के हो यो आणविक विकिरण भनेको ?

फुकुसिमास्थित आणविक पावर प्लान्टमा चरमबद्धरुपमा भएको बिस्फोट र त्यसबाट उत्पन्न आणविक विकिरणको समस्या अहिले जापानमा मात्र नभएर बिश्वभरकै मानिसहरुले चिन्ता र चासो लिईरहेको बिषय बनेको छ । हालै जापानमा आएको शक्तिशाली भूकम्प, भूकम्पपछिको सुनामीले त्रसित बनेका जापानमा रहेका नेपालीहरुमध्य कमैले सुनेका र भोगेका नयाँ र नौलो अर्को समस्या आणविक विकिरणको भयावहले थप चिन्तित बन्दै गईरहेका छन् यहांका नेपालीहरु पनि । यद्यपि मार्केटमा आएको हल्लाजस्तै त्यसरी आत्तिईहाल्नुपर्ने स्थिति नभएको उर्जा बिशेषज्ञ डा. राम गिरी बताउनुहुन्छ । एनआरएन जापानका सल्लाहकारसमेत रहनुभएका डा. गिरी भन्नुहुन्छ "बाहिर मार्केटमा आएको हल्ला जस्तो त्यस्तो भयावह स्थिति छैन, यद्यपि त्यसो भन्दैमा ढुक्क भएर हिड्ने अवस्था पनि छैन ।"

उहाँकाअनुसार जापानको टोकियोबाट उत्तर पश्चिम करिव २५० किमी टाढा पर्ने फुकुसीमा केनमा रहेको टोकियो पावर कम्पनीको आणविक पावर प्लान्ट नं १ अन्तर्गत रहेका आणविक पावर रियाक्टर १,२,३,४, मा मार्चको ११ तारिख गएको ९ म्याग्नेच्युटको भूकम्प र भूकम्पको कारण उत्पन्न चुनामीले आणविक पावर प्लान्ट अटोमेटिक बन्द भएपछि अटोमेटिक चिस्याउने सिष्टम सुरू हुनुपर्नेमा चुनामीको कारण त्यहांका सम्पूर्ण आकस्मिक पावर सप्लाई सबै क्षतिग्रस्त हुन गएकोले आणविक पावर प्लान्ट चिस्याउन नसक्दा आणविक रेक्टर रहेको भाग अत्यधिक तापक्रमले पग्लिन गई Cesium137 र Iodine जस्ता विकीरण बाहिर आउने गरेको छ ।
यसले के र कति दूरीसम्म असर गर्छ ? केही नभएको अवस्थामा प्राकृतिकरूपमा एक घन्टामा 0.038~0.040 Micro SV(माइक्रो सिवेल्ट) हुन्छ । छातीको X-ray लिदा एकपटकमा 50 microSV(माइक्रो सिवेल्ट) विकिरण शरिर भित्र पस्दछ । फुकुसिमा पावर प्लान्टको वरिपरी एक घन्टामा 400 माइक्रो सिवेल्ट सम्मको विकिरण निस्केको छ । पावर प्लान्टको २० किमी घेरा भित्रका सबै मानिसलाई २० किमी बाहिर पठाएको छ र २० किमीदेखि ३० किमीभित्र रहेकाहरूलाई घर बाहिर ननिस्कन भनिएको छ ।
टोकियोमा पनि 0.809 microSV (माइक्रो सिवेल्ट) को आणविक विकिरण मापनयन्त्रले देखाएको छ । यो अंक मानिसको स्वास्थ्यमा कुनै असर पार्ने अंक होइन । X-ray लिदा पनि यसको ६० गुणा बढी शरिरमा पस्ने गर्दछ । यो अंक बाहिरको वायुमा रहेको अंक हो । घरभित्र त्यो भन्दा पनि ज्यादै न्युन हुने हुंदा हालको अवस्थामा कुनै चिन्ता गर्नुपर्ने स्थिति छैन ।
धेरैले यतिबेला १९८६ जुनमा रसियामा (हालको उक्रेन) मा भएको चेर्नोभिल आणविक भट्टीको बिस्फोट सम्झने गर्दछन् । तर चेर्नोभिल पावर प्लान्टले पावर उत्पादन गर्दागर्दै बिस्फोट भएको थियो । तर जापानको फुकुसिमा आणविक पावर प्लान्ट अटोमेटीक बन्द भएको हुँदा चेरेनोभिल भन्दा धेरै कम असर पर्ने देखिन्छ । यसपालीको फुकुसिमासंग ठ्याक्कै मिल्ने दुर्घटना सन् १९७९ मा थ्री माइल आइल्याण्डमा भएको थियो । थ्री माइल आइल्याण्डमा भएको दुर्घटनाको समयमा २० किमी भित्रका मानिसलाई 0.0~1 microSV (माइक्रो सिवेल्ट) को आणविक विकिरण लागेको थियो । तर त्यो स्वस्थ्यमा असर पर्ने लेभल चाँही होइन भनिएको छ ।
यसबाट बच्न के गर्ने त ? १. आणविक दुर्घटना स्थलवाट २०किमी भन्दा जति सक्दो टाढा बस्ने ।
२. शरिरको छाला देखिने भाग छोप्ने ।
३. घरको झ्याल ढोका बन्द गर्ने, Air Condition सकभर नचलाउने Exust Fan पनि प्रयोग नगर्ने ।
४. बाहिरबाट घर फर्कदा लगाएको कपडा खोल्ने र सकभर प्रयोग नगर्ने ।
५. आणविक दुर्घटना वरिपरी २० किमी भित्र उत्पादित फलफूल, तरकारी, खाद्यान्नको प्रयोग नगर्ने ।
६. मुख, नाक छोप्ने, मास्क लगाउने, भिजेको कपडाले मुख नाक छोप्ने ।
७. सकभर बाहिर जाँदा टोपी लगाउने र हावा चलेको ठाँउमा नजाने ।
८. पानी पर्दा कुनै पनि हालतमा छाता ओढ्ने । पानी आफ्नो शरिरमा पस्न नदिने ।
माथिका कुराहरू पालना गरेमा अहिलेको अवस्थामा फुकुसीमा आणविक भट्टीबाट ३० किमी भन्दा बाहिर रहेको अवस्थामा चिन्ता मान्नुपर्ने अवस्था छैन ।
 
 समुन्द्रपारी