सेप्टेम्बर ११ को सम्झना


-भवानी सुवेदी
सेप्टेम्बर ११ लाई फर्केर सम्झनुपर्‍यो भने बाँच्ने आशामा टि्वन टावरका धेरै माथिका तलाबाट एकसाथ सयौँ मानिसले हामफालिरहेको दृश्य सम्झन्छु म । त्यो अचेतता र तनावको पराकाष्ठा थियो । सन् २००१ को सेप्टेम्बर ११ का दिन अमेरिकाको न्युयोर्कस्थित विश्व व्यापार केन्द्रका जुम्ल्याहा भवनमा भएको आतङ्कवादी आक्रमणबारे प्रसिद्ध अमेरिकी फोटो पत्रकार जेभियर अराउजोले आˆनो संस्मरण आलेखको आरम्भ यसरी गरेका छन् । फोटो पत्रकार जेभियर मात्र होइन टि्वन टावरबाट ६ ब्लक मात्र टाढा रहेका अर्का फोटो पत्रकार सेथ केहेन हुन् वा इतार-तास समाचार संस्थाका संवाददाता युरी किरिल चेढ लगायत सो घटनालाई तस्बिर र अक्षरमा कैद गर्ने सबै सञ्चारकर्मीको संस्मरणमा सेप्टेम्बर ११ को विनाश मानव इतिहासको सर्वाधिक क्रूर परिघटना हो ।
एक दशकअघि अमेरिकी स्वप्न सहर न्युयोर्कस्थित टि्वन टावर र वासिङ्टनस्थित प्रतिरक्षा मन्त्रालय पेन्टागनमा एकैसाथ भएका आक्रमणलाई सबैभन्दा नजिकबाट अध्ययन गर्ने या पत्रकार नै थिए या दमकल कर्मचारी र सुरक्षाकर्मी । यस अर्थमा सो विनाशलीला सन्दर्भमा त्यसबेलाका उनीहरूका संस्मरणात्मक भनाइहरू आधिकारिक मानिन्छन् । संसारकै सर्वाधिक अग्ला भवनमाथिको सो आक्रमणका बीच त्यहाँस्थित हजारौं मानिस ज्यान जोगाउने प्रयत्नमा भागेका थिए भने तीन हजारभन्दा बढीले ज्यान गुमाएका थिए । दशौं हजार अङ्गभङ्ग भए । सो घटनाकै कारण अमेरिकामा सर्वाधिक विक्री हुने 'द वालस्टि्रट जर्नल'को प्रकाशन एक दिनका लागि बन्द भएको थियो । सो घटनामा कतिपय सुरक्षाकर्मी, दमकल कर्मचारी तथा उद्धार सहयोगीहरूले देखाएको साहसलाई लिएर रोचक कथा र टेलिशृङ्खलासमेत सार्वजनिक भएका छन् ।


टि्वन टावर आक्रमण प्रकरण एक दशक पुरानो इतिहास बनिसक्दा संस्ाारमा थुप्रै पानी बगिसकेको छ । शक्ति राष्ट्र अमेरिकी सत्ताको लगाम थाम्न अश्वेत नेता ओबामा आइपुगेका छन्, इराकबाट अमेरिकी उपस्थिति करिब-करिब समाप्त भइसकेको छ । विश्व आर्थिक सङ्कटको नयाँ चुनौती थपिएको छ र सबैभन्दा महìवपूर्ण कुरा टि्वन टावर आक्रमणका प्रमुख खलपात्र ओसामा बिन लादेनले समेत जिब्रो टोकिसकेका छन् । यी र यस्ता तमाम परिवर्तनका वाबजुद सेप्टेम्बर ११ को त्यो कहालीलाग्दो अतीतले अद्यावधि विश्व जनमतलाई झस्काउन छाडेको छैन ।
सेप्टेम्बर ११ को आतङ्कवादी आक्रमणले शीतयुद्धपछिको विश्व व्यवस्थालाई नयाँ शिराबाट परिभाषित गर्न बाध्य तुल्याइदिएको छ । विश्व सुरक्षा व्यवस्थामा नयाँ तर खतरनाक चुनौती उपस्थित भएका छन् । राष्ट्रहरूका प्राथमिकतासमेत फेरिएका छन । शीतयुद्धकालसम्मको सोभियत धुरीसँगको अमेरिकी प्रतिद्वन्द्विता समाप्त भएसँगै सेप्टेम्बर ११ को घटनापछि आतङ्कवादविरोधी विश्वव्यापी अभियानले प्राथमिकता पाएको छ ।
