महँगो छ मिर्गौलाको उपचार


मिर्गौला हाम्रो शरीरको पाँच प्रमुख अङ्गमध्येको एक अङ्ग हो । यसको आकार करिब १२:६:३ -लम्बाइ हृ चौडाइ हृ मोटाइ) से.मी. हुन्छ भने तौल १२५-१५० ग्रामसम्मको हुन्छ । दाहिने मिर्गौलाको ठीक माथि कलेजो भएको हुनाले देब्रेभन्दा दाहिने मिर्गौला अलि तल हुन्छ । मुटुले एकपटक 'पम्प' गरेको कुल रगतको करिब २० प्रतिशत मिर्गौलाले लिन्छ । एउटा स्वस्थ मुटुले एक मिनेटमा करिब ७२ पटक पम्प गर्छ । त्यसैले मिर्गौला एउटा यस्तो अङ्ग हो जसको रोग लागिसकेपछि मात्र उपचार गराउने हो भने जीवनभर औषधि खानुको विकल्प छैन ।
नसर्ने रोगमध्ये मिर्गौलाको रोगले विश्वव्यापीरूपमा आˆनो बिरामीको सङ्ख्या बढाउँदै लगेको छ । नेपालमा पनि मिर्गौलासम्बन्धी समस्या गएको दशकदेखि नै प्रमुख समस्या बनेर उदाइरहेको छ । प्रत्येक वर्ष दुई हजार सात सय जना मिर्गौला रोगी नेपालमा थपिइरहेका छन्, जसमध्ये दुई हजार जनालाई हेमोडायलाइसिस -मिर्गौलाले काम गर्न छाडेको बेलामा मेसिनको प्रयोगद्वारा रगत छान्ने विधि) गर्नैपर्ने हुन्छ तर नेपालमा भएको सबै सुविधा प्रयोग गर्दा पनि एक हजारभन्दा बढीलाई उपचार पुर्‍याउन सकिँदैन । नेपालमा वाषिर्क तीन हजारको मृत्यु मिर्गौला 'फेल' भएर हुन्छ ।
त्यस्तै, नेपालमा करिब २७ लाख मिर्गौला रोगी छन् जसमध्ये २७ हजारको मिर्गौलाले कामै गर्न छोडिसकेका बिरामी छन् भने । १० हजारभन्दा बढी रोगीहरू अन्तिम अवस्थामा पुगिसकेका छन् । यस्ता बिरामीका लागि विकल्प भनेको हप्तामा दुई, तीन पटकसम्म हेमोडायलाइसिस गराउनु वा अङ्ग प्रत्यारोपण गर्नु नै हो । एकपटक हेमोडायलाइसिस गर्दा २५ सय रूपियाँ खर्च हुन्छ त्यसअनुसार हप्तामा साँढे सात हजार र महिनामा करिब २० हजार रुपियाँ खर्च हुन्छ अझ औषधि खर्च त जोड्न बाकीँ नै छ ।
मिर्गौलाले काम गर्न छोडे अर्को विकल्प भनेको अङ्ग प्रत्यारोपण गर्नु नै हो, जुन आफँैमा कठिन छ । अहिलेको सरकारी नियमअनुसार अङ्गदान गर्ने व्यक्ति नजिकको नातेदार हुनुपर्नेछ र यदि मिर्गौला दान गरेको व्यक्ति अङ्गदान गरेको ३ महिनाभित्र मरेमा, जुन डाक्टरले अङ्ग प्रत्यारोपण गरेको हो, उसलाई हत्याको अभियोगसमेत लाग्नसक्ने छ । एक त मिर्गौला दान गर्ने व्यक्ति पाउन कठिन पाइहालेमा प्रत्यारोपण गर्न महँगोपर्ने र गरिहाले पनि मासिक आठ हजारदेखि २५ हजारसम्मको औषधि आजीवन सेवन गर्नुपर्ने हुन्छ । विश्वभरिमा करिब १५ लाख जनाले मात्र डायलाइसिस वा मिर्गौला प्रत्यारोपणबाट जीवन बचाइरहेका छन् ।
मिर्गौला रोग अति महँगो रोग हो । नेपालमा कुल मिर्गौला रोगीमध्ये २० प्रतिशतले मात्र उपचार गर्न सक्ने हैसियत राख्छन् ।

