विज्ञानमा २०१०


प्रतिपदार्थ अर्थात एन्टिम्याटरको  निर्माणस्वीट्जरल्यान्डस्थित सेर्न प्रयोगशालाका वैज्ञानिकहरूले नोभेम्बरको मध्यतिर सनसनीपुर्ण नयाँ समाचार दिए । उनीहरूले ज्ञात पदार्थको विलोम जनाउने प्रतिपदार्थ अर्थात  एन्टिम्याटर निर्माण गर्न सफल भएको बताएका थिए । वैज्ञानिकहरूका अनुसार प्रतिपदार्थ हाम्रो भौतिक जगत्को कुनै परमाणु दर्पणमा बनेको प्रतिछवि समान हो । पदार्थ तथा प्रतिपदार्थ आपसमा मिल्नेबित्तिकै एक-अर्कालाई तुरुन्त नष्ट गर्न सक्छन् । प्रतिपदार्थको हरेक परमाणु तीन मुख्य कण इलेक्ट्रोन, प्रोटोन र न्युट्रोनबाट निर्मित छ, तर  यसमा न्युट्रोनलाई छोडेर बााकी दुईको विद्युतीय आवेश ठीक विपरित हुन्छ अर्थात् इलेक्ट्रोन धनात्मक तथा प्रोटोन ऋणात्मक हुने भएकाले नै यसलाई एन्टिम्याटर भनिएको  हो ।

एन्टी हाइड्रोजनको ३९ परमाणु विकास

सेर्न प्रयोगशालामा प्रतिपरमाणु निर्माणकै क्रममा एन्टी हाइड्रोजनका ३८ परमाणु विकास गर्न पनि वैज्ञानिकहरू सफल भए । अल्फा नाम दिइएको प्रतिपरमाणु मिसनमा  प्राप्त भएको यो सफलतालाई विज्ञानको क्षेत्रमा चमत्कारिक उपलब्धि मानिएको छ । जेफ्री हैंग्स्टका अनुसार एक्सीलेटरमा कपरको एकातिर प्रोटोनको अत्यन्त तेज गतिमार्फ त यसलाई पैदा गर्न सकिन्छ ।
प्रतिपदार्थ अर्थात् प्रतिपरमाणु निर्माणमा प्राप्त यो सफलताले सेर्न प्रयोगशालाका वैज्ञानिकहरू उत्साहित छन् । उनीहरूका अनुसार अबको वज्ञानिक अनुसन्धानले ठोस  निष्कर्ष निकाल्नेछ । आगामी केही महिनाभित्र सेर्न प्रयोगशालाको हाइड्रोजन कोलाइडरले डार्क म्याटरका बारेमा पनि रहस्यको पर्दा उघार्नेछ । वैज्ञानिकहरूका अनुसार  ब्रह्माण्डको २५ प्रतिशत हिस्सा अँध्यारो विषयले ओगटेको छ, जसले प्रकाशलाई परावर्तित गर्दैन । ७० प्रतिशत ब्रह्माण्डमा अदृश्य डार्क ऊर्जा फैलिएको छ । हामीले देख्ने केवल ५ प्रतिशत हिस्सा मात्र हो, जहाँ असंख्य ग्यालेक्सी छन् ।