दशक अघिको टि्वन टावर आक्रमणसँगै अलकायदा नामको धर्मान्धहरूको आतङ्कवादी सङ्गठनले विश्वव्यापी चर्चा र पहिचान निर्माण गरेको छ । त्यसयता आतङ्कवाद र अलकायदा एक अर्काका पर्याय बन्दै आएका छन् । आˆनो शक्तिशाली प्रतिष्ठालाई चुनौती दिँदै आˆनै भूमिमा भएको बीभत्स आक्रमणका जगमा उभिएर अमेरिकाले सुरु गरेको आतङ्कवादविरुद्ध विश्वव्यापी अभियान र अलकायदाले पाएको चर्चाका बीच एक दशक अवधिमा विश्वका थुप्रै राष्ट्रका मुख्य-मुख्य सहर आतङ्कवादी निशानामा परिसकेका छन । व्यस्त सहर र व्यस्त समयको मौका छोपेर गरिँदै आएका यस्ता आतङ्कवादी आक्रमणका कारण हजारौँ निर्दोष सर्वसाधारणले ज्यान गुमाएका छन् । एक दशक अवधिको अलकायदाको आतङ्कवादी कार्यचरित्रले विश्व समुदायलाई त्रस्त तुल्याएको छ । प्रारम्भमा उसको यो राक्षसी कार्य प्रवृत्ति गैर मुस्लिम राष्ट्र र समुदायमा मात्र केदि्रत रहे पनि पछिल्ला दिनसम्म आइपुग्दा के मुस्लिम के गैरमुस्लिम उसले कसैलाई पनि छाडेको छैन । अझ जोर्डन जस्तो उदारवादी मुस्लिम राष्ट्रले त अलकायदाबाट पटक-पटक सास्ती ब्यहोर्नुपरेको छ । वस्तुतः आतङ्कवादको जात धर्म र सीमा हुँदैन भन्ने मान्यतालाई अलकायदाको यो व्यवहारले थप पुष्टि गरिदिएको छ ।
विद्यमान लोकतान्त्रिक विश्व समुदायका अघिल्तिर आतङ्कवाद मुख्य चुनौतीका रूपमा छाएको छ । गोप्य सञ्जाल, आत्मघाती रणनीति, आधुनिक हातहतियारको प्रयोगद्वारा आतङ्कवादले सबैलाई त्राहीत्राही तुल्याएकेा छ । दशक अवधिमा विश्वका ठूला र घना सहरमा हुँदै आएका विनाशकारी घटनाले आतङ्कवादको विस्तारित आकार प्रकारको छनक दिइसकेका छन् । विनाशकारी आक्रमणमार्फत आतङ्कवादीहरूले आˆनो उपस्थितिको सन्देश दिन्छन्- दिइरहेका छन् ।
सेप्टेम्बर ११ को घटनाले दशौँ वर्षगाँठ पूरा गरिरहँदा अलकायदा मुखिया बिन लादेन जीवित नरहे पनि अलकायदा र ऊसँग सम्बद्ध अतिवादी सङ्गठनका आतङ्कवादी गतिविधि जीवितै छन् । पाकिस्तानको कराँची र भारतको नयाँदिल्लीमा बितेका एक साता यता भएका विस्फोटका घटना यसका ज्वलन्त उदाहरण हुन् । यस बाहेक अलकायदाले लादेन हत्याको प्रतिशोध र सेप्टेम्बर ११ ले दशक पूरा गरेको मौका छोपेर न्युयोर्क र वासिङ्टनमा पुनः आक्रमणको तयारी गरिरहेको कुराको खुलासा शुक्रवार मात्र अमेरिकी सुरक्षा निकायले गरेको छ । अलकायदा र सम्बद्ध आतङ्कका यस्ता अमानवीय कार्य योजनालाई चिर्न ठूला राष्ट्रहरूले सुदृढ प्रतिआतङ्कवाद रणनीति अख्तियार गर्नु वाञ्छनीय छ । विश्व जनमत चाहन्छ- आतङ्कवाद सदाका निम्ति अन्त्य होस् र आतङ्कवादी घटना परिघटना नदोहोरिउन्् । विश्व जनमतको यही भावना र चाहनालाई प्रतिनिधित्व गर्दै वालस्टि्रट जर्नलमा प्रकाशित सेप्टेम्बर ११ को आˆनो संस्मरणको अन्त्यमा प्रख्यात पत्रकार जोन बुसेच लेख्छन्- मानव इतिहासमा यस्तो क्रूर र निर्दयी क्षण कहिल्यै पुनरावृत्ति नहोस् ।