रितु बनिन् सिंगिङ स्टार

 'सिंगिङ स्टार' को उपाधि रितु लामाले जितेकी छिन् । वैशाखदेखि हरेक मंगलबार राति नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आइरहेको 'द सिंगिङ स्टार'को बुधबार भएको फाइनल प्रतिस्पर्धामा रितुले आफ्ना प्रतिस्पर्धी प्रणेश लिम्बू तथा कुमार अभीलाई पछि पारेर यो उपाधि जितेकी हुन् । 
रितुले सिंगिङ स्टारको उपाधिसहित नगद एक लाख रुपैयाँ, शुभारम्भ रेकर्डिङ स्टुडियोका तर्फबाट पाँच लाखबराबरको सांगीतिक करार, मोटरसाइकल, षड्ज कला केन्द्रका तर्फबाट एक वर्षसम्म संगीत प्रशिक्षणको छात्रवृत्ति, परिवारसहित मलेसिया भ्रमणको टुर प्याकेजलगायतका पुरस्कार प्राप्त गरेकी छिन् । गायनमा नयाँ प्रतिभाको खोजी गर्ने सांगीतिक रियालिटी शोको फाइनलमा पोखराकी रितु, धादिङका कुमार र धरानका प्रणेशसँग प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा कुमार अभी द्वितीय घोषित भए । षड्ज कला केन्द्रद्वारा सञ्चालित यो रियालिटी शोमा उत्कृष्ट दशको छनोटदेखि नै दर्शकको मतका आधारमा प्रतियोगीले अघिल्लोचरणको यात्रा तय गर्दै आएका थिए