अन्तत: एक्लै

एक वर्षअघि मात्रै सेन्टर फर कम्युनिटी डेभलपमेन्ट स्टडिजले भारतको केरलामा गरेको एक अध्ययनको नतिजा सार्वजनिक गरेको थियो। जस अनुसार त्यहाँका बालबालिकाहरूले एटीएम मेसिनअगाडि पुग्दा मात्रै आफ्ना बाबुलाई सम्झने गरेका छन्, अरू बेला बिर्सिन्छन्। ती बालबालिका रोजगारका लागि विदेसिनेहरूका सन्तान हुन्, जसले वर्षौंसम्म आफ्ना बाबुलाई देखेका छैनन् तर उनीहरूले पठाएको पैसाले भरणपोषण गररिहेका छन्।

भारतको केरलाको जस्तो अवस्था छ कि छैन त नेपालमा ? भोग्नेहरूलाई मात्रै थाहा होला । तर, समाजशास्त्री गणेश गुरुङ भने नेपाली समाजको अवस्था पनि केरलाभन्दा भिन्न छैन भन्छन्। गुरुङका अनुसार पैसा कमाउन विदेसिएकाहरू आर्थिक रूपमा सफल भए पनि तिनका कारणले सामाजिक र पारविारकि लगाव र संरचनामा नकारात्मक प्रभाव पररिहेको छ।

देशभित्रको अस्िथरता र त्यसले जन्माएको अभावका कारण युवापुस्ता विदेसिने क्रम चुलिएको मात्र छैन, विदेशमा भोग्नुपर्ने प्रतिकूलताले उनीहरू नेपाल र्फकन नसक्ने बाध्यात्मक अवस्था पनि बन्ने गरेको छ, जसका थुप्रै दुष्परण्िााम नेपाली समाजले भोग्नुपररिहेको छ। समाजशास्त्रीहरूका अनुसार पैसाप्रति बढ्दो आशक्तिले नेपाली समाजमा पारविारकि प्रेम र स्नेहको प्रगाढता पनि क्रमश: पातलिँदै गइरहेको छ।


वैदेशिक रोजगार प्रवर्द्धन विभागका अनुसार यतिखेर श्रम स्वीकृति लिएर १५ लाख नेपाली विश्वभर िछरएिका छन्। विभागका निर्देशक स्थानेश्वर देवकोटाको अनुमानमा झन्डै यति नै संख्यामा नेपालीहरू विदेशमा अवैध रूपले बसिरहेका हुन सक्छन्। भन्छन्, "नेपालबाट कानुनी प्रक्रिया पूरा गरेर गए पनि विदेशमा गैरकानुनी रूपमा बस्ने नेपालीको संख्या कम छैन।"


लामो समय विदेशमा बिताएर नेपाल र्फकनेहरू समाजमा घुलमिल हुन नसक्दा धेरैले एक्लोपन महसुस गर्छन्। यसको दुष्परण्िााम सामाजिक लगावमा ह्रास हो भन्छन्, समाजशास्त्रीहरू। यसको प्रबल उदाहरण बन्न सक्छन्, झापाका वेदी सिवाकोटी। यतिखेर उनी काठमाडौँमा एक्लै बस्छन्। उनका जेठा छोरा प्रकाश १३ वर्षपछि मात्रै गत दसैँमा नेपाल आएर फर्किए भने कान्छा छोरा १३ वर्षदेखि नेपाल फर्केका छैनन्। वेदीकै भनाइमा परिवारका सबै सदस्य एकै ठाउँमा भेला नभएको १३ वर्षभन्दा बढी भइसक्यो। भन्छन्, "अब छोराहरू नेपाल फर्केलान् र यतै आएर बिहे गर्लान् भन्ने लाग्दैन।"


समाजशास्त्री गणेश गुरुङका अनुसार सिवाकोटी परिवारले मानसिक तनाव झेलिरहेको हुनुपर्छ। परिवारका चार सदस्यमध्ये सबै एक्लाएक्लै बस्दाका नकारात्मक असर परिवारमै पर्छ र सबै सदस्यको मनोविज्ञान तथा बानीबेहोरालाई पनि यसले असर पार्छ भन्ने तर्क छ गुरुङको। भन्छन्, "परिवारमा देखिएको यस्तो विखण्डनले समाजको प्रवृत्ति र संरचनामा पनि असर पार्छ।"