सूर्यको विकल्प खोजियो

सूर्यलाई धरतीमा उतार्ने वैज्ञानिकहरूको सपना सन् २०१० मा आइपुग्दा केही नजिक आइपुगेको छ । अमेरिकी वैज्ञानिकहरू लेजर किरणको क्षणिक वषर्ातको माध्यमबाट  हाइड्रोजन न्युक्लियरलाई आपसमा विलय गर्न लायकको तापक्रम पैदा गर्न सफल भएका छन् । सूर्यको भित्र तथा सबै ताराको गर्भमा हरेक क्षण अर्बौं अरब टन हाइड्रोजन  परमाणुको आपसमा विलय भैरहन्छ । यहि प्रकारले एकातर्फ हिलियम बनिरहेको हुन्छ भने अर्कातर्फ प्रचण्ड प्रकाश अर्थात् गर्मी पैदा हुन्छ, जसले पृथ्वीमा रहेका हामीलाई  जीवन दिएको छ । क्यालिफोर्नियास्थित लरेन्स लिभरमोर प्रयोगशालाका वैज्ञानिकहरूले एउटा प्रयोग गरेका छन् । अमेरिकी सेनाको यही प्रयोगशालाको नजिक सबैभन्दा  शक्तिशाली लेजर संयन्त्र नेसनल इग्निसन फैसिलिटी (एनआईएफ) छ, जहाँ एक नयाँ क्याप्सुलमा महाशक्तिशाली लेजर किरणको चौतर्फी वर्षात गरिएको थियो । यसले  मिनी हाइड्रोजन बम तयार भएको थियो, जुन मिनी सूर्यले जस्तै प्रकाश फ्याँक्न सफल भएको थियो । यो आफैंमा मिनी सूर्य हो, जसले प्रकाश दिन्छ ।

सुनबाट बनेको उक्त क्याप्सुल बिमारीले खाने औषधीको क्याप्सुल बराबर बेलनाकार थियो । यसमा १ सय ९२ पराबैगनी लेजर किरण फोकस गरिएको थियो । जसबाट पै दा भएको एक मेगाजुलबाट यति धेरै प्रचण्ड ऊर्जा आएको थियो, जुन पहिले कुनै एक बिन्दुमा केन्द्रित गर्न सम्भव भएन । यो प्रचण्ड ऊर्जा क्याप्सुलको बाहिर वाष्पीकरण  हुँदै तुरुन्तै प्लाज्मा बनेको थियो, प्लाज्मा एकै झट्कामा यति खतरनाक शैलिमा फैलिन्छ कि, क्याप्सुलको भित्री भागमा दस करोड पटक भार पर्छ र ११ करोड डिग्री से ल्सियस बराबर तापमान पैदा भएको थियो । यो अकल्पनीय तापक्रम ड्युटेरियम तथा टि्रसियम हाइड्रोजन परमाणुको न्युक्लियर आपसमा ठक्कर खाएर हिलियम बन्ने तथा  भारी मात्र ऊर्जा दिनसक्ने बाटोमा जान्छ ।

कृत्रिम जीवनको रचना भएको दाबी

जैविक अनुवंशिकीसाग सम्बन्धित वैज्ञानिक क्रेग वेटरको नयाँ खोजी संसारलाई चकित ख्वाउने किसिमको छ । २० मेमा सार्वजनिक भएको यो नयाँ खोजीमा वेटरले सिन्थे टिक सेल निर्माण गर्न सफल भएको बताएका छन् । कम्प्युटरमा डिजिटल कोडको माध्यमद्वारा यसको निर्माण भएको हो । वेटरका अनुसार निर्माणक्रममा डिएनए क्रोमो जोम लिपिद्वारा रसायनको माध्यमले लेखियो । यो क्रोमोजोम १० लाख अक्षर बराबर लामो थियो । अक्षरको अन्तिम संयोजन यिस्ट ब्याक्टेरियामा गरिएको थियो । यो जब  डिएनए सेलमा पुग्यो, जसले नयाँ प्रोटिन बनाउन थाल्यो र सेललाई नयाँ ब्याक्टेरियामा परिणत गर्न सफल भयो, यो पूर्णत नयाँ सेल हो । यसको अर्बौं पटक नक्कल  तयार गरियो । सेलको भित्र रहेको एक मात्र डिएनए कृत्रिम डीएनए भएको वैज्ञानिक वेटरले बताए, उनका अनुसार पृथ्वीमा यो पहिलो यस्तो प्रजाति हो, जसका आमा  बुबा कम्प्युटर हुन् ।

