सभासद् गगन थापा मिडियामा आफूलाई कसरी प्रस्तुत गर्नुपर्छ भन्ने कुराको राम्रो जानकार छन्। कहिले धेरै मत पाएर, कहिले विवाह भोज गर्ने पैसा पाटन अस्पतालको प्रसूति केन्द्रलाई दान गरेर अनि कहिले सभासद्को तलब भत्ता नलिएर उनी लामो समयसम्म चर्चामा रहे। कुनै बेला एफएमका आर जे एवं समाचारवाचकसम्म रहेका गगन राजनीतिको सैद्धान्तिक बहसमा त अझ पोख्त छन्। नेपाली कांग्रेसको नेता हुन केश फुलाउनुपर्छ भन्ने मान्यता पनि गगनले नै तोडेका हुन्। अहिले राजनीतिबाहेक गगनको परिचय कृषि व्यवसायीका रूपमा पनि हुन थाले को छ। गगनलाई रोलमोडल मान्दै कृषिसँग सम्बन्धित जानकारी लिन हूलका हूल युवा उनको पुतलीसडकस्थित कार्यालयमा पुग्ने गरेका छन्। काठमाडौंका मुख्य चोकहरूमा स्वास्थ्यवर्द्धक मासुपसलको चेन खोल्ने उनको घोषणापछि व्यवसायीहरूसमेत उनीसँग साझेदारीको प्रस्ताव राख्न थालेका छन्। राजनीति, स्वअध्ययन एवं कृषिका कारण अति व्यस्त गगनसँग साप्ताहिकले सभासद् एवं नेपाली कांग्रेसका नेताका रूपमा होइन, एउटा कृषि व्यवसायीका रुपमा कुरा गर्ने प्रयास गरेको थियो।
सबैभन्दा पहिले त म आज तपाईंसँग एउटा राजनीतिकर्मीका रूपमा होइन, कृषि व्यवसायीका रूपमा कुरा गर्न खोज्दैछु, तपाईंलाई यसरी छुट ्याउन मिल्छ
मिल्दैन, मूलतः म राजनीतिकर्मी नै हुँ। यद्यपि कृषि मेरो जीवन गुजारा गर्ने मेलो बन्न थालेको छ।
कृषि व्यवसाय गर्दा राजनीतिकर्मीको परिचय बिस्तारै ओझेलमा पर्छ भन्ने मान्नुहुन्न
मान्दिनँ। राजनीति व्यापार होइन, जसलाई कमाउने थलो बनाइयोस्। जागिर पनि होइन, यसबाटै आफ्नो र परिवारको भरणपोषण होस्। राजनीति शुद्ध समाजसेवा हो। राजनीतिमा जोसँग नैतिकता रहन्छ, त्यसले मात्र उद्देश्य प्राप्त गर्न सक्छ। म मेरो कृषि व्यवसायले राजनीतिलाई असर पार्छ भन्न्ो मान्दिनँ। बरु यसले मलाई राजनीतिमा लाग्ने खर्च प्रदान गर्छ। मलाई अघि बढ्न मद्दत पुर्याउँछ।
कृषि पेसाभित्रको तपाईंको अन्तर्निहित उद्देश्य के हो
हाम्रा सबै प्रमुख दलका सबैजसो नेतालाई ध्यान दिएर हेर्नुहोस्। उनीहरूको जीवनशैली उच्च छ या त उच्च्ा मध्यमवर्गीय, तर उनीहरूको मुख्य पेसा के हो ? यो जीवनशैली उनीहरूले कसरी प्राप्त गरिरहेका छन् ? कसैले पनि स्पष्ट भन्न सक्दैनन्। मेरा तीनवटा अन्तर्निहित उद्देश्य छन्, राजनीति गर्नेहरूको निजी जीवन हुँदैन, ती नेताहरू जसको आम्दानीको स्पष्ट बाटो देखिँदैन, यसको अर्थ उनीहरू माटो खाएर बाँचेका छैनन्। दोस्रो हामीले लामो समयदेखि, -जो ठूलो नेता हुन खोजेको छ वा भएको छ) कृषिको व्यवसायीकरणको कुरा गर्यौं, तर काम गरेनौं। म कुरिलो खेती गरेर, मासु बेचेर सार्वजनिक दबाब दिन चाहन्छु। तेस्रो, म र मजस्ता युवा -जसले पढ्ने, लेख्ने राम्रो अवसर पाए, सहर वा सुविधाजनक स्थानमा बसे) ले जहिले पनि जागिर खाने सोच बनायौं। हामी आफैं पनि कहिलै रोजगारदाता बन्न सक्छौं भन्ने सोचेनौं। किनभने हाम्रो शिक्षाले हामीलाई त्यस्तो क्षमताको विकास गर्न सिकाएन। म त्यस्ता युवाहरूलाई हामी रोजगारदाता हुन सक्छौं भन्ने देखाउन चाहन्छु।
