मुटुलाई गोलभेडा

 गोलभेडा नियमित सेवन गर्नाले रक्तचाप र कोलेस्ट्रोल नियन्त्रित हुन्छ । दिनहँु गोलभेडा खानाले मुटुको रोगबाट जोगिन सकिन्छ । 
युनिभर्सिटी अफ एडिलेटका वैज्ञानिक नेतृत्वको एउटा अन्तर्राष्ट्रिय दलले दाबी गरेअनुसार गोलभेडामा पाइने रातो तत्त्व 'लाइकोपेन' मा एसिअक्सिडेन्टजस्तो गुण हुन्छ, जुन स्वास्थ्यका लागि उपयोगी हुन्छ ।
'म्याच्युराइटस्' जर्नलमा प्रकाशित उक्त अध्ययनमा कोलेस्ट्रोल र रक्तचापमा लाइकोपेनको प्रभाव विश्लेषण गरेर यो निष्कर्ष निकालिएको हो । यसका लागि पछिल्ला ५५ वर्षमा भएका १४ अध्ययनको सामूहिक परिणामको तुलनात्मक आँकलन पनि गरियो ।
 
अध्ययन दलका प्रमुख डा. केरिन रिड भन्छन्, 'हाम्रो अध्ययनले थाहा भएअनुसार, दिनहँु २५ मिलिग्रामभन्दा बढी लाइकोपेन खाएर कोलेस्ट्रोललाई १० प्रतिशतसम्म कम गर्न सकिन्छ ।'
गोलभेडामा लाइकोपेनको उच्चस्तर हुन्छ । दिनहँु गोलभेडाको करिब आधा लिटर जुस खाए वा ५० ग्राम पेस्ट सेवन गरिए मुटुको रोगबाट बच्न सकिन्छ ।
बाख्राको दूध पनि
पोषक तत्त्वले भरिएको बाख्राको दूधसमेत मुटुको स्वास्थ्यका लागि उत्तम मानिन्छ । स्पेनको ग्रेनाडा विश्वविद्यालयको एक अध्ययनअनुसार बाख्राको दूधमा पाइने बोसो तत्त्वले कोलेस्ट्रोलको स्तर कम गर्छ । नियमित रूपमा बाख्राको दूध खानाले रक्तअल्पता -एनिमिया)ले पीडित रोगीहरूको स्वास्थ्यमा सुधार आउँछ । यो दूधले हेमोग्लोबिन बन्न सघाउँछ ।
प्रा. मार्गरिटा स्यानचेज क्याम्पोसेका अनुसार बाख्राको दूधमा धेरै पोषकतत्त्व हुन्छ । यसमा 'क्यासिन' प्रोटिनसमेत सामेल छ, जसले बाख्राको दूधलाई मानव दूधजस्तै बनाउँछ । बाख्राको दूधमा मानव दूधमा जस्तै ओलिगोग्लिसराइड पनि हुन्छ । बाख्राको दूधमा गाईको दूधको दाँजोमा ल्याक्टोज (दूधमा पाइने सर्करा) को मात्रा कम हुन्छ । ल्याक्टोज पचाउन नसक्नेहरूले समेत बाख्राको दूध खान सक्छन् ।
बोसोको सही मात्राले ढुकढुकी सामान्य
खानपानमा बोसोको सही मात्रा मुटुको ढुकढुकीलाई सुचारु राख्न आवश्यक छ । खानपानमा बोसो न हुँदा मुटुलाई सर्वोत्कृष्ट रूपमा धड्किने क्षमता कम हुन सक्छ ।
मुख्य रूपमा मुटु रोगीमा यसको आशंका बढी हुन्छ ।
यो अनुसन्धान केस वेस्टर्न रिजर्व विश्वविद्यालय फिजियोलजी तथा बायो फिजिक्सका प्रा.मागर््रेट चान्डलर र उनका सहयोगीहरूले गरेका हुन् ।
अनुसन्धान परिणामअनुसार खानपानमा बोसोको उच्च मात्राले मुटुको धड्कनको क्षमतामा सुधार हुन्छ । प्रा. चान्डलरका अनुसार यसको अर्थ यो होइन कि हृदयाघात भएपछि पनि तपाईं बर्गरजस्तो वस्तु खान थाल्नुस् । तर यसले मुटुलाई पर्याप्त ऊर्जा तथा सामान्य मेटाबोलिज्मको काम गर्न सहयोग मिल्न सक्छ ।
यो अनुसन्धान अमेरिकन जर्नल अफ फिजियोलजी हार्ट एन्ड सर्कुलेट्री फिजियोलजीमा प्रकाशित भएको छ । यसअनुसार एकल तथा बहु-असन्तृप्त बोसोयुक्त संतुलित भोजन मुटुको रोगीहरूका लागि राम्रो हुन्छ, जो सख्खर र कार्बोहाईड्रेटको रूपमा परिवर्तित गर्न सकिन्छ ।
त्यही एक स्वस्थ मनुष्यमा मुटु ऊर्जाका लागि बोसो र कार्बोहाइड्रेट दुवैको उपयोग गर्छ, जो मुटुको ढुकढुकीको क्षमताका लागि आवश्यक छ ।
आदर्श रूपमा बोसोको उपयोग यस कारण हुन्छ भने यसले बढी ऊर्जा उत्पादन गर्छ । हार्ट फेलको स्थितिमा ऊर्जाका रूपमा ग्लुकोजको उपयोग यसैले प्राथमिकताका आधारमा गरिन्छ, किनभने यसले ऊर्जा उत्पन्न गर्न अक्सिजनको कम मात्राको आवश्यकता पर्छ ।
कान्तिपुर