रेमिटयान्सप्रधान देश



-कमल नेपाली
हामीले नेपाललाई वर्षौंदेखि कृषिप्रधान देश भन्दै आयौं र अहिलेसम्म पनि यही नै भन्ने गरिएको छ तर अब स्थिति त्यस्तो रहेन । के यसको अर्थ नेपाल औधोगिक मुलुक भयो भन्ने हो त ? होइन्ा । औधोगिकरण त नेताहरूको नारामै सीमित थियो र छ । यहाँ अब स्थ्िाति उल्टियो भन्नुको अर्थ हो- नेपालले रेमिट्यान्सप्रधान देशको पहिचान बनाइसकेको छ । रेमटि्यान्सले मुलुकको अर्थतन्त्रमा ओगटेको हिस्साको आधारमा नेपाल संसारकै उत्कृष्ट पाँच देशमध्ये एक भएकैबाट यो बुझ्न सकिन्छ । विश्व बैङ्कले संसारभर आप्रवासको अवस्थ्ाा र विदेशिएका नागरिकले आफ्नो देशमा पठाउने रकमबारे गरेको अध्ययनले यस्तो देखाएको हो ।
नेपाल राष्ट्रबैङ्कका अनुसार २०६२/६३ मा ९३ अर्ब ६९ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो भने ०६३/६४ मा एक खर्ब १ अर्ब ४४ करोड । त्यसै गरी ०६४/०६५ मा नेपाल भित्रिएको रकम एक खर्ब ४२ अर्ब ६८ करोड रुपियाँ थियो भने ०६५/६६ मा दुई खर्ब ९ अर्ब ६९ करोड । यसप्रकार हरेक मा निरन्तर बढिरहेकेा रेमिट्यान्स ०६६/६७ मा दुई खर्ब ३१ अर्ब ७२ करोड पुग्यो । यहाँ पाँच वर्षको अवधिमै रेमिट्यान्स २४० प्रतिशतले वृद्धि भएको देखिन्छ । यो आँकडा रेमिट्यान्स भित्र्याउन सक्रिय बैङ्क र रेमिट्यान्स कम्पनीहरूसँग मात्र सम्बन्धित छ । नेपालमा हुन्डी लगायत अनौपचारिक माध्यमबाट पनि ठूलो परिमाणमा रकम आइरहेको छ तर यसरी वाषिर्क कति रकम आइरहेको छ भन्ने तथ्याङ्क भने सरकारसँग छैन्ा ।


देशमा कायम राजनीतिक अस्थिरता र लगानीमैत्री वातावरणको अभावका कारण मुलुकमा रोजगारीको अवसर घट्न थोलेपछि विदेशिने युवाहरूको सङ्ख्या पनि त्यही अनुपातमा बढिरहेछ । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार १७ लाख नेपाली श्रम स्वीकृति लिएर विदेशमा काम गर्न गएका छन् करिब यति नै सङ्ख्यामा छन् गैरकानुनी रूपमा जानेहरू पनि । यस अनुसार हाल भारतबाहेक विश्वभर छरिएर रहेका नेपालीहरूको सङ्ख्या तीस लाखभन्दा बढी नै भएको अनुमान छ । भारतमै लाखौं नेपाली श्रमिक कार्यरत छन् ।
यसप्रकार प्राप्त रेमिटेन्सले एकातिर मुलुकको अर्थतन्त्र धानेको छ भने अर्कोतर्फ मुलुकमा विद्यमान बेरोजगारीको विकराल समस्यासमेत धेरै हदसम्म समाधान भएको छ । यसबाट नेपाली जनताको शिक्षा र स्वास्थ्यमाथिको पहँुच पनि बढेको छ । पर्यटन र निर्यात उद्योग थला परेका बेला रेमिट्यान्सले नै देशलाई भरथेग गरिरहेको छ । विप्रेषणले कुल गार्हस्थ उत्पादनमा २०-२५ प्रतिशत योगदान दिँदै आएको छ तर यसको उपस्थ्िाति राष्ट्रिय उत्पादनमा भने शून्य बराबर छ । यो नै हाम्रो र मुलुकको दुर्भाग्य हो । जति रकम आउँछ, सबै उपभोगमै सकिएपछि त्यसको खास योगदान नहुने नै भयो । तत्काललाई भोक टरेकोमा खुसी हुनु एउटा कुरा हो तर भोलिपर्सिका भोकहरूलाई कसरी समाधान गर्ने भन्नेतर्फ नसोचिनु राम्रो होइन ।
