आइसल्यान्डको सुख र शान्ति


पश्चिम युरोपको एउटा सानो टापु मुलुक आइस्ाल्यान्ड अहिले संस्ाारकै सबैभन्दा शान्त र सुखी मुलुक बनेको छ । बेलायतको एउटा स्व्ातन्त्र संस्थ्ाा इन्स्िटच्युट फर इकोनोमिक्स एन्ड पिसले सार्वजनिक गरेको विश्वशान्ति सूचाङ्कले यस वर्ष आइसल्यान्ड संसारकै सबैभन्दा शान्त र सुखी मुलुक भएको देखाएको छ । हुन पनि यतिखेर आइसल्यान्डवासीले पृथ्वीमै बसेर स्वर्गको सुखको अनुभूति गरिरहेका छन् । विश्वका धेरै मुलुकले गास, बास र कपासको समस्या झेलिरहेका बेला आइसल्यान्डवासी यो समस्याबाट मुक्त छन् । उनीहरूको बोल्ने, लेख्ने, पढ्ने र इच्छा अनुसारको पेसा गर्ने स्वतन्त्रता, पूर्ण प्रेस स्वतन्त्रता र नागरिक अधिकारको ग्यारेन्टी पनि राज्यले गरेको छ ।
आइसल्यान्डका राजनीतिक दलमा लोकतान्त्रिक मूल्य र मान्यता छ । विधि अनुसार राज्य सञ्चालन गरेका छन् राजनीतिक दलले । कानुनको उल्लङ्घनलाई दण्डनीय बनाइएकोले कसैले पनि कानुन विपरीत काम गर्दैनन् । त्यसैले त्यहाँ आपराधिक क्रियाकलाप एकदमै कम हुने गरेको छ । आन्तरिकरूपमा कुनै विवाद छैन र अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई आत्मसात् गरेकाले बाहृय हस्तक्षेको खतरा पनि छैन । त्यसैले त्यहाँ सेना छैन । सेनाविना नै राज्य सुरक्षित छ ।