कतिपय मानिसले गगनले प्रचारमा आउन यस्तो काम गर्यो भनिरहेका छन्, त्यो सत्य पनि हो, होइन र
हाम्रो समाज हिप्पोक्र्याट छ। ऊ के भन्छ भने राजनीतिकर्मी सफा हुनुपर्छ तर गगन थापाले मासुपसल गरेर के नाटक गरेको पनि भन्छ। कुनै सुदूर गाउँमा बाटो पुग्यो भने बाटोसँगसँगै कोकोकोला र बियर पुग्छ। जुन बाटोबाट वियर र कोकोकोला पुग्यो, त्यो बाटोबाट गाउँका मीठा अन्नबाली ल्याउन सकिन्छ भन्ने सोच्दैन। हामी कस्ता छौं भने कुनै स्थानमा दिउँसो लाख लगानी गछौर्ं र राति सुत्छौं। अनि बिहान उठ्दा करोडपति भएर उठ्न चाहन्छौं। रातभरि काम गरेर करोडपति हुन्छु भन्ने सोच्नु ठीक होला,
तर रातभरि सुत्ने अनि लाख लगानी गरेको भरमा करोडपति हुने सोच्ने ? यस्तै व्यक्तिले गगनले प्रचारमा आउन यस्तो काम गर्यो भन्छन्।
खसी नै बेच्नुपर्ने बाध्यता के थियो
सुडान र लाउडा बेच्नुभन्दा खसी बेच्नु राम्रो होइन र ?
होइन, कृषि ठूलो क्षेत्र हो, मासुपसल नै रोज्नुको कारण के हो
काठमाडौंमा जति पनि खसी बेचिन्छ, त्यसको ८० प्रतिशत भारतबाट आयात हुँदो रहेछ। जुन दिन यो तथ्याङ्क मैले हात पारें, मलाई लाग्यो, नेपाली किसानको हित गर्न पनि मैले मासु पसल खोल्नैपर्छ। यो वर्ष काठमाडौंभरि १० वटा सुविधासम्पन्न मासु पसल खोल्दैछु, ती सबैमा ने पाली खसीको मासु पाइन्छ। यसका लागि देशभरि राम्रो मूल्य दिएर खसी किन्न थालेको छु। यसपालि भनेजति खसी पाउन गाह्रो होला रे, तर किन्ने ग्यारेन्टी दिएपछि हरेक किसानले मलाई खसी दिन थाल्छन्। यसले भारतबाट कर नतिरी ल्याइएका खसी आउन बन्द हुन्छन्। यो ठूलो कुरा हो।
तपाईंले आफ्नो उद्योगको नाम सुनखानी एकीकृत कृषि केन्द्र राख्नुभएको रहेछ, के कृषि व्यवसाय सुनखानी हो भन्ने संकेत गर्न खोज्नुभएको हो
काठमाडौंको सुनखानी जहाँ हाम्रो कुरिलो खेती चलिरहेको छ, त्यसको नामबाट यो नाम जुराइएको हो, तर वास्तविकताचाहिँ के हो भने ने पालका लागि कृषि भनेको सुनखानी नै हो। यत्ति हो, हामीले उक्त सुन निकाल्न जानेका छैनौं।
अहिले जताततै विदेशबाट फर्किएर खेती गर्ने चलन बढेको छ, त्यस्ता समाचार पनि प्रशस्तै प्रकाशन हुन थालेका छन्। यसबाट हौसिएर धेरै को लगानी पनि डुबिरहेको छ, कतै हामी कृषिलाई नचाहिँदो तरिकाले बढाइ-चढाइ त गरिरहेका छैनौं