तर जर्मनीका जीव वैज्ञानिक हेल्मुट ब्लेकरले क्रेगलाई राम्रोसाग चिन्ने बताउर्दै यो खोजी कृत्रिम कोशिका निर्माणमा पूर्ण सफल नभएको बताए । ब्लेकरले पहिले नै  अस्तित्वमा रहेको जिनोमको रासायनिक संश्लेषण गरेर त्यही मूल सेलसाग मिल्दोजुल्दो दोस्रो सेल हालेर नयाँ सेल विकास गरे भन्नु मूर्खतापूर्ण भनाइ भएको दाबी गरे ।  उनका अनुसार सिन्थेटिक सेल भन्नाले जिनोम नै रासायनिक विधिद्वारा निर्मित मात्र होइन, त्यसको अनुवांशिक गुण पनि कृत्रिम हुनुपर्छ । वैज्ञानिक क्रेग वेटर स्वंयले पनि उनको समुहले रासायनिक विधिद्धारा निर्मित एक जिनोमलाई यिष्टका रूपमा परिचित एककोषीय प्राकृतिक ब्याक्टेरियामा प्रत्यारोपण गरेका थिए । क्रेग वेटरको यो उपलब्धि  नयाँ प्रकारको रोगको जीवाणु फैलाउन तथा युद्धप्रेमीहरूका लागि सहयोग पुर्‍याउन उपयोग हुन सक्ने खतरा प्रति पनि वैज्ञानिकहरूले सचेत गरेका छन् ।

क्रेग वेटरले उनको अनुसन्धान मुसामा परीक्षण गरेर मानिसको यौवन फर्काउन सकिने पुष्टि गरेको बताए । वेटरले एक इन्जाइमको सहायताले बूढो मुसोलाई जवान  बनाएर उसलाई लामो जिन्दगी दिन सफलता प्राप्त गरेका थिए, तर अर्काथरी वैज्ञानिकहरू वेटर तन्नेरी मुसोलाई बूढो बनाएर इन्जाइमको सहायतामा उसको यौवन फकार् उन सफल भएको बताउँछन् । यसअघि सन् २००९ मा मानिस किन बूढो हुन्छ र किन मानिस मर्नैपर्छ भन्ने विषयमा ३ वैज्ञानिकले नोबेल पुरस्कार पाएका थिए

खुल्यो राजा तुतेनखामेनको रहस्य

हजारौं वर्षअघि रहस्यमय ढंगले मरेका मिश्रका राजा तुतेनखामेनका बारेमा यो वर्ष केही नयाँ रहस्य सार्वजनिक भयो । मिश्र, जर्मनी तथा इटलीका विशेषज्ञहरूको एक टोलीले उनकि आमाको शव (जसलाई सुरक्षित राखिएको छ) को डीएनए परीक्षणका आधारमा उनी  लुलो-लंगडो तथा दयनीय व्यक्ति भएको खुलासा गरे ।

राजा तुतेनखामेनका पिता अखेनातनले आफ्नै सहोदर बहिनीसाग विवाह गरेर जन्मिएको सन्तान थिए, तुतेनखामेन । तुतेनखामेन ३ हजार ३ सय वर्षअघि आठ वर्षको  उमेरमा राजा बनेका थिए । १९ वर्षको उमेरमै उनको हत्या भएको बताइएको थियो । डीएनए टेष्टले तुतेनखामेनमा गम्भीर रोग देखायो, जसकारण उनी छोटो उमेरमै  मरे ।

