बिहार अब अपराध र न्यून वृद्धिको राज्य रहेन

आमनेपाली भन्ने गर्थे— नेपालको सिमानामा भारतको पिछडिएको राज्य बिहारको सिमाना जोडिनु नेपालीको दुर्भाग्य हो । बिहारमा हुने अपराध र त्यहाँको गरिब अनुहारले यो राज्यप्रति नेपालीको नकारात्मक धारणा हुनु पनि स्वाभाविकै हो ।
राजनीति बिग्रिए पनि बिहारी राजनीति, शिक्षामा अनैतिक अभ्यास देखिए पनि बिहारी शिक्षाजस्ता कुरा आमनेपालीको जिब्रोमा झुन्डिने गरेको थियो । तर, पछिल्ला वर्षहरूमा बिहारले गरेको आर्थिक वृद्धिले पुरानो नकारात्मक धारणालाई परिवर्तन गर्नुपर्ने अवस्था आएको छ ।
पहिलो पटक बिहारको भ्रमणमा रहेका प्रसिद्ध लेखक चेतन भगतले यो राज्य विगतको जस्तो अवस्थामा नरहेको तथा मानिसहरू पनि वृद्धि र परिवर्तित अनुहारको बारेमा चर्चा गर्न थालेको बताएका छन् ।

“मुहार फेरिएको बिहार र वृद्धिबाट म प्रभावित भएको छु । देशभरि सबै यही विषयमा चर्चा–परिचर्चा हुन थालेको छ,” पहिलो पटक पटनाको यात्रामा रहेका भगतले भारतीय सञ्चार माध्यमहरूलाई भने ।
लगानी बैंकर ‘वन नाइट एट दर रेट द कल सेन्टर’ को लेखका रूपमा परिचित छन् । यो पुस्तक उत्तम बिक्री हुने पुस्तकमा पर्छ । उनका अन्य कृतिहरू ‘द थ्री मिस्टेक्स अफ माई लाइफ’ र ‘दु स्टेट्स’ को पनि मुख्यमन्त्री नितीशकुमारले खुलेर प्रशंसा गरे ।
गत वर्षको पहिरोबाट विजय प्राप्त गरेका नितीशकुमार बिहारको विकास र वृद्धिको भागीदार मानिएका छन् । अघिल्ला वर्षहरूमा अपराध र न्यून वृदिदर रहेको बिहारको अनुहार फेरेको जस उनीमाथि गएको छ ।
“नितीशकुमारले राम्रो गरेका छन् । अहिले बिहार र बिहारीमाथिको आममानिसको धारणामा पनि परिवर्तन आएको छ । वृद्धि र विकासका लागि बिहार चर्चाको विषय भएको छ । बिहार अब पिछडिएको र नकारात्मक समाचारको चर्चाको राज्य रहेन,” चेतनले भने ।
“बिहारमा भएकोमा म खुसी छु । म बिहारबाट केही कुरा सिक्न चाहन्छु । बिहारीहरू परिश्रमी, बुद्धिमान र सिर्जनशील जनताका रूपमा विश्वभरि चिनिएका छन्,” उनले भने ।