पालो स्मार्टफोनको

एप्पल आइफोन फोर

सन् २०१० को जुनमा एप्पल आइफोन सार्वजनिक भएको हो । उच्च गुणस्तरीय भिडियो पनि खिच्न सक्ने यो स्मार्टफोनमा ५ मेगापिक्सेलको क्यामेरा र एलइडी फ्ल्यास पनि जडान गरिएको छ जसले रात्री फोटोका लागि ज्यादै सहयोग गर्छ । ३.५ मेगापिस्सेलको स्क्रिनयुक्त आइफोनमा पनि भर्चुअल स्क्रिन छ । यसमा एप्पलकै आईओएसफोर आपरेटिङ सिस्टम प्रयोग गरिएको छ । सार्वजनिक भएलगत्तै यसले केही आलोचना बेहोरेको भए पनि एप्पलको आइफोनबिना स्मार्टफोनका पारखी पूर्ण भने हुन सक्दैनन् । १६ गिगावाइट र ३२ गिगावाइटको मेमोरीमा उपलब्ध हुने यी आइफोनको मूल्य क्रमशः २ सय र ३ सय अमेरिकी डलर तोकिएको छ ।

मोटोरोला ड्रोइड २


यो सन् २०१० को अगष्टमा सार्वजनिक गरिएको मोटोरोलाको स्मार्ट फोन हो । ५ मेगापिक्सेलको क्यामेरासहितको यो फोन ३.७ इन्चको स्क्रिनमा उपलब्ध छ । किबोर्ड यसको स्लाइडयुक्त छ भने यसका एनड्रोइड २.२ अपरेरिटिङ सिस्टम प्रयोग गरिएको छ । ड्रोइड २ मोटोरोलाकै यस अघिको एक्सजस्तै सबैले रुचाउने स्मार्ट फोन हो । एक्स मोडेलमा जस्तो यसको किबोर्ड भने भर्चुअल स्क्रिनमा (एलसिडी स्क्रिनमै रहेन किबोर्ड ) भने छैन । यसको मूल्य करिब २ सय अमेरिकी डलर पर्छ ।


एचटीसी इभोफोरजी

यो सन् २०१० को जुन महिनामा सार्वजनिक गरिएको थियो । पछाडि ८ मेगापिक्सेल तथा अगाडि १.३ मेगापिस्केलकोे क्यामेरा जडित यो फोन ४.३ इन्च स्क्रिन आकारमा उपलब्ध छ । यसको किबोर्ड पनि भर्चुअल नै छ भने यस पनि पनि एनरोईड २.२ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । हाल विश्व बजारमा उपलब्ध फोरजी सेवा दिने थोरै मध्येका एउटा फोन हो इभो । देख्दा राम्रो र आकर्षक लाग्ने यो फोन केही ठूलो लागेमा भने एचटीसीकै तुलनात्मक रूपमा साना इन्क्रिडिबल र एरिया पनि रामा विकल्प हुन सक्छन् । यसको मूल्य पनि २ सय अमेरिकी डलर छ ।


सामसुङ ग्यालेक्सी एस

ग्यालेक्सी एस वास्तवमा सामसुङका विभिन्न श्रेणीका स्मार्ट फोनहरू हुन् । सबै फोनहरू एनड्रोइड २.२ आपरेटिङ सिस्टममार्फत सञ्चालित हुन्छन् । सामसुङले केही समय अघिमात्रै पनि ट्याब्लेट सार्वजनिक गरेको थियो जुन स्मार्टफोनभन्दा पनि पीसी जस्तो देखिन्थ्यो । यो सिरिजमा क्याप्टिभेट, भाइब्रेन्ट, फ्यासिनेट र इपिकफारजी लागयतका स्मार्टफोन छन् । इपिक एक मात्रै फोरजी स्मार्टफोन हो ।


डेल स्ट्रिक


सन् २०१० को अगष्टमा सार्वजनिक भएको स्ट्रिक ५ मेगापिस्सेलको क्यामेरा, ५ इन्चको स्क्रिन, भर्चुअल किबोर्ड र एनड्रोईट २.२ अपरेटिङ सिस्टमसहित उपलब्ध छ । यसको ठूलो स्क्रिनले एप्पलको आइप्याडसँग प्रतिस्पर्धा गर्न लायक भए पनि यसको सानो आकारको डिजाइन र उत्कृष्ट नेटवर्क पकड गर्न सक्ने क्षमताले यसलाई स्मार्टफोनको वर्गमा सीमित पारेको हो । यसको मूल्य ३ सय अमेरिकी डलर छ ।
ब्ल्याकबेरी टर्च

यो पनि सन् २०१० को अगष्टमा सार्वजनिक गरिएको, ५ मेगापिक्सेलको क्यामेरा, भिडियो पनि खिच्ने मोड भएको, ३.१८ इन्चको स्क्रिन आकारमा भर्चुअल किबोर्डसहितको स्मार्ट फोन हो । यसका ब्ल्याकबेरी कै अपरेट्री सिस्टम राखिएको छ । ब्ल्याकबेरीलाई पूर्णत ः स्मार्टफोनका रूपमा नलिने गरिएको भए पनि यसमा रहेको विशिष्ठ प्रकारको इमेल चलाउन मिल्ने सेवा र सुरक्षाका अन्य विविध राम्रापक्षका कारण व्यावसायिक मानिसहरूको वृत्तमा यो ज्यादै लोकप्रिय मानिन्छ । यसको मूल्य पनि २ सय अमेरिकी डलर छ ।


एलजी एल्ली

सस्तो तर स्मार्टफोन नै खोज्नेका लागि यो सबैभन्दा उत्तम विकल्प हो । सन् २०१० को मेमा सार्वजनिक गरिएको यो स्मार्टफोनमा ३.२ मेगापिक्सेलको क्यामेरा जडान गरिएको छ । ४.५६ मेगा पिक्सेलको क्यामेरासहितको यो फोनमा स्लाइड गर्न मिल्ने किबोर्ड छ भने यसमा पनि एनड्रोइड कै अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । केही थोरै सुविधामा सम्झौता गर्नु परे पनि यो उत्कृष्ट स्मार्टफोनका रूपमा बजारमा लोकप्रिय भइरहेको छ । यसको मूल्य केबल एक सय अमेरिकी डलर छ ।

नोकिया एन ८

अबको केही दिनभित्रै सार्वजनिक गरिने भनिएको भए पनि यो फोनको बुकिङ अगष्ट महिनाबाटै सुरु भएको थियो । १२ मेगापिक्सेलको क्यामेरासहितको फोनमा उच्च गुणस्तरको भिडियो खिच्ने क्षमता पनि रहने छ भने यसका ३.५ इन्जिको स्क्रिन र भर्चुअल किबोर्ड रहेन बताइएको छ । यसका सिम्बियन थ्री आपरेटिङ सिस्टम प्रयोग गरिएको छ ।

माइक्रोसफ्ट विन्डोज फोन सेभेन

सन् २०१० को अक्टुबरमा माइक्रोसफ्टले मोबाइलको विश्वमा आफ्नो सबैभन्दा नयाँ उत्पादनको घोषणा गरेको हो । सामसुङ फोकस, एलजी क्वान्टम, एटिसी सराउन्डजस्ता स्मार्टफोनमा विन्डोज सेभेन अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । यसको मूल्य २ सय अमेरिकी डलर छ भने यसका प्रमुख स्टिभ बलमेरले यो श्रेणीमा विभिन्न मोडलेका ९ वाटा नयाँ फोन विश्वका ३० देशहरूमा उपलब्ध हुने बताएका छन् ।