अर्को ग्रह पत्ता लाग्यो

खगोलशास्त्रीहरूले एउटा यस्तो ग्रह फेला परेको दाबी गरेका छन्, जुन हाम्रो तारा समूह अर्थात् ग्यालेक्सीभन्दा बाहिरको हो । बृहस्पति ग्रह जस्तो यो ग्रह यस्तो सौयर् मण्डलको सदस्य हो जुन कुनै समय एक सानो तारा समूहको हिस्सा थियो । साइन्स पत्रिकामा प्रकाशित अनुसन्धान-प्रतिवेदनअनुसार यो सानो तारा समूहलाई कुनै समय  आकाशगंगाले निलेको थियो । खगोलशास्त्रीहरूले यसको नाम एचआइपी १३०४४ राखेका छन् । यो पृथ्वीभन्दा २ हजार प्रकाश वर्ष टाढा छ । चिलीस्थित एक खगोल  विज्ञान अध्ययन केन्द्रमा रहेको दुर्बिनको सहायताले यो तथ्य उजागर गरेको हो । नक्षत्रको खोजीमा लागेका अनुसन्धानकर्ताहरूका अनुसार यो ग्रह हेल्मी स्टि्रम नामको  तारासमूहको सदस्य हो । यो ग्रह वृहस्पति ग्रहभन्दा २५ गुणा बढी वजनको छ ।

हाइड्रोजन कोलाइडरमा अर्को महाविस्फोट

युरोपीय परमाणु अनुसन्धान संगठन सेर्नले प्रोटोनको स्थानमा शिशाको ऐनालाई आपसमा ठोक्काएर सफलतापूर्वक महाविस्फोट गरायो । फ्रान्स र स्वीजरल्यान्डको  सिमास्थित हाइड्रोन कोलाइडर एलएचसिमा काम गर्ने वैज्ञानिकहरूलाई यो सफलता वर्षको अन्त्यतिर नोभेम्बरमा हात परेको हो । यो प्रयोगमा उनीहरू सूर्यको केन्द्र भन्दा  १० गुणा बढी तापक्रम पैदा गर्न सफल भएका थिए । यो महामसिन जमिनभन्दा १ सय ७५ मिटर गहिराइमा २७ किलोमिटर लामो गोलो सुरुङमा छ । अहिलेसम्म यसमा  प्रोटोनलाई टक्कर गराइएको थियो, जसको उद्देश्यले ब्रह्माण्ड निर्माणको रहस्य पत्ता लगाउन सकियोस् भन्ने थियो । प्रोटोनको टक्करले हिग्स नामको कण तथा नयाँ भौ तिक नियम पत्ता लगाउन मद्दत मिल्ने बताइएको छ । यतिखेर वैज्ञानिकहरू प्रोटोनको विकल्पमा सिसाको ऐनाको ठक्कर गराएर प्राप्त तथ्यहरूको विश्लेषण गर्न ध्यान केन्द्रित गरिरहेका छन् ।

करेन्टले हटाउनेछ गणितको समस्या

बेलायतको अक्सफोर्ड युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गणितमा कमजोर हुनेहरूका लागि अध्ययनको नयाँ विधि विकास गरेका छन् । यो यस्तो विधि हो, जसबाट  मानिसको मस्तिष्कमा बिजुलीको हल्का करेन्ट दिइन्छ । मानिसको मस्तिष्कमा हल्का करेन्ट दिएपछि उसको अंकगणितको क्षमता छ महिनाका लागि बढ्छ । जोड-घटाउ  तथा अंकसम्बन्धी कुनै पनि समस्यामा बारबार अल्झिरहनेहरूका लागि यो विकासले आशाको नयाँ किरण छरेको छ । जबकि यस प्रकारको प्रयासले मस्तिष्कको अन्य  अंगमा असर पर्न सक्ने भएकाले यस विषयमा गहन अध्ययन आवश्यक भएको एक थरी वैज्ञानिकहरूले बताएका छन् ।

समुद्री जीवहरूको जनगणना पूरा

समुन्द्री जीवहरूको दस वर्षको जनगणना पूरा भएको छ, तर वैज्ञानिकहरू यसले केही चुनौती पनि ल्याएको बताउँछन् । वैज्ञानिकहरूले विश्वका सबै समुद्रभित्र रहेका जीवहरूको १० वर्ष लामो जनगणना वर्ष २०१० मा सकिएको हो । यो जनगणनाले त्यस्ता नयाँ जीवहरू पत्ता लगाएको छ, जसका बारेमा संसार बेखबर थियो ।  जनगणना समितिका अध्यक्ष आयन पायनरले जनगणना पछि समुद्रभित्र रहेका जीवमा समुद्रबाहिरका प्रत्येक प्राणी आश्रति भएको तथ्य खुलेको बताए ।  परियोजनामा ८०  राष्ट्रका ६ सय ७० संस्थाका २ हजार ७ सय अनुसन्धानकर्ता सहभागी थिए ।