हरेक वर्ष रेमिट्यान्सको रूपमा आउने रकमलाई कृषि तथा अन्य उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नीति राज्यले अख्तियार गर्नुपर्छ वैदेशिक रोजगारमा संलग्नहरूले पनि कमाउने र रमाउने मात्रै नभई भोलिको बारेमा समेत सोच्नुपर्दछ । आफूल्ो देशमा रोजगारी नपाएर पराइ मुलकमा खानु परेको हण्डर छोरानातिले खान नपरोस् भन्ने सोचले काम गर्नुपर्दछ तर हामी नेपालीमा यस्तो विवेक घुसेको छैन । अलिकति कमाइ हुनासाथ गाउँ छाडेर सहर तथा जिल्ला सदरमुकाम पस्ने क्रम द्रुत गतिमा बढिरहेकै छ । यसले धेरै क्षेत्र प्रभावित हुनेगरेको छ । एक त बजार पसेपछि गाउँको खेतबारी बाँझै बस्ने भयो । दोस्रो कुरा बजार बसेपछि काम हुन्छ त उपभोग गर्ने मात्रै । बिकामे भएपछि मन बरालिन्छ । खास गरी श्रीमान् विदेश हुने श्रीमतीहरू यसबाट प्रभावित छन् । श्रीमान्को कमाइ नै गुटुमुटु पारेर अन्यत्र हिँड्नेहरू पनि प्रशस्तै छन् । त्यस्तै विदेशमा श्रीमती हुने कतिपय श्रीमान्हरू पनि यता फुर्मास गरेर बिगि्रइरहेका छ्न । वैदेशिक रोजगारीले धेरैको घरबार तहसनहस पारिदिएको छ । सक्षम श्रमशक्तिमा यस किसिमको विचलन आएपछि विदेशबाट आउने रकम त व्यर्थ हुन्छ नै, यसले राष्ट्रिय उत्पादकत्वमा पनि ह्रास ल्याउँछ ।
अर्को कुरा के पनि छ भने विप्रेषणकै कारण नेपालीहरू महङ्गा विदेशी समान किन्न सक्ने भएका छन् । क्रय क्षमता बढ्नु राम्रो कुरा हो तर यहाँ भइदियो के भने नपाउनेले केरा पाएर बोक्रैसित खाएझैं अर्थात् आवश्यकताभन्दा अनावश्यक खर्च बढी छ । यसले विदेशबाट आएको पैसालाई उतै फर्काइदिएको छ । विदेशको कमाइले नेपालको स्याउ खान पाए कति मजा आउँथ्यो ? तर यस्तो दिन नेपालीका भागमा अहिल्यै आइहाल्ला जस्तो देखिएको छैन । त्यसका लागि चाहियो लगानी । लगानीको वातावरण बनाइदिने दायित्व राज्यको हो । राज्यले यसतर्फ सोचेकै छैन ।
