काम, दाम र कोरिया

नेपाल सरकार र कोरिया सरकारको सम्झौतापश्चात् नेपालीहरूले कोरियामा काम पाउन थालेका हुन्। भर्खरै मात्र ५७ हजार ६ सय ७५ नेपाली युवायुवतीले कोरियाका लागि र्फम भरे। र्फम भर्दा उमेरको हदबन्दी भए पनि शिक्षाको भने छैन। त्यसैले कक्षा ५ अध्ययन गरेकादेखि डिग्री अध्ययनरत युवासम्मले कोरिया जाने ध्याउन्नमा र्फम भरेका छन्।
यसपटक कोरिया जाने अनुमति ७ हजार १ सयले प्राप्त गरे पनि र्फम भर्नेहरूको संख्या त्यसको आठ दोब्बर छ। त्यसैले यसपटक आठ बराबर एकको अनुपातमा छनौट हुनेछन्। महिलाका लागि भने ८ सय जनाको कोटा छुट्याइएको छ।  नेपाल सरकार, श्रम तथा यातायात व्यवस्था मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच सम्पन्न समझदारीअनुरूप रोजगार अनुमति प्रणाली -ईपीएस) अन्तर्गत गणतन्त्र कोरियामा कामदार पठाउने सिलसिलामा प्रक्रिया पुगेका नेपाली उम्मेदवारको छनौट एचआरडी कोरियाले गर्नेछ।

यसै क्रममा तेस्रो कोरियन भाषा परीक्षा सञ्चालन गर्ने सम्बन्धमा एचआरडी कोरियाबाट प्राप्त परीक्षा कार्यक्रममा सामेल हुन इच्छुक नेपालीले परीक्षा र्फम भरेका छन्, जसअन्तर्गत २०६८ साउन ६ गते शुक्रबार र ७ गते शनिबार आवेदन संख्याको आधारमा परीक्षा सञ्चालन गरिनेछ । आवश्यक भए परीक्षाको दिन थप हुन सक्ने नेपाल सरकारको श्रम तथा यातायात व्यवस्था मन्त्रालयको आधिकारिक वेबसाइटले जनाएको छ।


यसपल्ट भाषा परीक्षामा ७ हजार १ सय जना उत्तीर्ण हुनेछन्। धेरैजसो र्फम भर्ने आवेदकले उत्पादनमूलक क्षेत्रमा रोजगार आवेदन फारम भरेका छन्। गत वर्ष भने आवेदकले कृषिमा आधारित कामका लागि पनि र्फम भरेका थिए। कोरिया जान पहिलो चरणमा ईपीएसअन्तर्गत कोरियन भाषा परीक्षा उत्तीर्ण भएपछि स्वास्थ्य परीक्षण गराउनुपर्छ। तेस्रो चरणमा उताबाट कामदारको नाम तोकेर कन्ट्रयाक्ट लेटर आउँछ, त्यसपछि छानिएका व्यक्तिहरूका लागि श्रममन्त्रालय तथा एचआरडी कोरियाले काठमाडांैमा एक हप्ता ओरिन्टेसन कक्षा सञ्चालन गर्छन्। यो कोरिया जाने अन्तिम चरण हो।


ईपीएसअन्तर्गत कोरियाले हाल १४ वटा देशबाट कामदार लाने गरेको छ। अहिले सबैभन्दा बढी कामदार नेपालबाट लागिरहेको अवस्था छ।


परीक्षास्थल र नतिजा
परीक्षास्थल तथा परीक्षा समयसम्बन्धी विस्तृत सूचना २०६८ असार २३ गतेको राष्ट्रिय दैनिक तथा ईपीएस कार्यालयको वेबसाइट धधध।भउकलभउब।अिom।लउ मा प्रकाशित गरिने भएको यसको आधिकारीक वेबसाइटले जनाएको छ। नतिजा प्रकाशन भने दुई महिनापछि हुनेछ। भाषा परीक्षाको नतिजा २०६८ भदौ ६ गते ईपीएस कार्यालयको वेबसाइट धधध।भउकलभउब।अिom।लउ, ज्च्म् पयचभब को धधध।जचमपयचभब।यच।पच, भउक पयचभब धधध।भउक।नय।पच तथा वैदेशिक रोजगार विभागको सूचना पाटीमा प्रकाशित हुनेछ। ईपीएस प्रमाणपत्रको बहाल अवधि नतिजा घोषणा भएको मितिले दुई वर्षसम्म हुन्छ। दुई वर्षसम्म पनि नाम नआए पुन परीक्षा दिनुपर्ने हुन्छ। परीक्षार्थीले परीक्षामा आफूले प्राप्त गरेको अंकको जानकारी भने धधध।भउक।नय।पच बाट प्राप्त गर्न सक्छन्।