रोगको कारण

- बढ्दो सहरीकरणका कारण खानपानमा आएको फेरवदल र परिवर्तित जीवनशैली
- बढी नुन एवं क्यालोरी युक्त चिल्लो मसालेदार खाना, एवं जङ्गफुड
- धूमपान, मद्यपान, तनाव अनि व्यायामको कमी
- मिर्गौलाको पत्थरी भएमा
- दुर्घटना आदिमा परेर मिर्गौलामा चोट लागेमा
- औषधिको जथाभावी प्रयोग
- मधुमेह र रक्तचापको समस्याले जटिल रूप दिएपछि मात्रै मिर्गौला रोगको लक्षण देखिन थाल्छ ।
जङ्कफुड एवं चिल्लो मसालेदार खानाले मोटोपना गराउँछ, रक्तचाप बढाउँछ जसका कारण मधुमेह हुन्छ र अन्तिममा मिर्गौला बिगि्रन्छ ।

लक्षणहरू

सुरूमै लक्षण नदेखिने भएकोले नै मिर्गौलाको उपचार जटिल र महँगो बनेको हो । जब लक्षण देखिन थाल्छन् तब मिर्गौला बिगि्रसकेको हुन्छ र पुरानै अवस्थामा फर्काउन सकिदैन । रगतमा युरियाको मात्रा १०-४५ मिलिग्राम प्रति डेसिलिटर र क्रियटिनिनको ०.५-१.४ मिलिग्राम प्रति डेसिलिटर हुनुपर्नेमा सोभन्दा बढी भएमा तल उल्लेखित लक्षणहरू देखिन थाल्छन् ।
- खाना खान मन नलाग्ने वान्ता हुने
- टाउको दुख्ने, कमजोरी हुने
- निद्रा नलाग्ने, छाला चिलाउने,
- राति-राति धेरै मात्रामा पिसाब भइरहने - पटकपटक)
- शरीर, हातखुट्टा र आँखाको वरिपरि सुनिने,

रोकथाम गर्ने उपाय

मिर्गौला रोगको उपचार सोचेभन्दा पनि बढी महँगो र कठिन भएकाले रोकथाममा ध्यान पुर्‍याउनु धेरै जरुरी छ ।
- हरेक व्यक्तिले कम्तीमा वर्षको एकपटक रगतमा युरिया क्रियटिनिन र पिसाबमा प्रोटिनको मात्रा जाँच गराउनुपर्छ । उच्च रक्तचाप, मधुमेह र मिर्गौलालगायतका अन्य रोगका बिरामीले वर्षमा कम्तीमा दुई पटक रगत, पिसाब र मिर्गौलाको जाँच गराउनुपर्छ । त्यसमाथि वंशानुगत रूपमै मिर्गौला रोगको जोखिममा रहेकाहरूले नियमित जचाउनु पर्छ ।
- दिनहँु २ लिटर स्वच्छ पानी पिउने बानी बसाल्नाले पनि केही हदसम्म मिर्गौला जोगाउन मद्दत गर्छ ।
- धूमपान, मद्यपान र माछामासुको खपतमा लगाम लगाउने
- चिल्ला, नुनिलो, मसालादार खानामा नियन्त्रण गर्ने,
- दिनहँु हल्का व्यायाम गर्ने, मोटोपन घटाउने
- पिसाबको सङ्क्रमण भएर त्यो फैलिदै मिर्गौलालाई पनि असर गर्न सक्ने भएकोले व्यक्तिगत सरसफाइमा पनि ध्यान पुर्‍याउनु पर्ने देखिन्छ ।
मिर्गौलाको रोगीलाई हृदयाघात र पक्षघातको सम्भावना अरूभन्दा आठ गुणा बढी हुन्छ । त्यसैले हाम्रो सानो प्रयासले यस विषयमा सचेत हुन जरूरी छ ।
सुशील रिजाल युवामञ्च