
उनले गाउनुअघि नमस्ते व्याण्डका इश्वर गुरुङ, मङ्गोलियन हर्टका राजु लामा र रविन तामाङले पनि आफ्नो प्रस्तुती देखाएका थिए। झण्डै चालिस हजारको हाराहारीमा उपस्थित दर्शकले शनिवार दिउँसो दुईदेखि राति दश वजेसम्म निरन्तर रंगशाला भित्र ब्राइनको कन्सर्ट हेर्न वसेका थिए। भोको पेट मात्रै होइन पिसाव समेत रोकेर उनीहरुले झण्डै अढाइ घण्टा एकै ठाउँमा विताएका थिए ।
ब्राइनले रातिको सातवजेपछि मात्रै गीत गाएका थिए । निर्धारित समयभन्दा करिव चार घण्टा ढिलागरि सुरु भएको यस कार्यक्रमलाई प्रत्यक्ष हेर्न नपाएकाहरुले दशरत रंगशाला वाहिरै वसेर भएपनि आत्मसन्तुष्टि लिएका थिए । निजी जेट एयरवयजवाट उनी आफ्नो ४० जनाको टोलीका साथमा नेपाल आएका ब्राइन सम्वत आइतवार साँझ फर्कने जनाइएको छ।
स्टेज, साउण्ड र लाईट जडानको लागि भारतवाट आएका प्राविधिकको टोली लगायत दुई सयवढि कामदारले शुक्रवार रातभर काम गर्दा पनि नकसेपछि कार्यक्रम ढिलागरि सुरु भएको थियो । भारतको विभिन्न स्थानवाट स्थल तथा हवाई मार्गवाट ल्याइएको स्टेज, साउण्ड र लाईटका सामानहरुले रंगशाला श्रृंगारिएको थियो ।
समुन्द्रपारी