भाषा मूल्यांकन वस्तुगत तथा बहुउत्तरमा आधारित रहनेछ। दुवै परीक्षाको बीचमा मध्यान्तर हुनेछैन। यसका लागि प्रशिक्षार्थीले परीक्षाको दिनको तयारी पहिले नै तयारी गर्नु श्रेयस्कर हुन्छ। कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नु कोरियामा कामका लागि आवेदन दिन योग्य हुनु हो, यो कोरियामा रोेजगारी पाइने ग्यारेन्टी भने होइन। भाषा परीक्षामा उत्तीर्ण भए पनि स्वास्थ्य परीक्षणमा असफल हुने, प्रहरी प्रतिवेदन प्रतिकूल भएका वा पहिले नै गणतन्त्र कोरिया गै गैरकानुनी रूपमा बसोबास गरेका व्यक्तिहरू अयोग्य ठहरिन सक्छन्। त्यसैले पनि कोरियाका लागि र्फम भर्नेहरूले बेलैमा विचार पुर्‍याउनु आवश्यक हुन्छ।


कोरियाको संस्कृति एवं राजनीति
यदि कुनै नौलो ठाउँमा नयाँ जीवन सुरु गरिँदै छ भने त्यहाँ बस्ने स्थानीय मानिसका बारेमा पनि जान्नु आवश्यक हुन्छ। कोरिया जानेहरूले कोरियाको धर्म, संस्कृति, रीतिरिवाज, मूल्यमान्यता, चालचलन, रहनसहन, राजनीतिक अवस्था, भूगोल साथै ऐतिहासिकताका बारेमा जान्नु राम्रो हुन्छ। 


अधिकांश कोरियालीहरू सहर नजिक बस्छन्। राजाधानी सिओलमा जनसंख्याको चाप धेरै छ। कोरिया पहाडैपहाड भएको देश हो। कोरियालीहरू प्राकृतिक सुन्दरताका पारखी एवं गीत-संगीतमा पोख्त हुन्छन्। कोरिया नेपालजस्तै बहुधार्मिक मुलुक हो। दक्षिण कोरियामा बौद्ध धर्मावलम्वीहरूको बाक्लो उपस्थिति छ। त्यहाँ थुप्रै राम्रा र भव्य मन्दिरहरू छन्। कोरियामा ईसाई २६ प्रतिशत, बौद्ध २६ प्रतिशत, ताओधर्मका अनुयायी १ प्रतिशत र अन्य १ प्रतिशत छन्। धर्म नखुलेकाहरू भने ४६ प्रतिशत छन्।


७० प्रतिशतभन्दा बढी बासिन्दा साधारण बोलीचालीमा कोरियन भाषा प्रयोग गर्छन्। 


अंग्रेजी भाषा त्यहाँ निकै कम प्रयोग हुन्छ ।


कोरियनहरू आफ्नो परिवारलाई बढी महत्त्व दिन्छन्। मुख्यतः घरको वरिष्ठ मान्छे वा बाबु नै घरको मूली मानिन्छ। त्यहाँ अझै पनि सबैभन्दा पाकाले कुनै पनि कामको सुरुवात गर्छन्। घर-परिवारमा जेठो छोराले क्रमशः भाइ-बहिनी, श्रीमती एवं आफ्ना छोराछोरीको दायित्व निर्वाह गर्नुपर्छ। परिवारका सबै सदस्य एक-अर्कासँग नजिक हुन्छन्। कोरियालीहरू हात मिलाउँदा 'मान ना शु पान गोप सुमिन्दा' अर्थात् तपाइर्ंसँग भेटेर खुसी लाग्यो भन्छन्।