पैसाका लागि सिंगो जीवन विदेशमै खर्चिएर बुढेसकालमा नेपाल र्फकनेहरूको पनि कमी छैन। यसबारे गहन अध्ययन त गरिएको छैन तर सबै खाले समाजमा यस्ता मान्छे भेटिन्छन्। तीन महिनाको छोरो छोडेर जापान हान्निएका सोलखुम्बुको जुबुका भोजबहादुर यस सन्दर्भमा उपयुक्त उदाहरण हुन सक्छन्। झन्डै २५ वर्षपछि नेपाल फकिर्ंदा उनका छोरा २६ वर्षका भइसकेका थिए। विदेश पसेको सुरुका केही वर्ष त भोजबहादुर परिवारको सम्पर्कमै आएनन्। गाउँका धेरैले उनी मरसिकेको हल्लासमेत फैलाउन भ्याए। यतिखेर राजधानीको आरुबारीस्िथत आफ्नै घरमा बस्दै आएका भोजबहादुर छोराछोरी हुर्काउँदाको अनुभूति नै नगरी बूढा भएका छन्। उनले पैसा त कमाए तर पारविारकि प्रेम र सामाजिक सम्बन्धको स्वाद भने चाख्न पाएनन्।


भोजबहादुरको कथाले इंगित गर्न खोजेको सन्देश प्रस्ट छ। समाजशास्त्री गुरुङका अनुसार यसरी लामो समय विदेशमा बसेर र्फकनेहरूमा आफ्नो समाजको परविर्तित अवस्थाबारे ज्ञान हुँदैन। फलस्वरूप उनीहरू सामाजिक परविेशमा अटाउन सक्दैनन्। यसरी उनीहरूमा एक्लै बस्ने र समाजसँग डराउने मनोविज्ञानको विकास हुन्छ। व्यक्तिमा हुने यस्तो क्षतिले परिवार हुँदै समग्र समाजमा असर पार्छ।


स्वदेशमा चरम बेरोजगारीका कारण नेपालीहरू विदेश जान्छन्, यो त बुझिने कुरा हो। तर, घर-परिवार, समाज र देश बिर्सेर कसरी उनीहरू वर्षौं विदेशमा, त्यो पनि भौँतारएिर बस्न सक्छन् ? यस प्रश्नको उत्तर पाउन भने सजिलो छैन। सरसर्ती हेर्दा विदेशको समृद्ध र सम्मानित नागरकि जीवनले उनीहरूलाई आकषिर्त गर्छ। त्यस्तो जीवन आर्जन गर्ने लालसाकै कारण उनीहरू वर्षौं भड्किरहन्छन् अर्थात् सम्बन्धित देशमा स्थायी बसोबास इजाजत -ग्रीनकार्ड वा पीआर) पाउने धुनमा दसौँ वर्ष काट्न सक्छन् उनीहरू विदेशमा। त्यसकै लागि वर्षौं युरोपमा हराउनेहरूका प्रतिनिधि उदाहरण हुन सक्छन्, नवलपरासीका यदुनाथ पौडेल। उनले स्थायी इजाजतको चक्करमा जीवनको लामो खण्ड विदेशमै खर्चिए। १४ वर्षसम्म निम्न माध्यमिक विद्यालयमा शिक्षण गरेका पौडेल ४६ वर्षको पाको उमेरमा बेलायत गएका थिए। नौ वर्षपछि अघिल्लो वर्ष मात्रै उनी स्वदेश फर्किए। आफ्नी आमाको मृत्युमा समेत घर आउन नसकेका दुई छोरी र दुई छोराका बाबु उनी यतिखेर काठमाडौँमा बस्छन्। उनका दुवै छोरीको बिहे भइसकेको छ भने उनी नेपाल नर्फकंदै छोरा अस्ट्रेलिया उडेका थिए। अहिले एक्ला भएका छन्, यदुनाथ।


जापानबाट अमेरिका पुगेका युवराज गौतम पनि त्यस्तै पात्र हुन्, जसलाई ग्रीनकार्डको मोहले ११ वर्षसम्म अमेरिकामै भुल्यायो। गर्भमा रहेको छोरो छोडेर जापान हान्निएका युवराज गौतम ११ वर्षपछि नेपाल फकर्ंदा उनका छोरा १० वर्षका भइसकेका थिए। बिहे गरेपछि राम्रोसँग हनिमुन पनि मनाउन नपाई विदेश हान्निएका उनले यतिखेर चाहेर पनि ती दिनहरू फर्काउन सकिरहेका छैनन्। एकवर्षे जापान बसाइपछि अमेरिका पुगेका उनी अहिले नवलपरासीबाट सरेर काठमाडौँमा बस्दै आएका छन्। गौतमका बाबुले उनी फर्केकै महिना मृत्युवरण गरे। भन्छन्, "राम्रोसँग पिताजीलाई सफलताको कहानी पनि सुनाउन पाइनँ।"


