सिलिकनका सिपालु: आईटी सिटीमा प्रसिद्धि कमाउँदै नेपाली

उनले उच्च शिक्षा भारतमा लिए र भविष्य पनि यतै बनाउने अठोट गरे। अहिले एसियाको सिलिकन भ्याली भनेर चिनिने बैङ्लोरमा सूचना तथा प्रविधिकने एउटा कम्पनी चलाइरहेका छन्, जो सामाजिक सञ्चार र प्रविधिमा दिनप्रतिदिन प्रगति गररिहेको छ। भूपेन्द्र खनाल, जो इनरेभ सिस्टम नामक त्यस कम्पनीका प्रमुख कार्यकार िअधिकृत हुन्, सहितका सञ्चालकहरूले कम्पनी स्थापनायता पछाडि फर्केर हेर्नुपरेको छैन।
यो कम्पनीले सामाजिक सञ्जालमै आफ्नो भविष्य देखेको छ र उनीहरूलेे 'सिम्प्िलफाई-३६०' जस्तो विश्वस्तरीय सफ्टवेयर निर्माण गरेका छन्। सिम्प्िलफाई-३६० यस्तो सप्mटवेयर हो, जसले सामाजिक सञ्जालमा भइरहेका कुरालाई एकै ठाउँमा ल्याएर डाटा विश्लेषण गर्छ र कुनै पनि व्यापारकि प्रतिष्ठानको नीति निर्माणमा मद्दत पुर्‍याउँछ। "हामीले जुन हिसाबले काम सुरु गरेका थियौँ, त्यसभन्दा धेरै अगाडि आइसकेका छौँ," इनरेभ सिस्टमका प्रमुख कार्यकारी अधिकृत खनाल भन्छन्, "सिम्प्िलफाई-३६० अब छिट्टै विश्वबजारमा पुग्दैछ। यसले हामीलाई सिंगो संसारसँग जोड्ने छ।"



खनालले भारतबाटै कम्प्युटर इन्जिनियरङि् गरेका हुन्। भन्छन्, "यता पढियो र यतैको बजारमा लड्ने मनस्थिति बनाइयो।" इनरेभ सिस्टमलाई यसका सञ्चालकहरूले भारतकै सबैभन्दा ठूलो सोसल मिडिया टेक्नोलोजी प्रोडक्ट कम्पनी बनाउने लक्ष्य राखेका छन्। यसमा सात संस्थापक र छ कर्मचारी गरी १३ जना कार्यरत छन्।


इनरेभका संस्थापकहरूले आगामी पाँच वर्षभित्र सेयर बजार/स्टक एक्सचेन्जमा दर्ता गराउने लक्ष्य तय गरेका छन्। खनालले दुई वर्षअगाडि दीप शेरचन, लक्ष्मी खतिवडा, विनीत थापा र अरुण कर्णसँग मिलेर यो कम्पनी स्थापना गरेका हुन्। कम्पनीमा उनीहरूबाहेक भारतको सिलोङका रोहित र श्वेता शर्माको जोडी पनि सह-संस्थापक रहेका छन्। यहाँ छ जना भारतीयले पनि रोजगारी पाएका छन्। कम्प्युटर र इलेक्ट्रोनिक्स पृष्ठभूमि भएका र आफ्नो विधामा खारिएका सबै संस्थापकहरू आफ्नो कम्पनी भारतको मात्र नभई केही वर्षभित्रमै एसियाकै ठूलो सोसल मिडिया टेक्नोलोजी प्रोडक्ट कम्पनी बन्नेमा ढुक्क छन्। भारतलगायत मध्यपूर्व, युरोप र अमेरिकामा समेत ग्राहक बटुलिरहेको इनरेभले युरोपको युरोआरससिज ग्लोबल तथा बेस्ट इन्सुरेन्स युरोप, अमेरिकाको मिक्स मिडिया तथा स्लाइडसेयर, भारतको कारुतुरी तथा विभिन्न मिडिया हाउसलाई आफ्नो सेवा दिइरहेको छ। कम्पनीको मुटु मानिएको सिम्प्िलफाई-३६० नामक इन्टरनेट आधारति सफ्टवेयर भारत र बाहिरका विभिन्न कम्पनीहरूले प्रयोग गररिहेका छन्। यस सफ्टवेयरले सामाजिक सञ्जालमा भएका हरेक प्र्रकारका गतिविधिलाई समेट्छ, जसको प्रयोगबाट कुनै पनि व्यवसाय कति माथि छ र कम्पनीले अब के गर्नुपर्छ भन्ने कुरा थाहा पाउन सकिन्छ।


कम्पनीको अनलाइन प्रतिष्ठा व्यवस्थापन गर्न, ग्राहक सेवालाई चुस्त र प्रभावकारी बनाउन र जुनसुकै व्यवसायको प्रवर्द्धनका लागि पनि सिम्प्िलफाई-३६० को प्रयोग गर्न सकिन्छ। टेलिकम, ब्यांकिङ्, गेमिङ्, सफ्टवेयर, अटोमोबाइल्स आदि विभिन्न क्षेत्रका कम्पनीहरूले सिम्प्िलफाई-३६० को प्रयोग गररिहेका छन्।