अहिले हामी देख्न सक्छौं, जापान र दक्षिण कोरियाको समृद्धि । के त्यो आकाशबाट वषिर्एको हो त ? या जमिनबाट उमि्रयो ? होइन । ती देशहरू प्ानि सुरुमा वैदेशिक रोजगारीबाट प्राप्त रेमिट्यान्समै निर्भर थिए । उनीहरूल्ो रेमिट्यान्सको सदुपयोग गर्नसके अर्थात् उत्पादनका क्षेत्रहरूमा लगानी गरे । आज त्यही कोरिया जानका लागि नेपालीहरू तँछाडमछाड गरिरहका छन् । कोरिया कहँाबाट कहाँ पुग्यो ? तर रेमिट्यान्समै निर्भर देशका बासिन्दा हामी भने क्षणिक प्राप्तिमै खुसीले उपरखुट्टी लाएर बसिरहेका छौं ।
विदेशमा सिकेर आएको सीपलाई व्यक्तिगत वा सामूहिक उद्यममा परिणत गर्नसके रोजगारी यहीँ सिर्जना हुन सक्थ्यो तर राज्यको नीति भएभरका युवाहरूलाई विदेश पठाएर त्यसको चास्नीमा मुख डुबाइ बस्ने खालको छ । राज्यले आहृवान गर्नुपथ्र्यो- 'गाउँलाईर् नै बजार बनाऔं ।' यसले एक त सहरको अव्यवस्था र घन्चमन्च घट्थ्यो भने विकास विकेन्दि्रत हुन सक्थ्यो । हृवारहृवार्ती अदक्ष कामदार पठाउनभन्दा दक्ष कामदार पठाउन सके अहिले जति रेमिट्यान्स आएको छ, त्योभन्दा निकै धेरै हुने थियो । यसो गर्दा नेपाली श्रमिकहरूल्ो विदेशमा थिचोमिचो भोग्नुपर्ने पनि थिएन ।
सारमा भन्नुपर्दा अहिले नेपालको अर्थतन्त्रको मेरुदण्ड नै रेमिट्यान्स भएको छ । यसको घटबढले अर्थतन्त्रमा कति असर पर्छ भन्ने त हामीले अनुभव गरिसकेका छौं । आ.व. ०६५/६६ मा अघिल्ल्ाो वर्षको भन्दा ६७ अर्बले बढ्दा राज्य जुन किसिमले हस्किएको थियो, ०६६/६७ मा त्यही आकारमा झस्किनुपर्यो । किनकि यस आ.व.मा जम्मा रेमिट्यान्स २२ अर्बले मात्र बढ्यो । आ.व. ०६७/६८ मा पनि स्थिति त्यति उत्साहजनक रहेन । अघिल्ल्ाा आ.व.हरूम्ाा रेमिट्यान्स घट्नुको कारण विश्व आर्थिक मन्दी र यसबाट विश्वव्यापी रूपमा श्रमिकको आम्दानीमा आएको कमी थियो । अहिले पनि रेमिट्यान्स जुन परिमाणमा भित्रिने आशा गरिएको छ, त्यो नहुन सक्छ । खाडी क्षेत्रको युद्ध र आन्दोलनले धेरै नै प्रभाव पार्नेछ, लिबियाबाट सबै नेपालीको उद्धार गर्न परेको कुरा आँखा अगाडि नै छ ।
अब सचेत हुनपर्ने बेला भएको छ । जतिखेरै पनि वैदेशिक रोजगारीको क्षेत्रमा परिवर्तन आउन सक्छ । खडेरी लाग्न सक्छ । खास गरी मलेसिया र खाडी क्षेत्रमा नेपालीले रोजगारी गुमाउनु परे हाम्रो अर्थतन्त्र भीरबाट खसेझैँं हुने देखिन्छ । त्यसैले राज्यले रेमिट्यान्स सन्तोषजनक भएको अहिलेकै अवस्थ्ााबाट सोच्नुपर्दछ, त्यस्तो स्थ्िातिका लागि कस्तो तयारी गर्ने भन्ने
बारे ? त्यो भनेको अहिलेदेखि देशमा रोजगारीको वातावरण बनाउँदै जाने, अर्थतन्त्रको आधारको रूपमा रहेको पर्यटन र निर्यात उद्योगलाई बढावा दिने र कृषिलाई प्राथमिकतामा पार्ने । हामीले अहिल्यै सतर्कता अपनाएनौं भने भोलि भयङ्कर दुर्घटनाको सामना गर्नुपर्ने दिन नआउला भन्न सकिन्न ।