रेस्टुराँमा राष्ट्रियता

-रमण घिमिरे
रेस्टुराँ सबैले चलाएका छन् । काठमाडौँ उपत्यकामा मात्र सयौँ रेस्टुराँ छन् । हरेकमा आ-आफ्नै स्वादका परकिार पस्िकइन्छ । तर, १७ वर्षदेखि सञ्चालित रामजी अवालको सुजल क्याफे एन्ड सोफा रेस्टुराँचाहिँ अरूभन्दा फरक छ । अवाल रेस्टुराँका मीठा परकिारहरूमा मिसाएर नेपाललाई चिनाउन चाहन्छन् । उनको नेपाल चिनाउने शैली हो, नेपाली तस्िबर ।

अवालको रेस्टुराँमा पहिलोचोटि पस्ने ग्राहकलाई मेनुका परकिारले होइन, भित्तामा लहरै टाँगिएका तस्िबरहरूले आकषिर्त गर्छन् । त्रिपुरेश्वरको नेपाल आँखा अस्पतालसँगै रहेको यस रेस्टुराँले जिज्ञासु दृष्टिहरूलाई बाहिरैबाट तान्छ । यसको छानोमा फर्फराइरहेको १५ फिटे झन्डाले भन्छ, राष्ट्रियता नेता र मन्त्रीका भाषणमा भन्दा कैयौँ गुणा बढी अवालको छातीमा स्पन्दित भइरहेको छ । त्यति मात्रै होइन, उनले लगाउने हरेक टिसर्टमा नेपाली झन्डा नै अंकित हुन्छ । यिनी जुनसुकै औपचारकि कार्यक्रममा जाँदा पनि राष्ट्रियताका लागि दौरा-सुरुवाल र ढाका टोपीमा सजिएर मात्र जान्छन् । अवाल भन्छन्, "यो मैले फेसनका लागि लगाएको होइन ।"

फेसनकै लागि मात्र भए उनले आफ्नो यस रेस्टुराँमा उनकै दाबीमा ५० लाख रुपियाँका तस्िबरहरू झुन्ड्याउने थिएनन् । नेपालका पहाड, हिमाल र तराई हेरेर यिनी कुनै बेला हाँस्थे, 'आहा ! मेरो देश कति सुन्दर छ' भनेर । तर, अहिले कहिलेकाहीँ दिनभरकिो व्यस्तताले थाकेर लमतन्न ओछ्यानमा पल्टेर जब यही देशलाई सोच्छन् अनि उनका आँखाबाट तकियामा आँसु चुहिन्छ । उनलाई लाग्छ, आज उनको कल्पना बसेको 'सुन्दर, शान्त र विशाल' देशलाई नेताहरूले कुरूप पाररिहेछन् । त्यसैले यिनी आफ्नो रेस्टुराँमै भए पनि यस देशको सुन्दर छविलाई जीवन्त राख्न चाहन्छन् ।



उनको दिमागमा चार वर्षअघि आफ्नो रेस्टुराँमा यस्ता सुन्दर प्राकृतिक छटायुक्त तस्िबर टाँग्ने विचार फुरेको हो । संयोग थियो, राजधानीमा आयोजित पश्चिमाञ्चलका प्राकृतिक तस्िबरहरूको प्रदर्शनी । पत्रकार प्रेम बानियाँले उनलाई यो प्रदर्शनी देखाउन मात्र लगेनन्, उनको रेस्टुराँ सजाउन एक बन्डल फोटोहरू निःशुल्क उपहार पनि दिए । ती फोटोहरूलाई प|mेममा सजाएर उनले रेस्टुराँको भित्तामा टाँगे र ती तस्िबरहरूलाई गहिरएिर हेरे अनि उनको ओठबाट अनायासै दुई शब्द निस्िकए, 'वाह नेपाल !' त्यसपछि उनी ती दृश्यहरूको दास हुन पुगे । अनि किनेर, मागेर प्राप्त गरेका नेपालका हिमाल, पहाडका तस्िबरहरूले उनको रेस्टुराँको भित्ता भरँिदै जान थाल्यो । १७ वर्षअघि छवटा टेबुलबाट सुरु भएको उनको रेस्टुराँ जसरी आज ५० टेबुलमा विस्तारति भएको छ, त्यसरी नै बानियाँले दिएका आठ-दस थान तस्िबरबाट सुरु भएको उनको रेस्टुराँको भित्तामा पाँच हजार तस्िबर टाँगिन पुगेका छन् ।

