भिसाबिनै ११ वर्षमा १५ देश

१९ वर्षको उमेरमा २७ वर्षे मान्छेको पासपोर्टमा मेरो फोटो टाँसेर २०५३ सालमा म भारत हुँदै जर्मनी पुगेँ। काम पाउने सम्भावना नभएपछि आफन्तकै सल्लाहमा म अस्िट्रयाको बाटो हुँदै इटाली जाने क्रममा नक्कली पासपोर्टका कारण अस्िट्रयामा पक्राउ परेँ। नेपाल कट्टर हिन्दु राष्ट्र भएको र म क्रिश्चियन भएकाले भागेको जनाउँदै मैले शरणार्थीका लागि आवेदन दायर गरेँ। पर्याप्त प्रम्ााण पुर्‍याउन नसकेको भन्दै मेरो आवेदन स्वीकार भएन। जेलभित्रै म डिप्रेसनको सिकार भइसकेको थिएँ।

छ महिनापछि मलाई शरणार्थी शिविर सारयिो। इमिग्रेसनले नेपाल पठाउने तयारी गरेको थाहा पाएपछि म शिविरबाटै भागेर जर्मनी फर्कें। तर, भोलिपल्ट म फेर िपक्राउ परेँ। मैले शरणार्थीका लागि आवेदन मुद्दा हालेपछि मलाई क्लोज शिविरमा राखियो। मुद्दा हार्ने निश्चित भएपछि म भागेर रेलको यात्राबाट बेल्जियम पुगेँ। बेल्जियममा पनि पैसा कमाउन नसकिने भएपछि म लन्डन पठाइदिने दलालहरूको खोजीमा दुई महिना भौँतारएिँ। रसियन दलालले दुईदेखि तीन हजार जर्मन मार्क लिएर लन्डन पठाउँथे। राती ड्राइभर निदाएको मौका छोपेर बेल्जियमबाट सामान बोकेर लन्डन जाने लरी -सामान बोक्ने लामो गाडी)को पछाडिको भाग फोडेर दलालले मान्छे छिराउँथे र पहिलेको जस्तै गरेर ढोका बन्द गर्थे। म छिरेको गाडी त लन्डन नपुगेर फ्रान्स पो पुग्यो। फ्रान्सबाट रातारात बस चढेर फेर िबेल्जियम नै फर्किएँ। दोस्रोपल्ट लन्डन जाने भनेर चढेको गाडी हल्यान्ड पुग्यो। सामान अनलोड गर्ने बेलामा म निस्िकएँ र भागेर फेर िबेल्जियम पुगेँ। तेस्रोपटक म चढेको लरी घन्टौँसम्म पनि हिँडेन। र, मेरो प्रयास निष्फल भयो। 


लरीका ड्राइभरलाई पैसा खुवाएर म चौथोपटकको प्रयासमा बेल्जियमबाट फ्रान्स हुँदै इंग्ल्यान्ड पुगेँ। इंग्ल्यान्ड प्रवेश गरेकै दिन म फेर िपक्राउ परेँ। १८ वर्षभन्दा कम उमेर बताएर मुद्दा दायर गरेपछि मलाई शरणार्थी क्याम्पमा पठाइयो। क्याम्पबाट भागेर नौ वर्षसम्म इंग्ल्यान्डमै लुकेर काम गरेँ। स्थायी बसोबास पाउन नसकेपछि मैले पाकिस्तानी दलालमार्फत १ हजार ५ सय पाउन्डमा इटालियन नागरकिको पासपोर्ट किनेर पोर्चुगल पुगेँ। त्यही वर्ष पोर्चुगल सरकारले ग्रीनकार्ड दिने नीति फेर्‍यो। एक वर्ष पोर्चुगल बसेपछि  लुकेरै स्पेन पुगेँ। स्पेनमा काम पाउन सकिएन। १० महिनापछि फेर िम लुकेरै स्िवडेन पुगेँ। त्यहाँको अध्यागमन विभागले म लन्डन बस्दाको फिंगर पि्रन्ट पत्ता लगाएपछि मलाई लन्डन पठाउने तयारी थाल्यो। म फेर िलुक्दै नवर्ेे पुगेँ। एक साता नर्वे बसेर स्िवडेन फर्किएँ। दुई दिन मात्रै स्िवडेन बसेर पानीजहाज चढेर अवैध ढंगले फिनल्यान्ड छिरेँ। चार दिन बसेपछि मालवाहक सामुदि्रक जहाजमा लुकेर बाल्टिक गणराज्य लात्भिया पुगेँ।


तीन महिनापछि अध्यागमन विभागले म अवैध ढंगले लात्भिया छिरेको थाहा पाएपछि पक्रने प्रयास गर्‍यो। म भागेर बस चढेर लिथुनिया हुँदै पोल्यान्ड पुगेँ। पोल्यान्डमा फेर िपक्राउ परेँ। मैले शरणार्थीको आवेदन गरेँ तर स्वीकार भएन । मलाई लिथुनिया फर्काइयो। लिथुनिया सरकारले मलाई महिनौँ बन्द शिविरमा राख्यो। डेढ महिनापछि मलाई लात्भिया नै फर्काइयो। लात्भियाको क्याम्पमा एक महिना बसेपछि म ०६६ मा नेपाल फर्कें।
नेपाल साप्ताहिक