Showing posts with label Prabasi News. Show all posts
Showing posts with label Prabasi News. Show all posts

सिलिकनका सिपालु: आईटी सिटीमा प्रसिद्धि कमाउँदै नेपाली

उनले उच्च शिक्षा भारतमा लिए र भविष्य पनि यतै बनाउने अठोट गरे। अहिले एसियाको सिलिकन भ्याली भनेर चिनिने बैङ्लोरमा सूचना तथा प्रविधिकने एउटा कम्पनी चलाइरहेका छन्, जो सामाजिक सञ्चार र प्रविधिमा दिनप्रतिदिन प्रगति गररिहेको छ। भूपेन्द्र खनाल, जो इनरेभ सिस्टम नामक त्यस कम्पनीका प्रमुख कार्यकार िअधिकृत हुन्, सहितका सञ्चालकहरूले कम्पनी स्थापनायता पछाडि फर्केर हेर्नुपरेको छैन।
यो कम्पनीले सामाजिक सञ्जालमै आफ्नो भविष्य देखेको छ र उनीहरूलेे 'सिम्प्िलफाई-३६०' जस्तो विश्वस्तरीय सफ्टवेयर निर्माण गरेका छन्। सिम्प्िलफाई-३६० यस्तो सप्mटवेयर हो, जसले सामाजिक सञ्जालमा भइरहेका कुरालाई एकै ठाउँमा ल्याएर डाटा विश्लेषण गर्छ र कुनै पनि व्यापारकि प्रतिष्ठानको नीति निर्माणमा मद्दत पुर्‍याउँछ। "हामीले जुन हिसाबले काम सुरु गरेका थियौँ, त्यसभन्दा धेरै अगाडि आइसकेका छौँ," इनरेभ सिस्टमका प्रमुख कार्यकारी अधिकृत खनाल भन्छन्, "सिम्प्िलफाई-३६० अब छिट्टै विश्वबजारमा पुग्दैछ। यसले हामीलाई सिंगो संसारसँग जोड्ने छ।"

नेपालको राजनीति सफा गर्न सकिन्छ

उनी जम्मा २५ वर्षका भए। पेसाले उनी अर्थशास्त्रमा स्नातक तहका विद्यार्थी हुन्। तीन वर्षअघि व्यवस्थापन विषय अध्ययन गर्न नेपालबाट  अमेरिका छिरेका प्रज्वलसिंह शाह आफू अध्ययनरत प्लात्स्वर्ग कलेजको विद्यार्थी युनियनका अध्यक्ष भएका छन्। पाँच महिनाअघि ६ हजारभन्दा  बढी विद्यार्थी अध्ययन गर्ने उक्त कलेजका विद्यार्थीले सिंहलाई अत्यधिक बहुमतले विद्यार्थी युनियनको अध्यक्षमा जिताएका हुन्। कलेजको ५०  वर्षे इतिहासमा अध्यक्ष चुनिने उनी पहिलो गैरअमेरिकी हुन्। नेपालबाट अमेरिका अध्ययन गर्न गएका हजारौं नेपालीमध्ये विद्यार्थी युनियनको  अध्यक्ष हुने पनि उनी पहिलो विद्यार्थी भएको बताइन्छ। स्टेट युनिभर्सिटी अफ न्युयोर्कको चेनमा रहेका विश्वविद्यालयबाट अध्यक्ष चुनिएका  कतिपय व्यक्ति अमेरिकी सिनेटर एवं न्युयोर्कको मेयरसम्म भएका छन्। नेपाल टेलिभिजन प्लसका निर्देशक जयसिंह शाहका जेठा छोरा  प्रज्वलसँग उनको चमत्कारिक प्रगतिका विषयमा साप्ताहिकले अनलाइन एवं टेलिफोनमार्फत लामो कुराकानी गरेको थियो।

घले अस्ट्रेलियाका १७६ औं धनी

सिड्नी (अस्ट्रेलिया), जेष्ठ २३ -  नेपाली युवा शेष घले यस वर्ष अस्ट्रेलियाको १ सय ७६ औं धनी व्यक्ति बनेका छन् । उनी कुल २ सय ६९ मिलियन अस्ट्रेलियन डलर सम्पत्तिसहित अस्ट्रेलियाका धनी व्यक्तिमा पुनः दर्ज भएका छन् ।
सन् २०११ को जुन अंकमा बीआरडब्लू पत्रिकाले निकालेको सर्वेक्षणमा घले यो स्थानमा आएका हुन् । गत वर्ष घले कुल २ सय ३७ मिलियन अस्ट्रेलियन डलरका साथ १ सय ६४ औं स्थानमा रहेका थिए । घलेको सम्पत्ति यस वर्ष गत वर्षभन्दा ३२ मिलियन डलरले बढी रहेको छ । अस्ट्रेलियाको मेलबर्नमा मेलबर्न इन्सिटच्युट अफ टेक्नोलोजी सञ्चालन गरिरहेका घले यसबाहेक रियल स्टेट व्यवसायमा पनि सफल मानिन्छन् । सूचना प्रविधि र व्यवस्थापन लगायतका विषय पढाइ हुने यहाँ ३ हजारभन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेका छन् । 