नेपाल र नेपालीबाहेक कुनै तस्िबर पनि उनको रोजाइको विषय हुन सक्तैन । मनोरम प्राकृतिक दृश्य मात्र उनका तस्िबरहरूको परचिय होइन । "म तीन-चार महिनाको अन्तरालमा तस्िबरहरू बदलिरहन्छु," अवाल भन्छन्, "त्यसमा मसँग भएका पाँच हजारजति प|mेमजडित तस्िबरहरू पालैपालो झिकिँदै र टाँगिँदै जान्छन् ।" कुनै समय एनआरटीका फुटबलर यिनी एक राम्रा फोटोग्राफर पनि हुन् । विशेषतः उनको आफ्नो क्यामराको रोजाइमा पर्ने विषय हो, फूल । यिनी आफैँले फूलका ३ हजार ४ सय 'स्न्याप' क्यामरामा बन्द गरेका छन् । तीमध्ये एक सय त गुलाफ मात्र छन् । यी फूललाई पनि उनी बेलाबेला ती भित्ताहरूमा सजाउँछन् । "मेरो रेस्टुराँमा झुन्डिएका यी तस्िबरहरू सामान्य होइनन्," अवाल भावविह्वल हुन्छन्, "यी प्रत्येक तस्िबरमा म आफ्नो राष्ट्रियता देख्छु ।"

प्राकृतिक सौन्दर्य, फूल, संस्कृति र नेपाली चलचित्रकर्मीहरू उनका तस्िबरका मुख्य पात्रहरू हुन् । यिनै पात्रहरूलाई यिनी मौसम अनुरूप भित्ताहरूमा टाँग्ने र झिक्ने गर्छन् । चलचित्रकर्मीप्रतिको उनको अभिरुचि पनि अचम्मको छ । उनको मान्यता छ, चलचित्रले देशको प्राकृतिक सुन्दरतालाई प्रस्तुत गररिहेको हुन्छ । उनका विचारमा चलचित्र र कलाकार देशलाई चिनाउने सबैभन्दा सशक्त माध्यम हुन् । केही समयअघि हेरेको अन्दाज चलचित्रले उनलाई मानसरोवर कति सुन्दर रहेछ भन्ने कुराको बोध गरायो रे ! "अब म अलिकति फुर्सद हुनासाथ मानसरोवर जान्छु, फोटो खिच्न," यिनी उत्साह व्यक्त गर्छन्, "त्यसैले म नेपाली चलचित्र भनेपछि हुरुक्क हुन्छु र कलाकारलाई सम्मान गर्छु ।" यही अर्थमा उनको रेस्टुराँको एउटा भित्तामा नेपाली चलचित्रकर्मीका तस्िबरहरू पनि मुस्कुराइरहेका देखिन्छन् । तिनमध्येको एउटा प|mेममा मुस्कुराइरहेका देखिए, भर्खरै दिवंगत भएका निर्देशक दीपक रायमाझी, आफ्ना पि्रय सिनेमेटोग्राफर जावेद शाहसँग । त्यस प|mेममा उनका आँखा पर्नासाथ एकै निमेषअघि हाँसिरहेको अवालको अनुहारमा कालो बादल मडारएिको भान हुन्छ । "उहाँ दिवंगत हुनु दुई दिनअघि मात्र यहाँ आउनुभएको थियो ।" हेर्दाहेर्दै उनको रेस्टुराँमा टाँगिएको रायमाझीको त्यो तस्िबर इतिहासमा बदलियो । यसरी यो रेस्टुराँ आफूलाई निख्खुर नेपाली तस्िबरहरूको एउटा इतिहास बनाउने तर्खरमा छ ।
नेपाल साप्ताहिक