार जागिर पाए त कसले अमेरिकाको मुख ताक्थ्यो र ?'  यस्तै दुखेसो छ वन विज्ञानको अध्ययन सरकारी सेवामा रेन्जरको जागिर खाएका लेखनाथकै अरुण पराजुलीको पनि । 'पढेर पनि नेपालमा केही छैन,' इस्पट डिभी सेन्टरमा भेटिएका पराजुलीले भने, 'डिभी परेर अमेरिका जाने सोचमा छु ।' उनले मुलुकको अवस्थालाई दोष दिँदै दक्ष जनशक्ति यस्तै विभिन्न माध्यमबाट विदेश पलायन हुनुपरेको दुखेसो पोखे । उनी जस्तै अमेरिका जाने सपनासहित पहिलो पटक होस् या नपरेर पटक-पटक डिभी फारम भर्नेहरूको  भिड पोखरामा बढेको  छ । त्यसो त साइबर कम्युनिकेसन तथा फोटो स्टुडियोहरूले चाँडै भरे पर्न सक्छ भन्दै अमेरिका जान चाहनेहरूलाई डाइभर्सिटी भिसा -डिभी) तर्फ आकषिर्त गरिरहेका छन् । यो चिठ्ठो  धेरै नेपालीहरुकेा अमेरिका जाने सपना पूरा पनि गरेको


छ ।  एक महिना अघि  बेलायतबाट चार्टर्ड एकाउन्टेड को अध्ययन सकेर आएका हरि गौतम पनि स्वदेशको जागिरबाट सन्तुष्ट नभए पनि डिभी भरिरहेका छन् ।  'स्वदेशमा केही गुर्छ भनेर आइयो  गौतमले असन्तुष्ट पोख्दै भने, 'चित्तबुझ्दो केही पाइएन यही भएर विदेश जानका लागी डिभी भर्न थाले ।' उनीजस्तै विभिन्न पेसा-व्यवसायमा लागेका युवाहरू समेत मुलुकको वर्तमान अवस्थादेखि दिक्क लागेर अमेरिका जाने योजना सहित डिभी भर्ने सेन्टरमा पुगेका छन् । डिभी भर्नका लागी दुई महिना म्याद हुदै आएकोमा अघिल्लो वर्ष देखि एक महिना मात्रै बनाइएको छ । असोज १९ देखि


खुलेको डिभी भर्ने अन्तिम म्याद कात्तिक २० सम्म रहेको  इ-स्पट पोखरा शाखाका प्रमुख देव क्षेत्रीले जानकारी दिए । 


उनका अनुसार डिभी भर्ने म्याद कम भएकाले अहिलै दैनिक २ सयको हाराहारीले फारम भर्दै आएका छन् । यहाँका साइबर क्म्युनिकेसन्स, फोटो स्टुडियो र  स्थानीय वेबसाइटहरूले इडिभी नभरे पर्दैन भरे अवश्य पर्छ भन्दै डिभी भर्नेहरुलाई आकषिर्त गरिरहेका छन् । फारम भरे वापत १ सय ७५ देखि २ सय रुपैया उनिहरुले लिने गरेका छन् ।


यसरी भरिएको चिठ्ठा ०६९ साल वैशाख महिनामा अमेरिकाको केन्टकी राज्यमा खुल्छ र नेपालमा जेठदेखि साउन महिनाभित्र इडिभी नेपाल डटकममा हेर्न


सकिन्छ । विभिन्न देशका नागरिकहरूलाई अमेरिकामा कानुनी रूपले स्थायी बसोबास र रोजगार प्रदान गर्ने इडिभी भिसा वा गि्रनकार्ड २००५ देखि खुल्न थालेको हो । अघिल्लो वर्ष मात्रै ३ हजार २ सय ५८ जना नेपालीलाई डिभी परेकेा थियो । 


आगामी वर्ष ४ हजार नेपालीलाई डिभी पर्ने अनुमान  छ ।  अमेरिकाले प्रत्येक वर्ष ५५ हजार गि्रनकार्ड  वितरण गर्दै आएकोमा  १७ हजार नेपालीले गि्रनकार्ड जितिसकेका छन् ।
कान्तिपुर