मेवा खेतीले व्यावसायिक रूप लिँदै

चितवनमा मेवा खेती फस्टाउादै जान थालेको छ । फलफूलका रूपमा लिने मेवाबाट राम्रो आम्दानी हुने भएपछि यस खेतीतर्फ किसान आकषिर्त हुन थालेका हुन् । जिल्लाको पूर्वी क्षेत्रका किसान मेवा खेतीतर्फ बढी आकषिर्त भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
यहााका किसानले पछिल्लो समयमा मेवा खेतीलाई व्यावसायिक रूपमा लिादै आएका छन् । विगत सात वर्ष अगाडिदेखि कतै कतै समान्य रूपमा लगाइएको भए पनि अहिले पूर्वी चितवनका विभिन्न स्थानमा मेवा खेतीलाई व्यावसायिक रूपमा अगाडि बढाइएको छ ।
अहिले पूर्वी चितवनका ३० बिघा क्षेत्रमा मेवा खेती गरिएको कृषि विकास कार्यालय चितवनका प्रमुख लक्ष्मण पौडेलले जानकारी दिनु भयो । चितवनको जयमङ्गला, पदमपुर, पिठुवा, वीरेन्द्रनगर, खोलेसिमल लगायतका स्थानमा व्यावसायिक मेवा खेती हुने गरेको छ । अन्य वालीको तुलनामा मेवा व्यवसाय गर्दा कम खर्चमा धेरै आम्दानी हुने गरेकोले कृषकहरू यस तर्फ आकषिर्क हुादै गएका छन् ।

एक वर्षको समय अवधिमा बिना झन्झट आम्दानी लिन सकिने कृषकहरू बताउाछन् । प्रतिकठ्ठा मेवा खेती गर्दा पााच हजारसम्म खर्च लाग्ने र आम्दानीप्रति कठ्ठामा १५ हजार रुपियाासम्म उत्पादन हुने गरेको कृषक बताउाछन् । पूर्वी चितवनमा मासिक रूपमा १० हजारदेखि एक लाखसम्म आम्दानी गर्ने गरी मेवाको खेती गर्ने कृषक रहेका छन् । यसको फाइदालाई हेर्दै कतिपय कृषकले भाडामा जग्गा लिएर पनि मेवा खेती गर्दै आएका छन् । मेवा उत्पादक कृषक समूह चितवनसमेत गठन गरी २८ जना व्यावसायिक कृषकलाई आबद्ध गराई यो खेतीलाई व्यावसायिकरूपमा अगाडि बढाइएको समूहका कोषाध्यक्ष सीताराम श्रेष्ठले बताउनुभयो । मेवा खेती गर्नका लागि बीउ उत्पादन गर्न र प्रविधिक समस्या पर्ने गरेको कृषकहरू बताउाछन् ।
मेवाको बीउ प्रतिकिलो २२ हजार रुपियाासम्म पर्ने गरेको छ । चितवनमा विशेष गरी दुई जातका मेवा लगाइएका छन् । चट्टासिन र हविडयुन जातका मेवा बढी लगाइएको कृषकहरू बताउाछन् । वैशाखमा लगाइएको मेवा माघमा बेच्न मिल्ने गरी फल्ने गरेको कृषकको अनुभव छ ।
अहिले मेवाको लागि अफसिजन भएको उनीहरू बताउाछन् । मेवा खेतीको लागि भनेर छुट्टै कार्यक्रम जिल्लामा नभएकाले तथ्याङ्क र प्राविधिक सेवाका बारेमा केही जानकारी हुन नसकेको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।
व्यावसायिक रूपमा कृषकहरू ल्ाागेकाले पछिल्लो समयमा यसका बारेमा काम सुरु गरिएको बताइएको छ । मेवा खेती गर्ने कृषकहरूले उचित प्राविधिक सेवा बजारको सरल व्यवस्थापन सुपथ मूल्यमा कोल्ड स्टोरको व्यवस्था मेवाको महìवको बारेमा प्रचार प्रसार गर्न पहल गरिदिन मेवा खेती गर्दै आएका कृषकहरूले जिल्ल्ाा कृषि विकास कार्यालयसाग आग्रह गरेका छन् ।