स्थानीय बजारमा 'डन' सावित भइसकेको विश्वस्तरीय सफ्टवेयर सिम्प्िलफाई-३६० ले अहिले अमेरिका र क्यानाडाका कम्पनीहरूसँग प्रतिस्पर्धा गररिहेको छ। खनाल भन्छन्, "अहिले हाम्रो सफ्टवेयर सिम्प्िलफाई-३६० ले सेल्सफोर्सको रेडियन सिक्स मार्केटवायरको सिस्मोस र एसी नेल्सनको बज्रमेटि्रक्ससँग प्रतिस्पर्धा गररिहेको छ।" सानो टिम भए पनि आफ्नो काममा प्रतिबद्ध रहेका कारण सिम्प्लफाई-३६० विश्वबजारका अन्य सफ्टवेयरहरूको तुलनामा राम्रो रहेको खनालको दाबी छ।


सिम्प्िलफाई-३६० ले टि्वटर, फेसबुक, वेबपोर्टल, ब्लग, भिडियो र डिस्कसन फोरममा भएका गतिविधिलाई ट्रयाक गर्छ। र, त्यसबाट आएको डाटालाई विश्लेषण गरेर कम्पनीको नीति निर्माणमा सहयोग गर्छ। खनाल भन्छन्, "हाम्रो सफ्टवेयरले अनलाइनमा सार्वजनिक गरिएका जुनसुकै कुराकानीहरू समेट्ने क्षमता राख्छ, यदि कुनै कम्पनीलाई उनीहरूको फेसबुक स्टाटस, टि्वट्स, ब्लग आदि नआओस् भन्ने लाग्छ भने उनीहरूले आफ्ना सबै गतिविधिलाई अनलाइनमा गोप्य राख्न सक्छन्।"


अहिलेको विश्व सामाजिक सञ्जालका साइटहरूले जोडिएको छ। प्रख्यात प्रोफेसनल नेटवर्क लिङ्कङ्इन, रसियाको गुगल मानिने यान्डेक्स, चीनको फेसबुक मानिने रेनरेन आदि सामाजिक सञ्जालका साइटहरूले भर्खरै मात्र अमेरिकि सेयर बजारमा आफ्नो उपस्थिति जनाएका छन्। सामाजिक सञ्जालमा फेसबुक, टि्वटर, ग्रुपअन, फोर स्क्वायर, लिङ्कङ्इनजस्ता अमेरिकि कम्पनीहरूकै बाहुल्य छ। तर, हालैका दिनमा भने ग्री, मिक्सी, रेनरेन, सिनावेब आदि एसियाका सोसल मिडिया कम्पनीहरूले पश्चिमका कम्पनीहरूलाई टक्कर दिइरहेका छन्।


सोसल मिडियाको क्रान्तिले अब भारतलगायत दक्षिण एसियाका देशहरूलाई छुँदैछ। त्यसैले भारतलगायत दक्षिण एसियाका कम्पनीहरू विश्वव्यापी रूपमा छरिएका प्रयोगकर्ताहरूलाई लक्षित गरेर काम गररिहेका छन्। सायद, यसै कारण पनि अहिलेसम्म दक्षिण एसियाबाट फेसबुक र टि्वटरजस्ता साइटलाई चुनौती दिन सक्ने 'एप्लिकेसन' निर्माता कम्पनीहरूको बाढी नै आएको छ र उनीहरूको भविष्य एकदमै राम्रो देखिएको छ। यो लहरलाई राम्ररी बुझेका खनाल भन्छन्, "अवसरको सदुपयोग गर्दै इनरेभले एसियामा सोसल मिडिया र टेक्नोलोजीको क्षेत्रमा देखिएको दूरीलाई हटाउने काम गररिहेको छ।"


भारतमा बसेर प्रविधिमा काम गररिहेका यी कुशल योजनाकार नेपालमा चाहिनेभन्दा बढी राजनीति भएका कारण कतिपय अवसर र अवस्थाहरू प्रतिकूल भएको गुनासो गर्छन। भारतको बैङ्लोरजस्तो सूचना र प्रविधिको केन्द्रमा बसेर आफूलाई खरो उतारेका खनाल भन्छन्, "नेपाललाई आर्थिक रूपले सबल बनाएर अगाडि लैजान कुनै राजनीतिक नेता र राजनीतिक क्रान्तिको नभई भारतका नारायण मूर्ति र लक्ष्मी मित्तलजस्ता उद्यमीहरूको खाँचो छ।




इनरेभ सिस्टमका सञ्चालक -माथिबाट) क्रमश:  विनीत थापा, भूपेन्द्र खनाल, श्वेता शर्मा, लक्ष्मी खतिवडा, रोहित गुप्ता, दीप शेरचन र अरुण कर्ण।
आकार  अनिल, हिमाल