 मुलुकवासीले प्ाूर्ण शान्ति र सुरक्षाको अनुभूति गरेका छन् । ९३ प्रतिशत इसाई र बाँकी अन्य धर्माबलम्बी मिलेर बसेका छन् । धार्मिक र जातीय मेलमिलाप छ । जनसुरक्षा र आपतविपत्को उद्धार तथा राहत कार्य प्रहरीलगायतका निकायले गर्ने गरेका छन् । हाल अशान्ति अराजकताले आक्रान्त विश्ववासीहरू आइसल्यान्डको यस्तो शान्ति र सुख देखेर लोभिएका छन् । मुलुकलाई शान्त र सुखी बनाउने त्यहाँका सरकार र राजनीतिक दल धन्यवादका पात्र बनेका छन् ।
आइसल्यान्डका जनताको सुख र शान्तिका लागि सबै विकल्प खुला गरिएको छ । राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक र वैचारिक सबै अधिकारप्राप्त त्यहाँका बासिन्दा शान्त छन् र सुखी पनि । उनीहरूका लागि सरकारले सबै पूव्र्ााधारको व्यवस्था गरिदिएको छ भने आ-आफ्नो दायित्व र जिम्मेवारीको बोध पनि प्रत्येक नागरिकले गरेका छन् । उनीहरू आफ्ना असहमति र विरोधलाई पनि विधिसम्मत र मर्यादित ढङ्गले प्रस्तुत गर्ने गरेका छन् जसले त्यहाँ राजनीतिक हिंसा, तोडफोड र आगजनीका घटना नगण्य छन् । राजनीतिक दलहरूमा राजनीतिक संस्कार र संस्कृति विकास भएको छ । एक दलले अर्का दललाई सम्मान गर्छन् । निषेधको राजनीति गर्दैनन् । दल र तिनका नेताहरू आफ्ना कमीकमजोरी सहजै स्वीकार गर्छन् । काम गर्न नसेके एक दलले अर्को दललाई सहजै सत्ता हस्तान्तरण गरेर एउटा सभ्य समाजको परिचय दिने गरेका छन् ।
सन् २००८ देखि सुरु भएको वित्तीय सङ्कटले आइसल्यान्डमा पनि अराजकता र अशान्ति बढ्ने अनुमान गरेका थिए तर त्यहाँका राजनीतिक दलहरूको कुशल व्यवस्थापन र सहमतिका कारण मुुलुकले सहजै निकास पाएको छ । वित्तीय सङ्कट सुरु भएपछि त्यहाँका केही ठूला बैङ्क तथा वित्तीय सङ्घसंस्था धराशायी हुने अवस्थामा पुगे । बेरोजगारी समस्या थपियो । जनताले असन्तुष्टि व्यक्त गर्दै शान्तिपूर्ण विरोध प्रदर्शनसमेत गरे । जनताले विरोध गरेपछि प्रधानमन्त्री गेइर हार्डेले राजीनामा गर्नुभयो । २००९ को अपि्रलमा भएको आमचुनावमा सत्तारुढ पार्टी पराजित भयो र जोहान्ना सिगुर्डारडेट्टरिको मध्य बामपन्थ्ाी गठबन्धनले बहुमत ल्यायो । मुलुक स्व्ातन्त्र भएपछि पहिलो पटक मध्य बामपन्थी गठबन्धनको नेतृत्व गर्दै महिला नेत्री जोहन्ना सिगुर्डारडेट्टरिले सत्ता चलाउनुभएको छ ।
सत्तामा आएपछि उहाँले मुलुकको वित्तीय सङ्कट समाधान गरी बेरोजगारी समस्या समाधानलाई पहिलो प्राथमिकता दिनुभएको छ । वित्तीय सङ्कटका कारण छ-सात प्रतिशतसम्म पुगेको बेरोजगारी समस्या समाधान गर्न सरकारले अहिले विशेष प्याकेज ल्याएको छ । सो प्याकेजमा एक लाखभन्दा बढी युवाशक्ति परिचालन गरिएको छ । यस कार्यक्रमले बेरोजगार बनेका युवामा नयाँ उत्साह थपिएको छ । सरकारले वित्तीय सङ्कट समाधान गर्न आन्तरिक तथा बाहृय सहयोगका सबै ढोका खुला गरेको छ । यसले जनतामा आशा र भरोसा बढाएको छ ।
आन्ध्र महासागरको उत्तरी क्षेत्रमा रहेको आइसल्यान्ड ज्वालामुखी र तातोपानीको कुण्डले भरिएको देश पनि हो । त्यहाँ सक्रिय तीनवटा ठूला ज्वालामुखी र अन्य दर्जनौँ साना ज्वालामुखी विस्फोटले बारम्बार त्यसक्षेत्रलाई अस्तव्यस्त पार्ने गरेको छ तर सरकारले त्यसलाई पनि सही ढङ्गले व्यवस्थापन गरी जनधनको ठूलो क्षति हुनबाट जोगाउँदै आएको छ । गत वर्ष त्यहाँको एउटा ठूलो ज्वालामुखी विस्फोट हुँदा डेढसातासम्म युरोपमा हवाई यातायात अबरुद्ध भएको थियो भने यसवर्ष पनि अर्को ज्वालामुखी विस्फोटले केही दिन हवाई उडानलाई प्रभावित बनाएको छ । ज्वालामुखी विस्फोटको जोखिम न्यूनीकरण गर्न सरकारले विशेष कार्यक्रम लागू गरेको छ । ज्वालामुखी विस्फोटको जोखिममा पर्ने पीडितका लागि उचित राहत तथा उद्धारको व्यवस्था गरेको छ ।
मुलुकको प्राकृतिक स्रोत र साधनको सही सदुपयोग गरिएकाले जनताले धेरै क्षेत्रमा राहत पाएका छन् । तातोपानीका भूमिगत स्ा्रोत तथा कुण्डको तातोपानीलाई जनताको घरघरका बाथरूपमा पुर्‍याएको छ भने मुलुकभर विद्युतीकरण गरिएको छ । ८० प्रतिशतभन्दा बढी विद्युत् जलविद्युत्मा आधारित छ । कहिल्यै लोडसेडिङ हुँदैन । त्यहाँका मुख्य व्यवसाय कृषि र माछापालनलाई आधुनिक र वैज्ञानिक बनाइएको छ ।
प्रतिनिधिमूलक प्रजातन्त्र र एकात्मक संसदीय गणतन्त्रको मौलिक राजनीतिक प्रणाली अङ्गीकार गरेको आइस्ाल्यान्ड सन् १९४४ मा डेनमार्कबाट स्वतन्त्र भएको हो । सन् १९६९देखि सेनाको व्यवस्था खारेज गरेको यो मुलुकले नेटोको सदस्यता भने लिएको छ र आउँदो वर्ष युरोपेली सङ्घको पनि सदस्यता लिदै छ । सन् १९८५ मा परमाणुमुक्त क्षेत्र घोषणा भएको आइसल्यान्डलाई सन् १९९४ मा युरोपेली अािर्थक क्षेत्र बनाइएको हो । स्व्ातन्त्र भएयता यसले गरेको उन्नति र प्रगति विश्वकै लागि एउटा नमूना बनेको छ ।

रामप्रसाद आचार्य
युवामञ्च