भिसाबिनै ११ वर्षमा १५ देश

१९ वर्षको उमेरमा २७ वर्षे मान्छेको पासपोर्टमा मेरो फोटो टाँसेर २०५३ सालमा म भारत हुँदै जर्मनी पुगेँ। काम पाउने सम्भावना नभएपछि आफन्तकै सल्लाहमा म अस्िट्रयाको बाटो हुँदै इटाली जाने क्रममा नक्कली पासपोर्टका कारण अस्िट्रयामा पक्राउ परेँ। नेपाल कट्टर हिन्दु राष्ट्र भएको र म क्रिश्चियन भएकाले भागेको जनाउँदै मैले शरणार्थीका लागि आवेदन दायर गरेँ। पर्याप्त प्रम्ााण पुर्‍याउन नसकेको भन्दै मेरो आवेदन स्वीकार भएन। जेलभित्रै म डिप्रेसनको सिकार भइसकेको थिएँ।

अँध्यारो महादेशमा उज्यालो अवसर

तीन लाखभन्दा बढी जनताको संहारक अपि|mकाको हिटलर भनिने तानाशाह इदी अमिनको नाम उच्चारण गर्दासमेत केही वर्षअघिसम्म धेरै नेपालीको आङ सिरंिग हुन्थ्यो । तर, अहिले रोजगारीका लागि नेपालीहरू धमाधम त्यही तानाशाहको मुलुक युगान्डा पुगिरहेका छन् ।

एचआईभी/एडसको उद्गम थलोका रूपमा चिनिन्छन् नाइजेरयिा, लाइबेरयिालगायतका पश्चिमी अपि|mकी मुलुकहरू । विश्वका कुल एचआईभी/एड्स संक्रमितहरूमध्ये ८८ प्रतिशत अपि|कामै छन् । सबसहारा क्षेत्रको कहालीलाग्दो भोकमरी र जातीय द्वन्द्वका भयानक दृश्य हरेक दिनजसो टेलिभिजनको पर्दामा हैर्दै आएका नेपालीहरूका मन-मस्ितष्कमा अपि|mका भन्नेबित्तिकै गरबिी र हिंसाको चित्र बनेको थियो। यस्तो भयावह अपि|mकाको कहालीलाग्दो गरबिी र विपन्नताको विगतको परचियले नेपालीलाई खासै फरक परेको छैन । मानौँ, उनीहरू पनि यस्ता समस्यासँग वर्षौंदेखि अवगत छन् । त्यसैले होला, युरोप, अमेरकिा र खाडी मुलुकमा रोजगारीका लागि जाने नेपालीहरूको प्राथमिकतामा पर्न थालेका छन्,अफ्रिकी महादेशका मुलुकहरू।

काम, दाम र कोरिया

नेपाल सरकार र कोरिया सरकारको सम्झौतापश्चात् नेपालीहरूले कोरियामा काम पाउन थालेका हुन्। भर्खरै मात्र ५७ हजार ६ सय ७५ नेपाली युवायुवतीले कोरियाका लागि र्फम भरे। र्फम भर्दा उमेरको हदबन्दी भए पनि शिक्षाको भने छैन। त्यसैले कक्षा ५ अध्ययन गरेकादेखि डिग्री अध्ययनरत युवासम्मले कोरिया जाने ध्याउन्नमा र्फम भरेका छन्।
यसपटक कोरिया जाने अनुमति ७ हजार १ सयले प्राप्त गरे पनि र्फम भर्नेहरूको संख्या त्यसको आठ दोब्बर छ। त्यसैले यसपटक आठ बराबर एकको अनुपातमा छनौट हुनेछन्। महिलाका लागि भने ८ सय जनाको कोटा छुट्याइएको छ।  नेपाल सरकार, श्रम तथा यातायात व्यवस्था मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारीअनुरूप रोजगार अनुमति प्रणाली -ईपीएस) अन्तर्गत गणतन्त्र कोरियामा कामदार पठाउने सिलसिलामा प्रक्रिया पुगेका नेपाली उम्मेदवारको छनौट एचआरडी कोरियाले गर्नेछ।

बेलायतमा निजी कलेजका विद्यार्थीले काम गर्न नपाउने

बेलायत सरकारले टियर फोरअन्तर्गत पढ्न आउने विद्यार्थीका लागि अनुदार शिक्षा नीति सार्वजनिक गरेको छ। गृह मन्त्री टेरेसाले उद्‍घोष गरेअनुसार यहाँका निजी कलेजमा पढ्नेहरुले काम गर्न पाउने छैनन्।मङ्गलबार जारी यो नियमको शिकार व्यक्तिगत लगानीका कलेजसमेत हुने भएका छन। नयाँ नियम २०१२ को अप्रिलसम्म लागू भइसक्नेछ। नियम लागू भएपछि विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीले मात्र काम गर्न पाउने भएका छन्। सामुदायिक कलेजमा पढ्ने विद्यार्थीको हकमा भने सीमित अवधि काम गर्ने अनुमति दिइनेछ। अन्य निजी क्षेत्रबाट सञ्चालित कलेजलाई तिनीहरुको क्षमताअनुरुप अति विश्वसनीयको दर्जा दिइनेछ तर त्यस्ता कलेजमा पढ्न आउने विद्यार्थीले काम गर्न भने पाउने छैनन्। यसअघि विद्यार्थीले पाउँदै आएको सुविधा अर्थात् 'पोष्ट स्टडी वर्क' पनि हटाइनेछ।