बिरुवाका प्रजाति लोपोन्मुख

वैज्ञानिकहरूका अनुसार विश्वका पााच भागको एक भाग बिरुवाका प्रजाति लोपोन्मुख अवस्थामा पुगेको छ । लन्डनस्थित रोयल बोटानिकल गार्डेका वैज्ञानिकहरूले गरेको  अनुसन्धान अनुसार हाल ३ लाख ८० हजार प्रजाती लोपोन्मुख अवस्थामा पुगेका छन् । औषधीका रूपमा प्रयोग हुने बिरुवाको प्रजाति पनि हराउने सम्भावना भएकाले  यसले मानवजीवनलाई खतरामा पुर्‍याउने वैज्ञानिकहरू बताउँछन् । वैज्ञानिकहरूले १७ हजार २ सय ९१ प्रजातिका बिरुवा लगभग लोप हुने अवस्थामा पुगिसकेको पनि  बताएका छन् ।

अब पिसाब नै इन्धन

स्कटल्यान्डको एक युनिभर्सिटीका अनुसन्धानकर्ताले मानव मूत्रबाट इन्धन बनाउने तयारी गरिरहेका छन् । पिसाबमा हुने तत्वको प्रयोग ज्वलनशील हाइड्रोजन तथा मिथे नलको विकल्पका रूपमा गर्न सकिन्छ । मानव तथा पशुको पिसाबमा भएको युरिया अर्थात् कार्बामाइड एउटा यस्तो रासायनिक तत्व हो, जसको उपयोग मल खाद  बनाउन गरिन्छ । अनुसन्धानकर्ता शानवेन ताओ तथा उनका सहयोगी रौंग लेनले मानव मूत्रबाट केही सवारी चलाउने अभ्यास समेत गरिसकेको बताएका छन् ।

हिमालय पर्वतको अवस्था नाजुक

सगरमाथाबाट वर्ष २०१० मा लिइएको ताजा तस्बिरले विगत ८९ वर्षमा हिमालय क्षेत्रमा उल्लेख्य मात्रामा हिउँ अर्थात् बरफ पग्लिएको देखाएको छ । सन् १९२१ मा बे लायती पर्वतारोही जर्ज मेलरीले एभरेस्टको जुन स्थानबाट तबिवर लिएका थिए, यो वर्ष द एसिया सोसाइटीले त्यहीबाट तस्बिर खिच्ने अवसर जुटाएको थियो । दुवै  तस्बिरलाई तुलनात्मक अध्ययन गर्दा छक्क पर्ने यथार्थ देखा पर्‍यो । हिमालयबाट हिउँ पग्लिने क्रम तीव्र भएकाले फरक समयमा तस्बिर लिइएको एउटै स्थान अलग दे खिएको थियो ।

भूकम्पसम्बन्धी पूर्वानुमान गर्छ भ्यागुताले

एक अध्ययनले भ्यागुतालाई भूकम्प आउने विषयमा पहिले नै थाहा हुने बताएको छ । इटलीको लाकिला शहरमा आएको भूकम्पभन्दा तीन दिनपहिले नै त्यहाा रहेका  भ्यागुता पलायन भएपछि भ्यागुताको यो गुणका सम्बन्धमा थाहा पाइएको वैज्ञानिकहरूले बताएका छन् । भूकम्पको केन्द्रबिन्दुभन्दा ७४ किलोमिटर टाढा रहेका भ्यागुता  एक्कासि पलायन भएपछि उनीहरूको स्वभावका सम्बन्धमा वैज्ञानिकहरूले विस्तृत अध्ययन गरेका थिए । यसअघि माछा, मुसा, सर्प आदिले भूकम्प आउनुअगावै संकेत  पाउने जानकारी आइसकेको थियो ।