स्वदेशमा रोजगारीको चरम अभावबाट विरक्तिएका नेपालीहरू जुनसुकै मूल्यमा पनि पैसा कमाउने र खुसी बटुल्ने लालसामा दसौँ वर्षसम्म विदेशमै हराउने गरेका छन्। नौ वर्ष बस्दा पनि बेलायतमा आफ्नो कानुनी हैसियत नबनेपछि पौडेल स्वदेश फर्केका हुन्। भन्छन्, "कानुनी हैसियत पाएको भए सबै परिवारसहित बेलायत बस्ने सोचमा थिएँ।"


सामाजिक लगाव र संरचनामा मात्रै असर परेको छैन, यसरी वर्षौं विदेशमा भौँतारनिेहरूका कारण। विदेशमै बसिरहनका लागि अनेक काइदा गर्नुपर्ने बाध्यता पनि भोग्छन् उनीहरू, जसका कारण व्यक्तिमा नैतिक ह्रास र समयको अनावश्यक खर्च भइरहेको छ। यस्तै देखे-भोगेका छन्, पोखराका विनोद गजुरेल -नाम परविर्तन)ले।


पैसा कमाउनकै लागि नक्कली पासपोर्टको सहारामा जर्मनी पुगेका पोखराका गजुरेल गैरकानुनी रूपमै ११ वर्षमा विभिन्न १५ देश कामको खोजीमा भौँतारएि। शरणार्थीको मान्यता पाउन उनले आफ्नो परचिय मात्रै बदलेनन्, देशकै नामसमेत ढाँटे। ११ वर्षको प्रवास-यात्रामा दुई वर्षभन्दा बढी समय त विभिन्न देशका जेलमा मात्रै बिताए उनले। भागेर, लुकेर हिँड्दाहिँड्दै उनले आफ्नो जवानी बिताए। ११ वर्षपछि नेपाल फर्केका विनोद यतिखेर म्यानपावर एजेन्सी धाउँदै छन्, फेर िविदेश जाने सुरमा।


११ वर्ष विदेशको हन्डर खेपेका गजुरेललाई आमाबाबुले पनि नेपाल फर्केला भन्ने सोचेका थिएनन्। उनले आफूजस्तै कैयौँ नेपाली भेटे युरोपमा, जो लुकीलुकी काम गर्छन्, त्यहाँ। १० देखि १५ वर्षसम्म नेपाल नर्फकेका थुप्रै नेपाली भेटे उनले। उनले भेटेमध्येकै हुन्, १८ वर्षसम्म नेपाल नफर्केका पोखराका एक युवक। लन्डनमा उनले भेटेका काठमाडौँका राजु गुरुङ १० वर्षयता नेपाल फर्केका छैनन्। गजुरेल भन्छन्, "१०औँ वर्ष परिवारसँग सम्पर्क नगरी बाँच्ने नेपालीहरू पनि भेटिए।" गजुरेल स्वयंले पनि आफ्नो विदेश-यात्रामा कहिल्यै परिवारलाई सम्झेनन्। भन्छन्, "साँच्चै भन्ने हो भने मैले कहिल्यै सपनामा पनि बाबुआमा, साथीभाइ र नेपाल देखिनँ।" उनलाई यतिखेर सिंगो युरोप भिसाबिनै घुम्न सकिन्छ जस्तो लाग्छ।


समाजशास्त्री गणेश गुरुङ पैसा कमाउनकै लागि १०औँ वर्षसम्म विदेशमै बस्ने नेपालीहरूका कारण पारविारकि सौहादर््र क्रमश: स्खलित हुँदै गएको बताउँछन्। नेपाली समाजको परविर्तनको गतिलाई आत्मसात् गर्न नसक्दा १०औैँ वर्ष विदेसिएर नेपाल फर्केकाहरू सामाजिक रूपमा एक्लिन्छन्।
जनक राज सापकोटा
नेपाल साप्ताहिक