कोरियालीहरू आर्किटेक्चर, पेंटिङ, कला, संगीत, नृत्य, ड्रामा तथा साहित्य पनि निकै मन पराउँछन्। उनीहरू आफ्नो कला-संस्कृतिप्रति संवेदनशील छन्। कुनै पनि कार्यक्रममा उपहार आदान प्रदान गर्नु त्यहाँको संस्कार हो। राम्रो सम्बन्ध स्थापित गर्न उपहार दिने चलन छ। कोरियामा कसैले घरमा निमन्त्रण गरेको छ भने फलफूल र राम्रो खालको चकलेट अथवा फूलको गुच्छा उपहार लाने चलन छ। ४ लाई कोरियालीहरू अशुभ अंकका रूपमा लिन्छन् भने ७ उनीहरूको शुभ अंक हो।


रातो अथवा पहेंलो रंग शुभ मानिन्छ, किनभने ती राजसी कलर हुन्। उनीहरूका लागि गुलाफी रंग खुसीको प्रतीक हो। यसबाहेक हरियो, सेतो र कालो रंगको प्रयोग त्यति राम्रो मानिँदैन। कुनै कुरा दिँदा होस् वा लिँदा दुवै हातको प्रयोग गर्नुपर्छ। कोरियालीहरू प्राकृतिक सुन्दरता र जनावरको निकै ख्याल राख्छन्। सप्ताहन्त्ामा नाटक तथा ओपेराका धेरै कार्यक्रम सञ्चालन हुन्छन् भने कोरियालीहरू त्यहाँ आफ्नो परिवारका साथ पुग्छन्।


कोरियालीहरू स्वादका पारखी हुन्छन्। उनीहरू आफ्ना परम्परागत खानेकुरा लाई पनि उत्तिकै प्राथमिकता दिन्छन्। कोरियामा सबैभन्दा लोकपि्रय खाद्य पदार्थ किम्ची हो। कोरियालीहरू सुप पिउन पनि निकै अगाडि छन्। नेपालमा जस्तै कोरियालीहरू पाहुनालाई निकै आदर-सम्मान गर्छन्। अतिथि देवो भवलाई सधंै हृदयङ्गम गर्छन्। यसबाहेक कोरियालीहरू घर साजसज्जा एवं घरमा रहेका फर्निचर सजाउन खप्पिस हुन्छन्।


जसरी हामी नेपालीहरू एक-अर्कासँग भेट गर्दा नमस्कार गर्छांै, त्यसरी नै कोरियालीहरू झुकेर एक-अर्कामा आदरभाव व्यक्त गर्छन्। उनीहरू विनम्र हुन्छन्। दक्षिण कोरियामा घरभित्र पस्नुअघि जुत्ता फुकाल्नुपर्छ। बोलाइएको ठाउँमा आधा घण्टा अघि नै उपस्थिति जनाउनुपर्छ, ढिलो गर्नु हुँदैन। प्रत्येक कोरियाली सदस्यसँग भलाकुसारी गर्नु राम्रो हुन्छ। बस्दा कहाँ बस्नुपर्ने हो, उनीहरूको आदेश पर्खनु राम्रो हुन्छ। कोरियामा खानेकुरा खाँदा चपस्टिक प्रयोग गरिन्छ, तर चपस्टिकले कहिल्यै कसैलाई वा कुनै वस्तुलाई इङ्गति गर्नु हुँदैन।


कोरियनहरू नियम कानुनलाई पूर्ण रूपमा अपनाउँछन्। उनीहरू प्रत्यक्ष कुराकानी गर्न मन पराउने खालको हुन्छन्। कोरियालीहरू आफ्नै परम्परागत पहिरनमा सजिन मन पराउँछन्। कोरियाका अधिकांश पुरुषले कालो पोसाक लगाउँछन्। कार्यालयमा भने सेतो सर्ट लगाउँछन्। महिलाहरू भने पुरातन सोचका हुन्छन् भने पुरातन शैलीका पोसाक लगाउन मन पराउँछन्। पुरुषहरू घडी र विवाहको औंठीबाहेक शरीरमा अन्य एसेसरिज प्रयोग गर्दैनन्। आधुनिक कोरियन पुस्ताले भने त्यसको त्यति ख्याल गर्दैन।