छैनौं । माछा, मासु, फल-फूल, तरकारी, अन्न र दूध। कति फराकिलो क्षेत्र छ गन्न भ्याइँदैन। किनभने हरेक क्षेत्रमा पनि फरक-फरक जातका कुरा छन्। सबैभन्दा तीतो कुरा हामीले धेरै जसो कुरा भारत र केही चीनबाट मगाइरहेका छौं। आन्तरिक खपत मात्र गर्न सकियो भने सम्भावना कति छ कति। अनि हामीले भन्यौं, हाम्रा दुई विशाल छिमेकीको आर्थिक उन्नतिबाट ठूलो फाइदा लिन सक्छौं, तर काम भने कहिल्लै गरेनौं। कृषि नै हो, त्यो फाइदा लिने क्षेत्र। तपाईं कुनै पनि बालीलाई व्यवसायिक रूपमा गर्नुभयो भने करोडौं रुपैंयाको निर्यात गर्न सक्नुहुन्छ। सरकारले अदुवा, अलंैची, चिया, कफीजस्ता १९ वस्तुलाई सजिलै विदेश निर्यात गर्न सकिने सूचीमा राखेको छ। जे समाचार आएका छन्, ती ठीक छन्, हौसला दिने खालका छन्। बरु सरकारले के गरेको छ ? केही गर्छु भनेर एउटा युवा गयो भने उसले पाउने सुविधा न्यून छन्। त्यतातिरचाहिँ ध्यान दिनुपर्छ। केहीको रकम डुबेको होला, तर फाइदा लिनेहरूलाई हेरेर नयाँ काम गर्नुपर्छ। काठमाडौंका ३० प्रतिशत मानिस अग्र्यानिक तरकारी वा फलफूल खान चाहन्छन्, तर ३ प्रतिशतले मात्र त्यो किन्न पाएका छन्। बाँकी जनतालाई लक्ष्य बनाएर खै अर्गानिक खे ति गरिएको ?
यसो भए सबै युवा कृषि मै होमिनुपर्छ भन्न खोज्नुभएको हो
होइन, जो परम्परागत खेती गर्छन्, उनीहरूले अर्को क्षेत्रमा जानुपर्छ। जसले खेतीलाई व्यवसायीकरण गर्न सक्छ उसले कृषिमा हात हाल्नुपर्छ। कतिपय कृषिजन्य कुरालाई सहकारीकरण गर्न सकिन्छ, तर अहिलेको जस्तो कार्यकर्ता पोस्ने सहकारी होइन। अमूल दूध ३५ लाख सदस्य भएको सहकारी हो, जसले भारतमा मात्र होइन, विश्वभरि नै आफ्नो दूध बेच्छ। नेदरल्यान्ड विश्वको सबैभन्दा ठूलो फूल निर्यातकर्ता हो, जसका उत्पादक सहकारी नै हुन्। त्यस्तै उद्योगपतिहरू पनि यो क्षेत्रमा राम्रो नियतले आउनुपर्छ। सहकारीलाई सरकारले नै भ्रष्ट बनाएको छ, त्यसलाई रोक्नुपर्छ। कुनै व्यक्तिले कृषिमार्फत रोजगारी प्रदान गर्छ भने त्यसको सम्मान गर्नुपर्छ। यसो हुन सक्यो भने नेपालमा कृषिको ठूलो सम्भावना छ।
कृषि मन्त्रालय न कुनै पार्टीको रोजाइमा पर्छ, न त राम्रो भिजन भएको नेताको। भोलि कसैले कृषि मन्त्री बन्ने अफर गरे के गर्नुहुन्छ
जान्छु र राम्रो सुधार ल्याउँछु। देश बनाउन ठूला काम गर्नुपर्दैन, सानातिना सुधार नै पर्याप्त हुन्छ। यद्यपि नेपालमा रासायनिक मलको कारखाना, धानको अनुसन्धानजस्ता कुरामा पनि सरकारले काम गर्नुपर्छ।
जसरी तपाईंले कृषिमा लाग्ने युवाहरूलाई भेटिरहनुभएको छ, त्यसको केही उद्देश्य छ ?
म कृषिमा आधुनिकीकरण गर्ने, व्यावसायिक सोच राख्ने युवाहरूको एउटा फोरम निर्माण गर्न चाहन्छु, तर त्यो गैरराजनीतिक हुनेछ। कृषि मेरो राजनीतिक जीवन चलाउने पेसा हो, तर यो राजनीतिको बाटो होइन। मैले धेरै माथि जानु छ। यद्यपि म जे काम गरिरहेको छु, त्यसका सबै कुरा जानेर अघि बढ्न चाहन्छु। यसले मेरो सिकाइ अझ सशक्त हुनेछ।
अश्विनी कोइराला साप्ताहिक