सामान्य कपडा नै ब्याट्री

वैज्ञानिकहरूले सामान्य कपडालाई ब्याट्रीको स्वरूपमा बदल्न सफलता पाएका छन् । पोसाकलाई इलेक्ट्रोनिक उपकरणमा बदल्नुलाई ठूलो सफलता मानिन्छ । विज्ञान  पत्रिका न्यानो लेटर्समा प्रकाशित समाचारअनुसार अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले कपडालाई ब्याट्रीमा बदल्न कपडाको कार्बनमा न्यानोट्युब प्रयोग  गरेका थिए । कपडामा इलेक्ट्रोनिक गुण कायम रहोस् भनेर कपडाको कार्बनमा न्यानोट्युबको मसी दलिएको थियो ।

तीनपटक गर्भपात हृदय रोगको कारण

जर्मनीका अनुसन्धानकर्ताहरूका अनुसार यदि महिलाको तीन पटक गर्भपात भयो भने उनीहरूमा मुटुरोगको सम्भावना पाँच गुणा बढी हुन्छ । जनरल हार्टमा प्रकाशित  लेखअनुसार यदि कुनै महिलाको कम उमेरमै गर्भपात भयो भने हृदय रोगको खतरा बढ्छ र त्यसले भविष्यमा समस्या उत्पन्न गराउन सक्छ । जर्मनीका अनुसन्धानकतार् हरूका अनुसार ३५ वर्ष देखि ६५ वर्षका ११ हजार ५ सय महिलामा सर्वेक्षण गरिएको थियो । यी महिलामध्येमा केहीमा पहिले नै हृदय रोगको झट्का लागिसकेको  पाइएको थियो । अनुसन्धानकर्ताहरूले महिलाहरूमध्ये कतिमा गर्भपात र कतिमा हृदय रोगको झट्का लागेको छ भनेर अनुसन्धान गरेका थिए ।  अनुसन्धानकर्ताहरूका  अनुसार ३ पटक गर्भपात भएका महिलामा हृदय रोगको समस्या ५ सय प्रतिशत अर्थात ५ गुणा बढी पाइएको छ ।

पुरुषलाई बढी पसिना आउने

जापानका वैज्ञानिकहरूले महिलाको तुलनामा पुरुषलाई बढी पसिना आउने तथ्य सार्वजनिक गरेका छन् । महिलाको शरीरमा तरलता कम हुने भएकाले उनीहरूमा कम  पसिना आउँछ । पसिना कम आउने कारणले नै महिलाहरूलाई गर्मि सहन गाह्रो हुन्छ । अनुसन्धानकर्ताहरूका अनुसार ३७ व्यक्तिलाई वातानुकूलित घरमा राखेर साइकल  रेस गर्ने क्रममा पुरुष र महिलाको पसिना माप गरिएको थियो, जसमा पुरुषको तुलनामा महिलालाई कम पसिना आएको देखियो ।

एड्सबाट बच्ने उपाय

वैज्ञानिकहरूका अनुसार यौनसम्पर्क गर्नुअघि योनिको भित्री भागमा लगाउने एक मल्हमले महिलामा एड्सको खतरालाई ५० प्रतिशत कम गरिदिएको छ । दक्षिण अफ्रिकामा  चलिरहेको यो परिक्षणपछि वैज्ञानिकहरूले एचआईभी पोजेटिभ भएका पुरुषसाग असुरक्षित यौन सम्बन्ध राखेर संक्रमित हुने महिलाका लागि बच्ने आधार पहिल्याएको  बताए । करिब ९ सय महिलामा गरिएको परिक्षणका सम्बन्धमा जानकारी दिँदै वैज्ञानिकहरूले भनेका छन्- यो मल्हमको प्रयोगपछि एक वर्षको अन्तरालमा एचआईभी  संक्रमणको संभावना ५० प्रतिशतले टरेको छ ।