सुनको नालिबेली

आभूषणका रूपमा मात्र नभएर सुनको उपयोग आयुर्वेदिक तथा एलोप्याथिक औषधिहरू, जीव रासायनिक उत्प्रेरकहरू, पर्यावरण विज्ञान, इलेक्ट्रोनिक्स, नेनो टेक्नोलोजी, फोटोग्राफी एवं दन्त चिकित्सादेखि अन्तरिक्ष यानहरूसम्म हुन्छ । फरक यति हो कि अरू ठाउँमा प्रयोग गरिने भन्दा आभूषणमा यसको प्रयोग बढी हुन्छ । वास्तवमा सुन विशिष्ट धातु हो, जसमा जल वा साधारण अम्ल-क्षारको प्रभाव हुँदैन न त अक्सिजनको । यसलाई पिटेर फैलाउन सकिन्छ । एक ग्राम सुनबाट एक स्क्वायर मिटरसम्मको पाता बनाउन सकिन्छ । अतः आफ्नो सिर्जनात्मकता र कारीगरी देखाउन सुनभन्दा राम्रो धातु अरू केही हुँदैन । सायद त्यसैले यसको खपत पनि बढ्दो छ । यसको बढी मात्रामा उत्पादन अपि|mकी महाद्वीपका साना-ठूला मुलुकहरूमा हुन्छ । यद्यपि दुःखको कुरा सुन उत्पादन गर्ने अधिकांश मुलुक आफै गरिब छन् । सुनको सभ्यताबाट अघि बढेको दक्षिण एसियाली परिवेश मात्र नभएर सुमेरियन सभ्यता एवं कालो सागरको किनारमा रहने मानव बस्तीमा ईशापूर्व ३ हजार र ४-५ हजारको कालखण्डमा सुनको उपयोगको प्रमाण पाइएको छ । जसरी मानव सभ्यताको विकास हुँदै गयो त्यसरी नै जीवनमा धातुको उपयोग पनि बढ्दै गयो । फलाम, तामा आदि भाँडाकुँडा, हँसिया, कुटो, कोदालो आदि आवश्यक वस्तुहरू बनाउने काममा प्रयोग हुन थाले, तर सुन धातुराज नै बनेर रह्यो । यसको उपयोग पुँजी संचय वा आभूषण बनाउन गरियो । सुनको स्वभाव बुझ्ने र जान्ने कलाकारले आफ्नो दक्षताका आधारमा पहिचान र सम्मान पनि पाएका छन् ।


२४ क्यारेक्टर अर्थात् लगभग शतप्रतिशत शुद्धता भएको सुन सम्हाल्न र त्यसमा आभूषण बनाउन न सरल हुन्छ न त व्यावहारिक । पूर्ण शुद्धता भएको सुनमा बलियो ढंगले रत्न जडान गर्न पनि असम्भव हुन्छ । त्यसैले सुन्दर र रुचिकर गहना बनाउन कलाकारले सुनमा तामा, चाँदी र अन्य धातुलाई मिश्रण गर्न थालेका हुन् । विस्तारै सुनका आभूषणमा पनि अन्य धातुको मात्रा बढ्न थाल्यो । २२ क्यारेटर अर्थात् लगभग ९० प्रतिशत शुद्ध हुने सुनका आभूषणको नाममा १६ देखि १७ क्यारेक्टरसम्मका आभूषण धोका दिएर बेच्न थालियो । सुन आफैमा आभामय धातु भएकाले हेराफेरीका अगाडि तेज भन्दा तेज आँखा पनि धोका खान पुग्छ । तीव्र गतिमा बढ्दो यसको मूल्यले पनि सानो नोक्सानीमा पीडा बढेको देखिन्छ ।


विगतमा स्वर्ण आभूषणमा क्रान्तिकारी परिवर्तन आएको छ । आभूषणका ग्राहकहरूको परिचय ँक्यारोमिटर’ सित भएको छ । यो मेसिनले आभूषणलाई नोक्सान नपुर्‍याई आभूषणको सुन कति क्यारेक्टर शुद्ध छ भन्ने कुरा बताउन सक्छ । क्यारोमिटर क्रान्तिले आम मानिसमा ब्रान्डेड ज्वेलरी र हलमार्क ज्वेलरीका विषयमा चर्चा हुने गरेको छ  । सम्भवतः ब्रान्डेड ज्वेलरीका विषयमा चर्चाको अर्थ ती गहना कारखानामा बन्नु वा ती ब्रान्डको मार्गदर्शनमा बन्नु हो । बजारमा उतार्नुअघि सुनको शुद्ध छ कि छैन जाँच हुन्छ । खरिद गर्दा कम्पनीद्वारा स्वर्ण क्यारेक्टरको शुद्धताको सर्टिफिकेट र केसमेमो दिइन्छ जसमा सुनको तौल, बनावट, शासकीय कर आदिको कुल योग उल्लेख हुन्छ । यदि भविष्यमा ग्राहकले आभूषण बेच्न चाहे यही सर्टिफिकेट एवं त्यसमा उपलब्ध ग्यारेन्टी गरिएको सुनको शुद्धताका आधारमा बजार मूल्य पाइन्छ ।
-नारी