कोरियाको मौसम धेरै चिसो हुन्छ। दक्षिण कोरियामा जनवरी महिनामा धेरै चिसो हुन्छ। धेरैपल्ट यहाँको तापक्रम शून्यभन्दा तल र्झछ। जूनको अन्त्यमा सुरु हुने वषर्ा मौसम अगस्टसम्म जारी रहन्छ। दक्षिण कोरियामा सबैभन्दा राम्रो महिना सेप्टेम्बरदेखि डिसेम्बरसम्मलाई मानिन्छ।


गणतन्त्र कोरिया -दक्षिण)मा प्रत्येक पाँच-पाँच वर्षमा निर्वाचन हुन्छ। प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत त्यहाा राष्ट्रपतिले शासन गर्छन्। त्यहाा युरी पार्टी, ग्रान्ड नेसनल पार्टी, डेमोक्राटिक लेबर पार्टी तथा डेमोक्रेटिक पार्टी मुख्य रूपमा सक्रिय छन्।


कोरियामा काम, तलब र बिदा
कोरियामा काम पाइने थुप्रै स्थान छन्। ईपीएसअन्तर्गत त्यहाँ पुग्ने कामदार कानुनी रूपमा वैध मानिन्छन्, तर त्यसबाहेकका लागि भने काम पाउन गाह्रो छ। त्यहाँ सोर्सफोर्सको चलन छैन। साथीभाइ एवं चिनजानले पनि काम गर्न पाइँदैन। त्यसैले कामका लागि कोरिया सरकारले विभिन्न मुलुकबाट कानुनी रूपमा कामदार लान्छ। त्यहाँ कामको समयमा र बाहिर पनि आदर सम्मानको उत्तिकै ख्याल राख्नुपर्छ। कोरियनहरू आदरसम्मान नगर्ने व्यक्तिलाई मन पराउँदैनन्। त्यस्तो स्थितिमा आफ्नो कामबाट बिदा लिनुपर्ने अवस्थासमेत आउँछ। कोरियालीहरू निकै मेहनती हुन्छन्। कोरियामा हप्ताको ४८ घण्टा काम गर्नुपर्छ भने हप्ताको ६ दिन काम गरिन्छ। त्यहाँ दिनमा ८ घण्टा काम गर्नुपर्छ। यसबाहेक ओभर टाइमको व्यवस्था अनिवार्यजस्तै छ। अठार वर्षभन्दा कम उमेरका व्यक्तिलाई काम गर्ने अनुमति छैन। तलब भने कम्पनीअनुसार फरक-फरक हुन्छ। नेपालीहरूले मासिक ७० हजारदेखि डेढ लाखसम्म पाउँछन्।


पहिले कोरिया जानेहरू खेतिपाती र माछा मार्ने काममा खटिएका थिए। दोस्रो पटकमा पनि त्यस्तै रह्यो तर यस पटक भने उत्पादनमूलक कामका लागि कामदार लाने बताइएको छ। त्यस कारण पनि पहिलेकाले अप्ठ्यारो काम भएको बताए पनि यस पटक भने त्यति कठिन नहुने दाबी गरिन्छ। कोरियामा सरकारले एउटा प्रणाली लागू गरेको छ, जसमा सबै कामदारले हप्तामा पाउने एक दिनको बिदामा पनि काम गरेर पैसा थाप्न पाउँछन्। कोरियामा स्थानीय सौर्य र चन्द्रमास पात्रो प्रयोगमा ल्याइन्छ, जहाँ बिदासम्बन्धी जानकारी उपलब्ध हुन्छ। कोरियामा वर्षमा १५ वटा राष्ट्रिय बिदा मनाइन्छ। नयाँ वर्ष, जनआन्दोलन दिवस, बुद्धजयन्ती, बालदिवस, संविधान दिवस, सहिद दिवस, क्रिष्टमस डे आदि त्यहाँका प्रमुख बिदा हुन्।
भीषण राई
साप्ताहिक