
हरेक दश बर्षमा गरिने राष्ट्रिय जनगणनाको पछिल्लो नतिजा अनुसार अघिल्लो बि.सं. २०५८ सालमा गरिएको भन्दा १४.९९ प्रतिशन जनसंख्या धेरै देखिएको हो । त्यसबेला २ करोड ३७ लाख जनसंख्या थियो ।
यस पटक पनि पुरुषको संख्याभन्दा महिलाको संख्या केही बढि देखिएको छ । जनगणना अनुसार पुरुषको संख्या १ करोड २९ लाख २७ हजार ४ सय ३१ (४८.६६ प्रतिशत) र महिलाको संख्या १ करोड ३६ लाख ९३ हजार ३ सय ७८ (५१.४४ प्रतिशत) रहेको छ । मुलुकको जनसंख्याको बार्षिक बृद्धदर १.४० प्रतिशत देखिएको छ । यसअघिको जनगणनामा २ प्रतिशतभन्दा बढि देखिएको थियो ।
देशभरीमा जम्मा ५६ लाख ५९ हजार ९ सय ८४ घर परिवार रहेका छन् । उनीहरुको लागि ४७ लाख ६७ हजार १ सय ९६ घर तथा भवनहरु रहेको पनि जनगणनाले देखाएको छ ।
गणेश राई